IME Life New

हिमालयन जनरलको वार्षिक साधारणसभा जेठ २८ गते, मर्जर सहित लाभांसको विशेष प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले जेठ २८ गते २७ औ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले केन्द्रिय कार्यालय थापागाउँबाट भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गर्ने भएको छ ।

साधारणसभामा सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांस अनुमोदनमा लागि पेश गरिने छ । कम्पनीले चुक्ता पूँजी एक अर्ब ६ करोड रुपैयाँको तीन प्रतिशतले हुन आउने तीन करोड २० लाख रुपैयाँको बोनस शेयर दिदै छ । कर प्रयोजन सहित ४ करोड ६० हजार ८०० रुपैयाँ नगद लाभांस वितरण गर्दै छ ।

Esewa
Crest

२७ औ वार्षिक साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ । लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ को वासलात नाफा नोक्सान हिसावल नगद प्रवाह विवरण इक्वीटीमा भएको परिवर्तन र तत् सम्बन्धि अनुसूचीहरु पारित गर्ने प्रस्ताव रहेको छ ।

नियमावलीको साविक व्यवस्थामा गणपुरक संख्या नियम १५ ङ संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ । कम्पनीले अन्य कुनै कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभिने प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिलान र छनोट गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीम समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ती तथा दायित्वहरुको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्ती तथा प्राप्ती गर्न वा एक आपसमा गाभिने सँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम गर्नुपर्ने सम्पुर्ण आवस्यक प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने लगायतका कार्य गर्न गराउन संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गरिने भएको छ ।

साधारणसभा प्रयोजनका लागि जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जेठ १३ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित बोनस शेयर नगद लाभांस पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS