IME Life New

सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २१ प्रतिशतले बढ्यो , नाफामा सामान्य सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन २१ दशमलव २७ प्रतिशतले बढेको छ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार तेस्रो त्रैमासको अवधिसम्ममा ७४ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६१ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Esewa
Crest

समिक्षा अवधिमा कम्पनीले १७ करोड ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोअि अवधिमा कम्पनीले १६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो गत आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ६ दशमलव ०७ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ। यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशन वापत २६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले १ लाख ५० हजार ३५६ वटा बीमालेख जारी गरेको छ भने १ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।यस अवधिमा ७ हजार ८४५ वटा दाबी वापत ९५ करोड ३१ लाख दाबी भुक्तानी गरेको कम्पनीले ६ हजार ७३१ संख्याको दाबी वापत परेको १ अर्ब १७ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३९ करोड ३२ लाख रुपैयाँ रकम संचित रहेको छ। त्यस्तै , बीमा कोषमा ९२ करोड २९ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड ७८ लाख रुपैयाँ रकम संचित रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) २२ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ३८ रुपैयाँ ४१ पैसा छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५५ दशमलव ५६ र प्रतिशेयर कुल सम्पतिको मूल्य ४ सय ९० रुपैयाँ २ पैसा रहेको छ ।

कम्पनीले त्रैमासिक वित्तीय विवरणमा बीमा समितिबाट जारी परिपत्र बमोजिम महाविपत्ती कोषबाट ३ करोड ७३ लाख २९ हजार ५ सय ३१ रुपैयाँ ७३ पैसा बराबरको रकम जगेडा तथा कोषमा सारिएको र सोहि बराबरको रकम कोरोना बीमा अन्तर्गत खुद दाबी भुक्तानी शिर्षकमा खर्च लेखाङ्कन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS