एजेन्सी। चीनको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी चाईना लाईफ इन्स्योरेन्सले प्रथम त्रैमासमा ४ दशमलव ४१ बिलियन अमेरिकी डलर खुद मुनाफा गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ६७ दशमलव ३० प्रतिशतले धेरै हो।
चाईना लाईफका अनुसार बीमा उद्योगले अहिलेसम्म कोभिड-१९ महामारीको प्रभावबाट पूर्ण रूपले बैर आउँन सकेको छैन यद्यपि कम्पनीले प्रथम त्रैमासमा राम्रो प्रगति गर्न सफल भएको हो ।
त्यस्तै, कम्पनीले समिक्षा अवधिमा बीमा शुल्क आम्दानी ५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।