IME Life New

एलआईसी इन्डियाले प्रथम बीमा शुल्कमा राख्यो रेकर्ड, बजारमा ६६% हिस्सा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी।  मार्च २०२१ मा सकिएको आर्थिक वर्षमा एलआईसी इन्डियाको भारतीय जीवन बीमा उद्योगको प्रथम बीमा शुल्क आर्जनमा ६६ प्रतिशत हिस्सा कायम गर्न सफल भएको छ।

मार्च २०२१ मा सकिएको आर्थिक वर्षमा भारतका २४ जीवन बीमा कम्पनीले २७ खर्ब भारतीय रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेकोमा एलआईसी इन्डियाले मात्र १८ खर्ब भारतीय रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

एलआईसी इन्डियाको मात्र कुरा गर्दा कम्पनीले आफ्नो प्रथम बीमा शुल्क आर्जनमा ४ प्रतिशतको वृद्धि गर्न सफल भएको छ। सो रकम समिक्षा अवधिमा १७ खर्ब भारतीय रुपैयाँ थियो।

भारतीय बीमा बजारमा शत प्रतिशत सरकारी लगानी रहेको एलआईसी इन्डिया निकै ठुलो बीमा कम्पनी हो।  अन्य जीवन बीमा कम्पनीहरुलाई एलआईसी इन्डियाको रुपमा अघि बढ्न निकै लामो समय लाग्ने देखिन्छ।  त्यस्तै एलआईसी इन्डियाले केही समय पश्चात आईपीओ निस्काशन गर्दै जनतालाई शेयर दिने तयारीमा रहेको छ। यसकालागि प्रक्रिया पनि अघि बढीसकेको छ।

एलआईसी इन्डियाको आईपीओलाई निकै चासो दिंदै आईएको छ। देशकै ठूलो आईपीओ प्रतीक्षामा भारतीय लगानीकर्ता छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS