IME Life New

नेपाल इन्स्योरेन्सले पठायो शेयरधनीहरुको बैंक खातामा नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदएको छ । कम्पनीले चैत २७ गते सम्पन्न ७२औं वार्षिक साधारण सभाले पारित गरेको २ प्रतिशत नगद लाभांश (कर समेत) चैत १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको जनाएको छ ।

सो मिति पश्चात अद्यावधिक गर्ने शेयरधनीको हकमा समेत नगद लाभांश बैंक खातामा नै जम्मा गरिने कम्पनीले जनाएको छ । हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुले यथाशिघ्र आफूले डिम्याट खाता खोलेको निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई नेपाल क्लियरिङ हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सहितको विवरण अद्यावधिक गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS