IME Life New

इन्स्योरेन्स खबर प्रभाव : बीमा अभिकर्तालाई कर्जा दिन रोक, असार मसान्तभित्रमा कर्जा फरफार गर्न समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले अभिकर्तालाई कर्जा प्रवाहमा रोक लगाएको छ । समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै तत्काल अभिकर्ताहरुलाई कर्जा प्रवाह नगर्न निर्देशन दिएको हो ।

समितिले बीमालेख धितोमा राखेर प्रवाह हुने कर्जा र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रवाह हुने कर्जा बाहेक अरु कसैलाई पनि कर्जा तथा सापटी नदिन निर्देशन दिएको छ । बैशाख २ गते १९ वटै जीवन बीमा कम्पनीहरुलाई परिपत्र मार्फत अहिलेसम्म अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा आगामी असार मसान्तभित्रमा फरफार गरिसक्न निर्देशन दिएको छ ।

Esewa
Crest

बीमा समितिबाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ४९ ‘ख’ मा रहेको व्यवस्था ‘जीवन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो बहालवाला बीमा अभिकर्तालाई समितिले सयम समयमा तोके बमोजिम कर्जा दिन बाधा पुर्याएको मानिने छैन’ भन्ने व्यवस्था भएको तर समितिले यसका लागि कुनै पनि स्वीकृति नदिएको अवस्थामा पनि अत्याधिक कर्जा प्रवाह भएको पाए पछि यस्तो निर्देशन दिएको हो ।

बीमा कम्पनीले अभिकर्ताहरुलाई बीमा पोलिसी बिक्री गराए बापत करोडौ रुपैयाँ कर्जा प्रवाह गर्दै आएका छन् । समितिले गएको महिनामा सम्पुर्ण जीवन बीमा कम्पनीहरु सँग अभिकर्ताहरुलाई प्रवाह भएको कर्जाको विवरण माग गरेको थियो । उक्त विवरणमा कतिपय कम्पनीले एउटै अभिकर्तालाई बीमा धितो लाखौ रुपैयाँ कर्जा प्रवाह भएको पाएको थियो ।

बीमा कम्पनीहरुले निश्चित रकम भन्दा माथिको खरिद गर्नु पर्ने भने पनि बीमा समितिको स्वीकृति लिनु पर्ने व्यवस्था छ । तर कम्पनीहरुले अभिकर्तालाई प्रवाह गर्ने करोडौ रुपैयाँको कुनै मूल्याङ्कन भएको पाइदैन । बीमित सँग लिएको रकम उचित स्थानमा लगानी गरेर उच्चतम प्रतिफल दिनु पर्नेमा कम्पनीहरुले जथाभावी कर्जा प्रवाह गर्न थाले पछि समितिले बाध्य भएर यस्तो निर्णय गरेको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

इन्स्योरेन्स खवरले बीमा अभिकर्तालाई प्रवाह हुने अनाधिकृत कर्जा प्रवाहको विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । बीमा क्षेत्रमा यस्तो कार्यले विकृति देखापरिरहेको छ । बीमा कम्पनीहरु व्यवसाय बृद्धिको दवावमा छन् । पोलिसी धेरै देखाउन कम्पनीहरुले नै अभिकर्तालाई करोडौं रुपैयाँ कर्जा प्रवाह गर्ने र अर्को वर्ष सोही पोलिसी सरेण्डर गरेर पैसा फिर्ता गर्ने प्रचलन बढिरहेको छ ।

यो पनि पढ्नुहोस् 

अभिकर्ताले पाउने कर्जामा कडाइ हुँदै, ‘एउटै अभिकर्तालाई ५/१० करोड के आधारमा दिइयो : सिलवाल’

अर्को तर्फ बीमा कम्पनीका सिइओले आफ्नो व्यवसाय बढेको देखाउन अभिकर्तालाई करोडौ रुपैयाँ कर्जा दिने काम भएको छ। पोलिसी धेरै देखाउन कम्पनीहरुलाई कम्पनीको सञ्चालक समिति र बीमा समितिको स्वीकृति विना नै करौडौ रुपैयाँ कर्जा प्रवाह भैरहेको छ। जवकी बीमा कम्पनीले २० लाख रुपैयाँ भन्दा माथिको सामाग्री खरिद गर्नु पर्दा कम्पनीको सञ्चालक समिति र बीमा समितिबाट स्वीकृति लिनु पर्छ।

व्यवसाय धेरै देखाउन प्रयोग भएको एकल बीमा योजनामा विकृति , कम्पनी खोक्रो हुँदा बीमा समिति मुकदर्शक  

 

एकल बीमा शुल्कको विकृतिले जीवन बीमा क्षेत्र ध्वस्त हुँदै

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS