IME Life

अभिकर्ताले पाउने कर्जामा कडाइ हुँदै, ‘एउटै अभिकर्तालाई ५/१० करोड के आधारमा दिइयो : सिलवाल’

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरु सँग अभिकर्ताहरुलाई प्रदान गरिएको कर्जाको तथ्याङ्क माग गरेको छ । कम्पनीहरुले एउटै अभिकर्ताहरु सँग बिना धितो करोडौ कर्जा प्रवाह भैरहेको भन्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बुधबार सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई बोलाएर यस्तो नगर्न निर्देशन दिएका हुन् ।

कम्पनीहरुले व्यवसाय धेरै देखाउन अभिकर्ताहरुलाई आर्थिक वर्षको अन्तिम समयमा ठुलो परिमाणमा अभिकर्ता कर्जा दिदै आएका छन् । ठुलो ठुलो व्यवसाय ल्याउने अभिकर्ताहरुलाई फकाउन पनि बीमा कम्पनीहरुले सस्तो व्याजदरमा कर्जा दिदै आएका छन् । अभिकर्ताले उक्त कर्जालाई पोलिसी खरिद गर्न प्रयोग गरिरहेको कम्पनीहरु नै बताउछन् ।

Prabhu
Crest

आर्थिक वर्षको अन्तिम समयमा अभिकर्ता तथा ब्रान्च म्यानेजरहरुले आ-आफ्नो टार्गेट पुरा गर्न अभिकर्ताहरुलाई कर्जा दिने र पोलिसी धेरै बिक्री भएको देखाउने गलत अभ्यास हुने गरेका छ । कम्पनीहरुले यस्तो अभ्यास गरिरहेको सूचना पाए पछि समितिले केहि समय अगाडि सम्पुर्ण बीमा कम्पनीहरु सँग अभिकर्तालाई दिइएको कर्जाको विवरण पेश गर्न निर्देशन दिएको थियो । बुधबारसम्ममा सम्पुर्ण जीवन बीमा कम्पनीहरुले समितिमा तथ्याङ्क पेश गरिसकेका छन् ।

समितिका अध्यक्ष सिलवाले बुधबारको छलफलमा सम्पुर्ण बीमा कम्पनीहरुलाई नियम भन्दा बाहिर गएर व्यापार नगर्न निर्देशन दिएका थिए । उनले १८ प्रतिशत भित्र रहेर अभिकर्तालाई कमिसन दिने व्यवस्था छ भने यहि सिमा भित्रै बस्नुस भन्दै उनले निर्देशन दिएका हुन् । उनले एउटै अभिकर्ताहरुलाई ५/१० करोड रुपैयाँ कर्जा के हेरर दिनु हुन्छ भन्दै प्रश्न गरेका थिए ।

उनले कर्मचारीलाई दिने सेवा सुविधाका विषयमा पनि प्रश्न गरेका थिए । समितिले बीमा कम्पनीहरु सँग कर्मचारीहरुलाई दिएको सेवा सुविधाको विषयमा पनि तथ्याङ्क माग गरेको छ ।

कतिपय बीमा कम्पनीहरुले अभिकर्तालाई नै कर्जा दिएर व्यापार बढाइरहेका छन् । एउटा कम्पनीले यस्तो अभ्यास गर्ने वित्तीकै अन्य कम्पनीहरुले पनि पछ्याउने भएकाले बीमा क्षेत्रमा यो विकृतिको रुपमा मौलाइरहेको छ ।

बीमा कम्पनीले कार्यालय प्रयोजनका लागि सामाग्री तथा मोटर गाडि खरिद गर्नु पर्दा बीमा समितिको स्वीकृति लिनु पर्छ । तर एउटै अभिकर्तालाई ५/१० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा कसैको पनि स्वीकृति लिनु पर्ने अवस्था छैन । केहि बीमा कम्पनीले यस्तो गलत अभ्यास सुरु गरे पछि सम्पुर्ण जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई ठुलो परिणाममा कर्जा प्रवाह गर्ने र बीमा शुल्क धेरै आर्जन भएको तथ्याङ्क सार्वजनिक गर्ने गरेका छन् ।

अभिकर्ताले लिने यस्तो कर्जा नक्कली पोलिसी खरिद गर्न प्रयोग हुने गरेको छ । चालु आर्थिक वर्षको अन्तिम समयमा यस्तो कर्जा प्रवाह गर्दै अभिकर्ताले आफ्ना नजिकका आफन्त तथा साथिभाइको नाममा पोलिसी काट्ने गर्छन् ।

यसरी पोलिसी काट्दा सम्बन्धित ब्रान्च म्यानेजरदेखि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई व्यवसाय धेरै देखाउन सजिलो हुन्छ । अर्को तर्फ अभिकर्ताले पनि थप इन्सेन्टिभहरु प्राप्त गर्छन् । तर यसरी जारी गरिएका पोलिसी अर्को आर्थिक वर्षमा नविकरण हुँदैन । सरेण्डर गराएर क्यासिल गरिन्छ ।

यसलाई नियन्त्रण गर्न समितिले कम्पनीहरु सँग तथ्याङ्क माग गरेको हो । तथ्याङ्क संकलन सँगै समितिले अभिकर्ता कर्जालाई नै पुर्ण रुपमा रोक्ने या सिलिङ तोक्ने भन्ने विषयमा कम्पनीहरु सँग पनि छलफल गरिएको एक प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS