IME Life New

एकल बीमा शुल्कको विकृतिले जीवन बीमा क्षेत्र ध्वस्त हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा कम्पनीले व्यापार बढाउन एकल बीमा शुल्कको पोलिसी जारी गर्ने क्रम बढेको छ। कतिपय कम्पनीले व्यवसाय धेरै देखाउन अभिकर्ता मार्फत पहिलो प्रिमियम कर्जा लिएर खरिद गर्ने र एक वर्ष पछि सरेण्डर गर्ने अभ्यास बढिरहेको छ।

‘यदि कुनै पनि बीमा कम्पनीले व्यवसाय धेरै देखाउन सुरुमा सिङ्गल प्रिमियमको पोलिसी जारी गर्ने र पछि सरेण्डर गर्ने अभ्यास गरिरहेका छन् भने बीमा क्षेत्रमा यो विकृति हो।’

Esewa
Crest

यस्तो अभ्यासले बीमा क्षेत्रलाई नै ध्वस्त बनाउने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ बताउछन्। उनले भने ‘यदि कुनै पनि बीमा कम्पनीले व्यवसाय धेरै देखाउन सुरुमा सिङ्गल प्रिमियमको पोलिसी जारी गर्ने र पछि सरेण्डर गर्ने अभ्यास गरिरहेका छन् भने बीमा क्षेत्रमा यो विकृति हो।’

बजारमा नयाँ बीमा कम्पनीहरु आए सँगै सञ्चालक समितिले व्यवस्थापनलाई टार्गेटको लागि दवाब दिदै आएका छन्। प्रमुख कार्यकारी अधिकृतले आफ्नो टार्गेट पुरा गर्न कर्मचारीहरुलाई र कर्मचारीहरुले अभिकर्ताहरुलाई टार्गेट दिइरहेका हुन्छन्। टार्गेट पुरा गर्न एकल बीमा पोलिसीले धेरै सजिलो हुने गरेको पाइएको छ। तिन वटै पक्षलाई फाइदा हुने भएकाले आपसी मिलेमतोमा यस्तो कार्य मौलाइरहेको बीमाका जानकारहरु बताउछन्।

यदि बीमितले १०/२० वर्षका लागि वास्तविक बीमा गर्यो भने कम्पनीलाई पनि राम्रो हुने भट्टराइ बताउछन्। बढ्दो प्रतिस्पर्धाका कारण व्यवसाय देखाउन क्षणिक समयका लागि पोलिसी भित्र्याउने तर एक वर्षमै सरेण्डर गर्ने अभ्यासले भने बीमा क्षेत्रलाई नै नराम्रो गर्ने उनिहरु बताउछन्।

यदि कुनै व्यक्तीले १० लाख रुपैयाँको एकल बीमा शुल्कको पोलिसी खरिद गर्यो भने सामान्यतया बीमतिले ८ लाख हाराहारी भुक्तानी गर्नु पर्छ। यसबाट अभिकर्ताले ६ प्रतिशत अर्थात ४८ हजार रुपैयाँ कर सहित कमिसन प्राप्त गर्छन्।

कम्पनीले एउटै बीमितबाट ८ लाख रुपैयाँको बीमाशुल्क संकलन गर्ने भएकाले कम्पनीको ग्रोथ राम्रो देखिन्छ। अर्को तर्फ अभिकर्ताले पनि एकै पटक एउटै बीमितबाट ४८ हजार रुपैयाँ कमिसन प्राप्त गर्छन । यसका साथै अभिकर्ताले तार्गेट पुरा गरेबापत थप इन्सेन्टिभ समेत प्राप्त गर्छन्। यदि बास्तविक बीमितले एकल बीमा पोलिसी खरिद गरेर एक वर्षमै सरेण्डर गर्यो भने उसलाई धेरै घाटा हुन्छ।

तर, अभिकर्ता र कम्पनी मिलेर कुनै व्यक्तिको नाममा बीमा गरिदिन्छन्। यसका लागि प्रिमियम पनि आफैले हालिदिन्छन्। कर्जा लिएरै प्रिमियम भुक्तानी गरिदिने र एक वर्ष पछि सरेण्डर गर्छन्। यसो गर्दा अभिकर्ता कमिसनको पैसा पनि उसैले लिएको हुन्छ। टार्गेट पुरा गरेपछि कम्पनीले दिने विभिन्न सुविधा पनि प्राप्त गर्छन । बैंकबाटै कर्जा लिएर पहिलो प्रिमियम भुक्तानी गर्दा पनि अभिकर्तालाई घाटा हुँदैन। यदि कम्पनीहरुले सहुलियतदरमा कर्जा उपलब्ध गराएका खण्डमा अभिकर्ताले घाटा बेहोर्नु पर्दैन नाफा नै हुन्छ। यसरी भर्चुअल बीमा गर्दा बीमा क्षेत्र भने ध्वस्त हुने विज्ञहरु बताउछन्।

एकल बीमा पोलिसी विश्वमै चलेको पोलिसी हो। बीमितले आफ्नो स्रोत सुनिश्चितता नहुँदा तत्कालिन अवस्थामा आफु सँग भएको पैसाबाट आजीवन सुरक्षित हुन चाहेमा यस्ता पोलिसी बिक्री गर्ने गरेको बीमा समितिका विज्ञ भोजराज शर्मा बताउछन्। अहिले आफु सँगै भएको स्रोतले पोलिसी खरिद गर्ने र आजिवन बीमित भएर लाभ लिन यो पोलिसी धेरै राम्रो मानिन्छ।

वैदेशिक रोजगारमा जाने नेपालीको संख्या धेरै छ। विदेश गएको समयमा  राम्रो आर्जन गर्न सके पनि  विदेशबाट फर्किए पछि आम्दानी गर्न गाह्रो पर्न सक्छ। यस्तो अवस्थामा एकल भुक्तानीको पोलिसी आवस्यक देखेर नेपालमा पनि सुरु गरिएको शर्मा बताउछन्।

यो पोलिसी ल्याउने वित्तीकै बीमा कम्पनीहरुमा बिक्रीति सुरु भएको थियो। कम्पनीहरुले टार्गेट पुरा गर्न एक वर्ष भित्रै सरेण्डर गराउने अभ्यास हुन थाले पछि एक वर्ष नभइ सरेण्डर गर्न नपाइने व्यवस्था लगाइएको शर्माले जानकारी दिए। कम्पनीहरुले यस्ता कार्य अझ धेरै गर्न थालेको देखिए पछि मौखिक रुपमा समितिले २० प्रतिशत भन्दा धेरै यस्ता पोलिसी हुन नहुने भन्दै निर्देशन दिइएको शर्माले बताए। यति हुँदा हुँदै पनि कम्पनीहरुले भर्चुअल रुपमा यस्ता पोलिसी देखाएर काम गरिरहेको भए बीमा समितिले कम्पनीहरुको अनुगमन गर्नु पर्ने हुन्छ।

यदि अनुगमनका क्रममा यस्तो अभ्यास भएको देखिएमा बीमा समितिले थप निर्देशन जारी गर्ने शर्माले बताए। यस विषयमा थप अध्ययन अनुसन्धान र अनुगमनका लागि समितिलाई सुझाव दिने शर्माले उल्लेख गरे। यस्ता विक्रीतिलाई समितिले चाढो भन्दा चाढो अनुगमन गरि आवस्यक कारबाही गर्नु पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS