Connect IPS
IME Life

अजोडको हकप्रद प्रस्ताव पछि नयाँ तीन वटै निर्जीवन बीमा कम्पनीमा सकारात्मक सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आह्वान गरेको वार्षिक साधारणसभामा हकप्रदको विशेष प्रस्ताव अगाडि सारै सँगै नयाँ तीन वटै निर्जीवन बीमा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ ।

अजोडले आज सार्वजनिक गरेको साधारणसभाको सूचनामा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने जनाएको छ । अजोड सँगै नयाँ आएका सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको हो ।

Prabhu
Crest

मंगलबार सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशलते बढेर ७०६ रुपैयाँ कायम भएको छ । त्यस्तै अजोड इन्स्योरेन्सको ९.९२ प्रतिशतले बढेर ८५३ रुपैयाँ पुगेको छ भने जनरल इन्स्योरेन्स कम्पनीको ९.३१ प्रतिशतले बढेर ६९३ रुपैयाँ पुगेको छ ।

बीमा समितिले चार वर्ष अगाडी तीन वटै कम्पनीलाई निर्जीवन बीमा व्यवसाय गर्न अनुमति दिएको थियो । तीन वटैले यस वर्ष सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरिसकेका छन् । तीन वटै कम्पनी उस्तै प्रकृतिका र नयाँ भएकाले बाँकी दुई वटाले पनि हकप्रद शेयर निष्काशन गर्न सक्ने अनुमान लगाउदै लगानीकर्ताहरु हौसिएका हुन् ।

हकप्रद शेयर प्रस्ताव गर्न बीमा समितिबाट स्वीकृत लिनु नपर्ने भएकाले यो सञ्चालक समितिको क्षेत्राधिकार भित्र पर्छ । तर हकप्रद शेयर निष्काशनको स्वीकृतिका लागि भने बीमा समितिबाट अनुमति आवस्यक पर्छ । बीमा समितिको नियम अनुसार निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी एक अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब हुनु पर्छ । पछिल्लो समय बीमा कम्पनीहरुले ‘रिस्क वेस क्यापिटल’ जोखिममा आधारित पूँजी हुनु पर्ने बहस चलिरहेको छ । बीमा समितिले पनि बीमा कम्पनीहरुलाई अनौपचारिक रुपमा जोखिममा आधारित पूँजी बनाउन अनुरोध गर्दै आएको छ ।

अजोडको यस्तो प्रस्तावले नयाँ मात्रै होइन पुराना निर्जीवन बीमा कम्पनीहरुको पनि शेयर मूल्यमा सुधार देखिएको छ । यस अगाडि किसान लघुवित्त वित्तीय संस्थाले पनि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको दिन अधिकाम्स लघुवित्तको शेयरमा सुधार भएको थियो । नेपाल राष्ट्र बैंकले हकप्रद शेयर निष्काशन गर्न नपाउने व्यवस्थाका विरुद्ध यस्तो प्रस्ताव गरेको भन्दै फिर्ता लिन निर्देशन दिए पछि भोलिपल्टै सबै कम्पनीको शेयर मूल्यमा गिरावट आएको थियो ।

नेपाल राष्ट्र बैंकले जस्तै बीमा समितिले हकप्रद निष्काशन गर्न नपाउने प्रस्ताव भने गरेको छैन । यस भन्दा अगाडि शिखर इन्स्योरेन्सले पनि हकप्रदको प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । यस आधारमा बीमा समितिले अजोडको हकप्रद निष्काशनका भने रोक लगाउन पाउदैन । तर लगानीकर्ताले एउटा कम्पनीले गरेको यस्तो प्रस्तावलाई अन्य कम्पनी सँग पनि तुलना गरेर बजारमा खेलिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS