काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको संचालक पदमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत १३ गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको समुह ख अन्तर्गत प्रतिनिधित्व गर्ने संचालक पदका श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ ।


















