काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो नाममा रहेको नागरिक लगानी कोषको एक लाख तीन हजार ७०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बोलकबोल मार्फत उक्त शेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले कोषको उक्त शेयरमा बोलकबोल आह्वान गर्दा प्रति कित्ता १३५० रुपैयाँ भन्दा नघट्ने गरी आवेदन दिन आह्वान गरेको छ । कम्पनीले आजदेखि चैत १९ गतेसम्म बोलकबोलका लागि आवेदन खुला गर्ने बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।
बोलपत्रको आवेदन नविल इन्भेष्टमेन्ट सेन्ट्रल प्लाजा नक्साल र प्रिमियर इन्स्योरेन्सको केन्द्रिय कार्यालय नक्सालबाट दिन सक्ने छ । आवेदकले न्युनतम १०० कित्तादेखि सम्पुर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ।