IME Life New

शिखर इन्स्योरेन्सको साधारणसभा आज, बोनस अनुमोदन र हकप्रद निष्काशन प्रस्ताव पारित गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आज १५ र १६ औ वार्षिक साधारणसभा गर्ने भएको छ।कम्पनीले प्रस्तावित बोनस शेयर पछि कामय पुँजीको थप ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव सभा मार्फत लैजाने भएको छ।

कम्पनीले ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ।कम्पनीले गत साउन ४ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो। यसै पुँजीमा प्रस्तावित २७.७६ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ पुग्नेछ।

Esewa
Crest

कम्पनीको आगामी चैत ९ गते हुने वार्षिक साधारण सभामा यहि पुँजीको पुनः ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने शेयर पुँजीमा सर्वसाधाण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव गर्ने छ। हाल संस्थापक शेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ। शेयर कन्भर्जन पछि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ।

साधारसभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ। साधारणसभा प्रयोजनका लागि फागुन २६ गतेदेखि बुक क्लोज हुने भएको छ। फागुन २५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित बोनस शेयर प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS