काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज तीन कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।नेप्सेमा आज ग्लोबल आइएमई बैंक लिमिटेडको १४ प्रतिशत बोनस बापतको २ करोड ६५ लाख ६६ हजार २ सय ३१ दशमलव ८ कित्ता शेयर सूचिकृत भएको हो ।
लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशत बोनस बापतको १९ लाख एक हजार ४ सय १८ दशमलव २१ कित्ता शेयर सूचिकृत भएको हो ।
त्यस्तै, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको २ दशमलव ५ प्रतिशत बोनस बराबरको १५ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।