IME Life New

अजोड इन्स्योरेन्स कम्पनीले आइटी अडिटका लागि इमिनेन्स ओएसँग गर्यो संझौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अजोड इन्स्योरेन्स कम्पनीले आइटी अडिटका लागि इमिनेन्स ओएसँग संझौता गरेको छ। बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै बीमा समितिले कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा सूचना प्रविधिको अडिट गर्न निर्देशन दिएको छ। बीमा समितिले चैत ११ गते बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६ का आधारमा यस्तो निर्देशन दिएको हो। ‍

चैतमा जारी गरेको यस मार्गदर्शनमा  पुस मसान्तभित्रमा अनिवार्य आइटी अडिट गर्नु पर्ने व्यवस्था  छ। बीमा कम्पनीहरुले भने यसमा आनाकानी गर्दै आएका थिए। बीमा समितिले मार्गदर्शन अनुसार आइटी अडिट गर्न निर्देशन दिए पछि सझौता गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले जानकारी दिए।

Esewa
Crest

यस मार्गदर्शन अनुसार बीमा कम्पनीहरुले हरेक वर्ष सूचना प्रविधिको अडिट गर्नु पर्ने हुन्छ। अडिटमा कम्पनीले प्रयोग गरेका हार्डवेयर तथा सफ्टवेयर के कस्तो छ भनेर परिक्षण गरिन्छ।

बीमा कम्पनीहरुको आइटी अडिटमा आनाकानी, मार्गदर्शन बनेको एक वर्षमा पनि भएन कार्यान्वयन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS