काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन ४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।