Connect IPS
IME Life

हिमालयन जनरल इन्स्योरेन्सको अधिकांश सूचकमा गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तयि विवरण अनुसार कम्पनीको अधिकांश सूचक घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १६ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले खुद बीमा शुल्क १६ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ दशमलव ९ प्रतिशतले कमी हो ।

Prabhu
Crest

१ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २७ करोड ३१ लाख रुपैयाँ, बीमा कोषमा ५९ करोड ९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड १३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १४ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ५ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ७९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवथ १ सय ८५ रुपैयाँ ६९ पैसा रहेको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS