IME Life New

नेपाल इन्स्योन्सको मुनाफा १० करोड २६ लाख रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १० करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १७.३९ प्रतिशतले बढाएको हो।

जम्मा बीमा शुल्क आर्जन २३.९७ प्रतिशतले बृद्धि भएको छ। कम्पनीको जम्मा बीमा शुल्क आर्जन ३९ करोड ९० लाख रुपैयाँ छ। खुद बीमा शुल्क आर्जन भने ६४ करोड ३३ लाख रुपैयाँ छ। कम्पनीको पुनर्बीमा बाट प्राप्त हुने कमिसन भने घटेको छ। कम्पनीको यस्तो आम्दानी ७ करोड ५ लाख रुपैयाँ छ।

Esewa
Crest

कम्पनीले जारी गरेको पोलिसी संख्या ११ प्रतिशतले घटेको छ। यसै अवधिमा ७६ हजार ५५८ वटा पोलिसी बिक्री गरेको छ। पोलिसी बिक्री गरेबापत अभिकर्ताले एक करोड २० लाख रुपैयाँ प्राप्त गरेका छन्। नाफामा सुधार सँगै प्रतिशेयर आम्दानी १७ रुपैयाँ छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS