IME Life New

आइएमई जनरलको नाफामा १२५ प्रतिशतले सुधार, प्रतिशेयर आम्दानी २७ रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा १२५ प्रतिशतले सुधार भएको छ। चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले १५ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा  ६ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा पोलिसी संख्या ४० प्रतिशतले बढाएको छ। पुस मसान्त सम्ममा ७२ हजार १२५ वटा पोलिसी बिक्री गरेको छ। कम्पनीको यस वर्षको दाबी भुक्तानी मात्रै ९ करोड ७ लाख रुपैयाँ रहेको छ। बाँकी दाबी भुक्तानी भने ६१ करोड १७ लाख रुपैयाँ छ। गत वर्षको यहि अवधिमा कम्पनीले ७६ करोड ८२ लाख रुपैयाँ बाँकी थियो। गत वर्षको तुलनामा यस वर्ष दाबी भुक्तानीको अनुपात बढि रहेको छ।

Esewa
Crest

कम्पनीले अन्य क्षेत्रमा गरेको लगानीबाट मात्रै तीन करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको भन्दा यस वर्ष यस्तो आम्दानी ८३ प्रतिशतले सुधार गरेको छ। चुक्ता पुँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ८७ लाख रुपैयाँ सञ्चिती छ। आइएमइ ग्रुपले टेकओभर गरे पछि कम्पनीले राम्रो व्यवस्था गर्दै आएको छ। नाफामा सुधार देखिए सँगै प्रतिशेयर आम्दानी १४ रुपैयाँले बढेर २७ रुपैयाँ पुगेको छ।

कम्पनीको दोस्रो त्रैमाशिक अवधिको वित्तीय विवरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS