IME Life New

फास्ट ट्रयाक सडक आयोजनाको बीमामा गडबडी, एकै साथ ६ वटा बीमकलाई जरिवानाको कारवाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडाैं तराई मधेश फास्ट ट्रयाक आयोजनाको लागि बीमालेख जारी गर्दा बदमाशी गरेको पाइएपछि नेपाल बीमा प्राधिकरणले एकै साथ ६ वटा निर्जीवन बीमा कम्पनीविरूद्ध कारवाहीको निर्णय गरेको छ।

आयोजनाको लागि बीमालेख जारी गरेका हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सविरूद्ध २-२ लाख रूपैयाँका दरले जरिवाना गरिएको कार्यकारी निर्देशक सुशिल देव सुवेदीले जानकारी दिएका छन् ।

Esewa
Crest

प्राधिकरणको गत आइतबार बसेको बोर्ड बैठकले जरिवानाको साथै ६ वटै बीमकको प्रमुख कार्यकारी अधिकृतहरूलाइ पुनः गल्ती नदोहोर्‍याउन लिखित चेतावनी समेत दिएको छ।

प्राधिकरणका अनुसार, फास्ट ट्रयाक आयोजना अन्तर्गत नेपाली सेना बीमित भएको ‘कन्ट्रयाक्टर अल रिस्क’‘प्रोफेशनल इण्डेमनिटी’ बीमालेख जारी गर्दा निर्धारित बीमाशुल्क दरभन्दा निक्कै सस्तोमा बीमालेख जारी गरेका थिए।

प्राधिकरणले निर्देशिकामार्फत् तोकेको भन्दा निक्कै कम बीमाशुल्कमा निर्जीवन बीमा कम्पनीहरूले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडाैं तराई मधेश फास्ट ट्रयाक आयोजनाको बीमालेख जारी गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

अत्यन्तै सस्तो शुल्कमा बीमालेख जारी गरिएकाले आयोजना निर्माण स्थलमा क्षति भएको अवस्थामा जोखिम नै सुरक्षण नहुने अवस्था देखिएको भन्दै अख्तियार आयोगले अनुसन्धानका लागि प्राधिकरणलाई निर्देशन दिएको थियो। आयोगको निर्देशनपछि प्राधिकरणका निर्देशक ध्रुब तिमल्सिनाको नेतृत्वमा उपनिर्देशकहरू केशव दाहाल, विरोध भट्ट, हृदयेश्वर पण्डित, राम कोजु सम्मिलित कार्यदलले अध्ययन गरेर अख्तियारमा प्रतिवेदन पेश गरेको थियो।

प्रतिवेदनका आधारमा नियामकीय कारवाही गर्न आयोगले प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरण सञ्चालक समितिले ६ वटा बीमक र तिनको प्रमुख कार्यकारी अधिकृतहरूविरूद्ध कारवाहीको निर्णय गरेको हो।

प्राधिकरणले सम्बन्धित बीमकको प्रमुख कार्यकारी अधिकृतहरूलाई बीमा ऐनको प्रावधान बमोजिम लिखित चेतावनी समेत दिएको छ। यस्तो गल्ती दोहोरिएको अवस्थामा उनीहरूविरूद्ध प्राधिकरणले सिधै निलम्बनको कारवाही समेत गर्न सक्नेछ।

प्राधिकरणले गरेको अनुसन्धानका क्रममा, यी ६ वटै बीमकले ‘मिनिमम प्रिमियम रेट फर ट्यारिफ’  निर्देशिका र ‘मिनिमम प्रिमियम रेट फर नट्यारिफ विजनेश’ निर्देशिका  र विभिन्न निर्देशिका उलंघन गरी बीमालेख जारी गरेको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS