काठमाडौं । आज ६ वटा बीमा कम्पनीले आ आफ्नो वार्षिक साधारण सभा गर्दैछन् । आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफले साधारण सभा गर्न लागेका हुन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा आज पुस २९ गते गर्दैछ। सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। जसअनुसार हालको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको कुल ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
सभाले कम्पनीको प्रबन्धपत्र अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले कम्पनीको प्रबन्धपत्रको दफा ३ मा रहेको उद्देश्यअन्तर्गत ‘(छ) सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने’ व्यवस्था थप गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
नेपाल इन्स्योरेन्सले आफ्नो ७७ औँ वार्षिक साधारणसभा आज पुस २९ गते गर्दैछ। सभा काठमाडौंको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लाबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
शिखर इन्स्योरेन्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा आज पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६।३१५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०।३१५८ प्रतिशत नगद लाभांश छन्।
सभाले कम्पनीको नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले सर्वसाधारण समूहबाट २ जनाको सञ्चालकको निर्वाचन गर्नेछ। सभाले सर्वसाधारण समूहबाट दिनेश ब्रज बज्राचार्यको सञ्चालकबाट राजीनामापछि आश्मांक कार्कीलाई आगामी साधारणसभाबाट सञ्चालकमा नियुक्ति गर्नेबारे सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आफ्नो २९ औँ वार्षिक साधारणसभा आज पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्नेछ। सभाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरिएको रकम पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारण सभा पुस २९ गते मंगलबार गर्ने भएको छ । सभा सिल्भर ओक व्याङक्वेट एण्ड इभेण्ट सेन्टर, गैन्धारा, काठमाडौंमा बिहानको ११ बजे गर्ने जनाएको छ । कम्पनीको पुस ७ मा बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सभाको मिति तय गरिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) रहेका छन् । सभाले सो प्रस्ताव पारित गर्नेछ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारणसभा आज पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने ६२ करोड ३६ लाख ३९ हजार ३८५।६० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।












