IME Life New

बीमा कम्पनीहरुमा १० महिनामा थपिए ५०० जनशक्ति, शाखा संख्या पनि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुले शाखा संख्यासँगै जनशक्ति पनि बढाउँदै लगेका छन्।

नेपाल बीमा प्राधिकरणबाट इजाजतप्राप्त १४ जीवन बीमक, १४ निर्जीवन बीमक र ७ वटा लघु बीमक कम्पनी सञ्चालनमा छन्। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ती बीमकको कुल जनशक्ति ४.३२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ११ हजार ६५८ जना प्रत्यक्ष रोजगारीमा रहेको अवस्थामा समीक्षा अवधिसम्म यो संख्या बढेर १२ हजार १६२ पुगेको छ। अर्थात बीमा कम्पनीहरुमा १० महिना थप ५०४ जनाले रोजगारी पाएका छन्।

Esewa
Crest

चालु आर्थिक वर्षको वैशाखसम्म जीवन बीमकमा कुल ६ हजार ८७ र निर्जीवन बीमकमा ६ हजार ७५ जनशक्तिले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन्। अघिल्लो वर्ष वैशाखसम्म जीवन बीमकमा ५ हजार ८३८ र निर्जीवन बीमकमा ५ हजार ८२० जनशक्तिले प्रत्यक्ष रोजगार प्राप्त गरेका थिए। यो हिसाबले जीवन बीमकको जनशक्ति ४.२७ प्रतिशतले बढेको छ भने निर्जीवन बीमकको ४.३८ प्रतिशतले बढेको छ।

बीमा कम्पनीहरुबीच गाभ्ने र गाभिने क्रममा खुम्चिएका बीमकको कार्यालयहरुको संख्या पुनः थपिँदै जान थालेको छ। शाखा सञ्जाल विस्तारमा जीवनभन्दा निर्जीवन बीमक बढी सक्रिय देखिएका छन्।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म बीमकको शाखा संख्या १.५२ प्रतिशतले वृद्धि भएको छ। जीवन बीमकको १६ र निर्जीवन बीमकको २९ वटा शाखा थपिएका छन्। जीवन बीमकको शाखा संख्या जम्मा ०.८७ प्रतिशतले थपिँदा निर्जीवन बीमकको शाखा संख्या २.५८ प्रतिशतले वृद्धि भएको छ।

प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार वैशाखसम्ममा जीवन बीमकको शाखा संख्या १ हजार ८४७ र निर्जीवन बीमकको १ हजार १५५ शाखा कार्यालय सञ्चालनमा रहेको छ। अघिल्लो वर्ष वैशाखसम्म जीवन बीमकको शाखा संख्या १ हजार ८३१ र निर्जीवन बीमकको १ हजार १२२ शाखा कार्यालय सञ्चालनमा थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS