IME Life New

भारतीय बीमा नियामकको अध्यक्ष बन्न ३० वर्षको कार्यानुभव अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई)को अध्यक्ष बन्न कम्तीमा ३० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्ने प्रावधान अनिवार्य गरिएको छ।

भारतको वित्त मन्त्रालयले आज आईआरडीएआईको अध्यक्षका लागि आजबाट दरखास्त आह्वान गर्दै सूचना जारी गरेको छ। जसमा अध्यक्षका उम्मेदवारको कार्यानुभव कम्तीमा ३० वर्षको हुनुपर्ने प्रावधान तोकिएको छ। यसका साथै आवेदकले यसअघि भारत सरकार वा सोबराबरको स्तर तथा राज्य सरकार या अन्य संस्थामा सचिवका रुपमा काम गरेको हुनुपर्ने मापदण्ड पनि निर्धारण गरिएको छ।

Esewa
Crest

सूचनामा उल्लेख भएअनुसार अध्यक्षका उम्मेदवारसँग निर्णय लिने अधिकार र नेतृत्वदायी क्षमता पनि हुनुपर्नेछ। उता निजी क्षेत्रबाट उम्मेदवार बन्न खोज्नेसँग कुनै वित्तीय संस्थाको सीईओ वा सोबराबरको पदमा काम गरेको अनुभव हुनुपर्ने अनिवार्य गरिएको छ। आवेदकको उमेरको हद ६३ वर्षभन्दा बढी हुन नहुने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवारले आउँदो अप्रिल ६ सम्म आवेदन दिन सक्नेछन्।

हाल आईआरडीएआईका अध्यक्ष देवाशीष पान्डा छन्। उनको ३ वर्षे कार्यकाल आउँदो १३ मार्चमा सकिँदैछ। यही कारणले वित्त मन्त्रालयले अध्यक्षका लागि आवेदन खुलाएको हो। पान्डाले यसअघि वित्त मन्त्रालयअन्तर्गतको वित्तीय सेवा विभागमा सचिवका रुपमा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS