IME Life New

आगामी बजेटमा यस्ता छन् बीमा क्षेत्रसँग सम्बन्धित ९ बुँदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट आज प्रस्तुत गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले संयुक्त सदनमा बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा बीमा क्षेत्रसँग सम्बन्धित ९ वटा बुँदा समेटिएका छन्।

Esewa
Crest

यस्ता छन् ९ बुँदाः

१. १०० बिघाभन्दा ठूला चक्लामा वासनादार धानखेती गर्ने ७ नमुना परियोजनालाई सहज रूपमा मल, बीउ, प्राविधिक सेवा तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र बीमा प्रिमियममा छुट दिने व्यवस्था मिलाइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि रु. २ अर्ब ९८ करोड विनियोजन गरिएको छ।

२. उखुखेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गर्न रु. २ अर्ब २५ करोड विनियोजन गरिएको छ। साना किसानको बाली तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदान प्रदान गर्न रु. १ अर्ब ६५ करोड छुट्याइएको छ।

३. एकीकृत सामाजिक सुरक्षाको अवधारणाअनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धता कायम गरी कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोषमार्फत हुने व्यवस्था मिलाइएको छ।

४. स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिनेछ। स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बीमाबीचको दोहोरोपना हटाइनेछ। स्वास्थ्य बीमा कार्यक्रमका लागि रु. ७ अर्ब ५० करोड विनियोजन गरिएको छ।

५. बालबालिकाको उद्धार र संरक्षणका लागि प्रदेश तथा स्थानीय तहमा आपतकालीन बाल उद्धार तथा पुनःस्थापनाका कार्यक्रम सञ्‍चालन गरिनेछ। बाल सुधार गृहका भौतिक संरचना सुदृढ गर्दै बाल सुधार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गरिनेछ।

६. सार्वजनिक सेवा अपांगतामैत्री बनाउँदै लगिनेछ। सार्वजनिक निजी साझेदारीमा अपांगता भएका व्यक्तिको पुनर्स्थापनाका कार्यक्रम सञ्‍चालन गरिनेछ। राज्य सुविधा परिचयपत्र प्राप्त परिवारका अति अशक्त अपांगता वर्गमा परेका व्यक्तिलाई स्वास्थ्य बीमामा आबद्ध गरिनेछ।

७. सबै नेपाली नागरिकलाई क्रमशः राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनेछ। राष्ट्रिय परिचयपत्रलाई राज्यबाट प्रवाह हुने सेवा–सुविधासँग आबद्ध गर्दै लगिनेछ। राहदानी, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता र स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिनेछ। भूमि व्यवस्था, सवारी दर्ता तथा नवीकरण, चालक अनुमतिपत्र, बैंकिङ, निवृत्तभरण व्यवस्थापन र स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिनेछ।

८. वित्तीय क्षेत्रसँग सम्बन्धित कानुनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाइनेछ। नियामक निकायको नियमन र सुपरिवेक्षण क्षमता सबल र प्रभावकारी बनाइनेछ। नेपाल राष्ट्र बैंक ऐन र विदेशी विनिमय नियमित गर्ने ऐन संशोधन गरिनेछ। धितोपत्र बोर्ड नेपाल र नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिनेछ।

९. सामाजिक बैंकिङका लागि स्थानीय तहलाई वित्तीय संस्थासँग सहकार्य गर्न प्रोत्साहित गरिनेछ। न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमामा आबद्ध गराउँदै लगिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS