IME Life
Beema Board

पार्टटाइम काम खोज्दै गरेकी इन्दिराले रोजिन् अभिकर्ता पेशा, ‘सान, मान र दाम सबै पाएकी छु’

SPIL
NIC ASIA

काठमाडौं । सफल अभिकर्ताका रुपमा परिचित छिन् इन्दिरा सापकोटा । उनी पेशाले सिनियर एजेन्सी म्यानेजर हुन् । २०४० सालमा सुनसरीको इटहरीमा जन्मिएकी इन्दिरा हाल नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट आमनागरिकलाई बीमाबारे बुझाउँदै हिँडेकी छिन् । एसएलसीसम्मको अध्ययन आफ्नो जन्मथलोबाट पूरा गरी उनले नर्सिङ पढिन् । नर्सिङ अध्ययन पूरा गरी इन्दिराले करिब १० वर्ष हस्पिटलको जागिरे जीवन बिताइन् । समय बित्दै जाँदा विवाह अनि बालबच्चा भए । जागिर र घरपरिवार सबैको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता उनका लागि चुनौती नै थपियो । घरपरिवार र बालबच्चा सम्हाल्नुपर्ने बाध्यतामा उनले हस्पिटलको जागिरबाट बिट मारिन् ।

यसरी बनिन् बीमा अभिकर्ता
घरपरिवारलाई समय दिएर पार्टटाइम काम गर्ने जागिरको खोजीमा इन्दिराको मनमा अभिकर्ता पेशाबारे जिज्ञासा जाग्यो । त्यसपछि उनले नेशनल लाइफमै आफ्नो बीमा गराएका अभिकर्ता गजेन्द्र भण्डारीसँग अभिकर्ता बन्ने सम्बन्धमा सल्लाह लिइन् । गजेन्द्रले आफ्नो पेशा अरुले अँगाल्दा नकार्ने त कुरै भएन ‘हुन्छ आउनुस् कम्पनीबाट तालिम सञ्चालन भएको समयमा खबर गर्छु’ भन्ने सल्लाह दिए । उनका लागि यो जीवनकै टर्निङ प्वइन्ट बन्यो । अन्ततः उनले नेशनल लाइफबाटै अभिकर्ता लाइसेन्स लिइन् । बीमा अभिकर्ताको तालिममा सहभागी भएपछि इन्दिरालाई यो पेशा झनै मन पर्यो र अब सधैँ यही पेशामै संलग्नता हुने निधो गरिन् ।
इन्दिराले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखाबाट बीमा अभिकर्ता पेशा शुरु गरेकी थिइन् । पहिलो बीमा आफ्नै छोरीको गरेको हुनाले खासै गाह्रो नभएको उनको भनाइ छ । करिब ७ वर्षअघि मात्रै बीमा अभिकर्ता पेशामा प्रवेश गरेकी इन्दिरा अहिले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेजर पदमा पुगिसकेकी छिन् । उनी भन्छिन्, ‘अहिले मेरो दोस्रो घर नै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी भएको छ । ’

Prabhu
Crest

इन्दिरामा सानैदेखि आत्मानिर्भर बनी आफैँमा केही गर्नुपर्छ भन्ने मानसिकता थियो । आफूले केही गरौँ र आफ्नो परिवारलाई पनि आर्थिकरुपमा सहयोग गरौँ भन्ने भावना मनमा सधैँ लागिरहन्थ्यो । आफ्नो पकेट खर्चका लागि पनि परिवार र श्रीमानसँग माग्नुपर्ने अवस्थाको अन्त्य होस् भन्ने चाहना इन्दिरामा थियो ।

हरेक पेशा–व्यवसायमा मेहनत र लगनशीलताका साथ लागिपर्ने हो भने सफलता हासिल गर्न सकिन्छ भन्ने सोच इन्दिरामा छ । यही सोचका कारण अभिकर्ता पेशामा जमेकी छिन्, उनी । अभिकर्ता पेशामा सन्तुष्ट रहेको उनी बताउँछिन् ।

अभिकर्तामा लागेपछि पाएको परिवर्तन
अभिकर्ता पेशामा नै जोडिएपछि इन्दिराको जीवनशैलीमात्रै फेरिएन विचार र सोचाइसमेत फेरियो । बीमा अभिकर्ता बनेपछि उनी आफैँले आफ्नो जीवन नै परिवर्तन भएको अनुभव सुनाउँछिन् । अभिकर्ता पेशामा प्रवेश गरेपछि कसरी बोल्ने, कसरी हिँड्नेलगायतका स–साना कुरादेखि ठूल्ठूला कुरामा समेत परिवर्तन भएको महसुस उनले गरिन् । उनी भन्छिन्, ‘मैले यो पेसाबाट सबै थोक पाएँ । यो पेशाबाट आर्थिक बाटो बलियो हुनुका साथै साथीभाइ, परिवार र इष्टमित्र सबैबाट राम्रो प्रतिक्रिया पाएकी छु ।’ यो पेसा आफ्ना लागि एक दरिलो अभिभावक भएर उभिएको इन्दिरा सुनाउँछिन्।

अभिकर्ता पेशामा जोडिएपछि सान, मान र दाम सबै आफ्नो पक्षमा पार्न सफल भएको उनी बताउँछिन् । इन्दिरा भन्छिन् ‘बीमा अभिकर्ता चुनौतिपुर्ण नै पेसा हो । बीमा भनेको विश्वासको पेशा हो । त्यसकारण विश्वासको काम गर्न पक्कै सजिलो छैन ।’

यस पेशामा इमान्दार भएर काम गर्यो भने फेरि सहज पनि रहेको इन्दिराको अनुभव छ । उनी अभिकर्ता पेशालाई सामाजिक पेशाका रुपमा हेर्छिन् । इन्दिरा भन्छिन्, ‘बीमा अभिकर्ताले कसैको सुरक्षाका लागि काम गर्छ । त्यसकारण पनि बीमा अभिकर्ता पेशा सामाजिक र पुण्यको पेसा हो ।’ अभिकर्ताहरुले आफ्नो कर्तव्य निर्वाह गरेमा यो पेशा सम्मानित तथा मर्यादित हुने उनले बताइन् ।

महिलाहरुका लागि उपयुक्त पेशा
जागिर बन्धनजस्तो लाग्ने इन्दिरालाई यो पेशा भने खुल्ला लाग्ने गरेको छ । जसकारण महिलाका लागि यो पेशा अति नै उत्तम रहेको उनको बुझाइ छ । घरपरिवारलाई समय दिएर पनि गर्न सकिने यो पेशा अन्य पेशासँग तुलना नै गर्न नमिल्ने उनको अनुभव छ । उनी भन्छिन्, ‘पारिश्रमिकको दृष्टिकोणमा होस् अथवा मानसम्मान् अभिकर्ता पेशा अति नै उपयुक्त रहेको छ ।’

छरछिमेक र आफन्तलाई बीमाबारे सचेतना फैलाउँदै आएकी इन्दिराले सिंगो परिवारकै बीमा गराएकी छिन् । प्रारम्भमा पार्टटाइमका रुपमा काम गरेकी इन्दिरा अहिले दैनिक जागिरमा खट्ने गरेको बताउँछिन् ।

सफल अभिकर्तामा हुनुपर्ने गुणहरु
एउटा सफल बीमा अभिकर्तामा विभिन्न खालका गुण हुनुपर्ने इन्दिराको तर्क छ । अभिकर्ता आफ्नो पेशाप्रति लगनशील भएर लाग्नुपर्ने उनको भोगाई छ । निरन्तररुपमा लागि पर्ने जोकोही पनि यो पेशामा सफल हुनसक्ने उनको अनुभव छ । एउटा इन्स्योरेन्स गराउन पटक–पटकसम्म पनि लागि परिरहेको उदाहरण दिँदै इन्दिराले अभिकर्तामा धैर्यता हुनुपर्ने बताइन् । मेहनती, इमान्दार, सहनशीलता, बीमा बुझाउन सक्ने र ग्राहकको कुरा सुन्न सक्ने गुणहरु बीमा अभिकर्तामा हुनुपर्ने उनको धारणा छ । उनले भनिन्, ‘अभिकर्तामा यी विभिन्न गुण भएमा अवश्य सफलता मिल्नेछ ।’ आज यिनै कारणले उनी पनि सफल छिन् ।
अभिकर्ता पेशामा आउने नवप्रवेशीलाई इन्दिराको सुझाव
बीमा अभिकर्ता पेशामा प्रवेश गर्न चाहने नवप्रवेशीहरुलाई लक्षित गर्दै इन्दिराले निरन्तर रुपमा लागि परेर काम गर्दा आम्दानीको हिसाबले राम्रो रहेको बताइन् । ‘बीमा संसारभरि नै अवलम्बन गरिएको पेशा हो । समयभन्दा अगाडि नै परिपक्क बनाउने पेशा बीमा अभिकर्ता पेशा हो’, उनले भनिन्, ‘आर्थिक रुपमा सबल हुने भएकाले यो पेशा राम्रो छ । बोल्नदेखि हरेक कुरामा आफू अब्बल र सक्षम हुन सिकाउने भएकाले यो पेशा सबैभन्दा उत्कृष्ट छ ।’

चाइल्ड डेभलपमेन्टमा मास्टर्स गरेकी इन्दिराले नेशनल लाइफबाट विभिन्न सम्मान् पाएकी छिन् । उनी ६ वर्षको अन्तरालमा एकपटक एमडीआरटी बन्न सफल भइन् भने शुरुबाट नै चेयरपर्सन हुँदै आएकी छिन् । उनी आफू कार्यरत शाखाको तेस्रो अभिकर्ता पनि हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

14%

अचम्मित

57%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS