IME Life
Beema Board

शिक्षणपछि लेखापढीबाट बीमा क्षेत्रमा सक्रिय खड्का भन्छन्ः अभिकर्ता पेसा सामाजिक सेवा हो

SPIL
NIC ASIA

काठमाडौं । २०२२ सालमा जन्मिएका चूडाबहादुर खड्काको बाल्यकाल रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वरमा बित्यो । खड्काले २०४० सालमा आफ्नो जन्मस्थानबाटै एसएलसी पास गरे । उनी सानैदेखि मेहनत र संघर्ष गर्न रुचाउँथे । उनी मेहनती भएकै कारण शिक्षक, लेखापढी र अभिकर्ता पेसामा सफल छन् । उनी सहकारी सञ्चालक पनि हुन् ।

खड्का मेहनत र लगनशीलतालाई आफ्नो जीवनको एक महत्वपूर्ण पाटो सम्झेर अगाडि बढिरहे । एलएलसीपछि उनले शिक्षण पेशा रोजे । उनी निमावि तहका स्थायी शिक्षक थिए । उनी झन्डै १२ वर्ष शिक्षण पेसामा आबद्ध भई उपदान लिएर सुनौलो भविष्यको खोजीमा राजधानी पसे । उनी भन्छन्, ‘ममा सानैदेखि मेहनत गर्ने बानी थियो र मैले काठमाडौं आएपछि पनि मेहनत गर्न छाडिनँ । मेरो मेहनत गर्ने बानी र लगनशीलताले गर्दा नै आज यो ठाउँमा आइपुग्न सफल भएको हुँ ।’
जीवनको दौरानमा खड्का अगाडि बढ्दै गइरहे । उनले प्रमाणपत्र तहको अध्ययन लागि ताहाचल कलेजलाई राजे । उनले त्यहाँबाट आईएडसम्मको अध्ययन पूरा गरे । शिक्षाशास्त्र विषय लिएर उच्च शिक्षा पढाइसँगै उनले डिल्लीबजारको चारखाल मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्न थाले ।

Prabhu
Crest

यसरी लागे बीमा पेसामा
समय बित्दै गर्दा खड्काको आफन्तको घरमा एउटा दुःखद घटना भयो, मोटर दुर्घटनामा चालकको मृत्यु । ती आफन्तले तेस्रो पक्ष बीमा गराएका रहेछन् । उनले भने, ‘त्यो घट्नापछि बीमाको क्लेम गरियो र बीमा कम्पनीले भने बमोजिम नै दाबी भुक्तानी पनि दियो । चालकको परिवारमा केही हदसम्म भए पनि राहत मिल्यो । मैले त्यही घटनापछि बीमा क्षेत्रमा रुचि राखेँ । त्यसअघि पनि अभिकर्ता साथीभाईबाट यो पेशामा लाग्न सुझाव नआएको होइन तर, मलाई मेरै आफन्तको घटनाले मात्रै बीमाप्रति विश्वास जगायो। साँच्चै बीमा पेशा सामाजिक सेवाको पेशा रहेछ । मेरो मनमा यो पेशाप्रति सकारात्मक भाव बढ्दै गयो ।’
सिटिजन लाइफमै काम गर्ने लक्ष्मी न्यौपानेले पनि खड्कालाई धेरै पहिलादेखि बीमा पेसामा लाग्न अभिप्रेरित गर्दै आएकी थिइन् । तर, उनले वास्ता गरेका थिएनन् । यद्यपि आफन्तलाई परेको अप्रिय घटनाको प्रभाव र लक्ष्मीको प्रेरणाले गर्दा खड्काले २०७५ सालबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट लाइसेन्स लिएर अहिलेसम्म यस पेशालाई निरन्तरता दिइरहेका छन्। ‘बीमा पेशाले मलाई धेरै माझ परिचित बनाएको छ । बीमाले पीडामा मल्हम लगाउने काम गर्छ । हुनेका लागि भन्दा पनि नहुनेका लागि बीमा अत्ति नै महत्वपूर्ण छ’, उनी भन्छन्, ‘बीमा गरेपछि कम्पनीको सम्झौता अनुसार भुक्तानी पाइन्छ । बीमाले आर्थिक सुरक्षण गर्छ।’

सिटिजन लाइफबाट खड्का एक वर्ष एमडीआरटी बन्न सफल भए । साथै, उनले दुईपटक गोल्ड क्लबमा समेत छनोट भए । ‘यो सफलता मेरो मेहनत र संघर्षले भएको हो’, उनी भन्छन्, ‘त्यसकारण बीमा अभिकर्तामा मेहनत र संघर्ष गर्ने आँट चाहिँ हुनुपर्छ।’

पहिलो बीमा गर्दा चिनेकै मान्छेबाट गरेको हुनाले पहिलो बीमा गर्न खासै गाह्रो नभएको खड्काले बताए । ‘ग्राहकलाई बीमा बुझाउन एकदमै गाह्रो हुन्छ । यसलाई प्राविधिक विषय पनि भनिन्छ’, उनले भने। तर, खड्कालाई ग्राहक सामू पुगेर बीमा बुझाउन भने खासै समस्या पर्दैन । किनकि एक रिटायर्ड शिक्षक भएको नाताले उनमा ग्राहकको मनोभावना बुझेर विषय वस्तु बुझाउन सक्ने क्षमता र शैली छ। ग्राहकलाई विश्वास दिलाउन पनि सक्ने क्षमता भएकै कारणले ५ वर्षको दौरानमा उनी जुन ग्राहकमा पुग्छन्, त्यहाँ बीमा गराउन सफल भएकै हुन्छन् ।
बीमा गर्नु एक हिसाबले चुनौती रहेको समेत खड्काको भनाइ छ । ‘यो पेशालाई दलालका रुपमा आजसम्म पनि हेर्ने गरेको पाइन्छ, तर मानिसपिच्छे विचार सबैको फरक हुने हुनाले कसैले नराम्रो भन्नुहुन्छ त कसैले राम्रो, हाम्रै हितका लागि बीमा गराएको भन्नुहुन्छ ।’ आफ्नो विगत सम्झिँदै उनी भन्छिन्, ‘पहिला–पहिला त मैले पनि बीमा कम बुझेको हुनाले ग्राहकसामू बीमा बुझाउन गाह्रो नै हुन्थ्यो, अहिले सहज भएको छ ।’

अभिकर्ता दलाली गरे जस्तो पेशा होइन
खड्का भन्छन्, ‘अभिकर्ता पेशालाई कमिशन वा दलाली लिने अन्य कुनै पेशा सरह दाँज्नु हुँदैन। अन्तर्राष्ट्रियस्तरमा पनि बीमा पेशा एकदमै सम्मानित र मर्यादित पेशा हो । मेरो विचारमा अभिकर्ता भने दलाल होइन, यो बुझाई गलत हो ।’
बीमाप्रति सर्वसाधारणको गुनासा
विगत ५ वर्षदेखि बीमा अभिकर्ताका रुपमा काम गर्दै आएका खड्का भन्छन्, ‘बीमा गराउन जाँदा सर्वसाधारणले बीमा कम्पनीले भने जति पैसा दिँदैन भनेर विभिन्न खालका गुनासा गर्छन् । त्यो त कम्पनीकै कमजोरी हो । उनीहरु भन्छन् बीमा गराउँदा डबल आउँछ भन्ने आश्वासन दिएर बीमा गराएको हुन्छन् तर बीमा अवधि सकिए पहिले भने जति पैसा बीमितले पाउँदैनन् ।’

बीमा अभिकर्तामा हुनुपर्ने गुणहरु,
खड्काकाे अनुभव छ,यदि अभिकर्ता सफल हुनु छ भने ,‘बीमा अभिकर्तामा बीमा के हो ? ग्राहकलाई बुझाउन सक्ने सामर्थ्य चाहिँ हुनै पर्छ ।
सम्बन्धित विषयवस्तुको ज्ञानका साथै आफू आबद्ध कम्पनीका बारेमा पर्याप्त जानकारी राख्न उनले नवप्रवेशी अभिकर्तालाई सुझाव दिए। ‘आफ्नो मात्र नभएर अरु बीमा कम्पनीका बारेमा जानकारी राख्नुपर्छ’, उनले सल्लाह दिँदै भने, ‘यसका साथै जुन कम्पनीको प्रतिनिधित्व गर्ने हो, त्यस कम्पनीको बोनश दर बीमा कोष, पूँजी लगानी लगायतका अन्य कुराहरु पनि बुझ्नु जरुरी हुन्छ । यस्ता ज्ञान र गुण एउटा बीमा अभिकर्तामा हुनु अपरिहार्य छ ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS