IME Life New

नेपाल लाइफ अभिकर्ता संघमा एउटा समूहले विशेष अधिवेशनमा लाग्दा अर्को अदालतको शरणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको पेशागत बीमा अभिकर्ता संघ बीमक समितिको दुई समानान्तर कमिटी बीचको विवाद सतहमा आएको छ। गणेश अधिकारी अध्यक्ष रहेको समितिले पौष २१ र २२ गते काठमाडौंमा विशेष अधिवेशन आयोजनाको घोषणा गरेपछि कृष्ण प्रसाद आचार्य अध्यक्ष रहेको समितिले विशेष अधिवेशन अवैध भएको दाबी गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेको छ।

अदालतले रिटको सुनुवाई नगरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि विशेष अधिवेशन आयोजक समितिका संयोजक नारायण दाहालले पूर्व निर्धारित मिति र स्थानमा अधिवेशन आयोजन हुने जानकारी विज्ञप्तीमार्फत् सार्वजनिक गरेका छन् । दाहाल पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

Esewa
Crest

समानान्तर समितिको विवाद समाधानका लागि पेशागत बीमा अभिकर्ता संघको केन्द्रिय समितिले हस्तक्षेप गर्दै विशेष अधिवेशनको घोषणा गरेपछि आचार्य नेतृत्वको समिति अधिवेशन स्थगनको माग सहित अदालतको शरणमा पुगेको हो ।

उच्च अदालत पाटनले रिट निवेदनको सुनुवाईका लागि पौष २२ गते अदालतमा उपस्थित हुन दुबै पक्षलाई बोलाएको छ। अधिवेशनको दोश्रो दिन अदालते सुनुवाईका लागि बोलाएकोले विशेष अधिवेशन आयोजक समितिले अदालतले विशेष अधिवेशन स्थगनको आदेश नदिएकाले अधिवेशन पूर्ववत् नै सञ्चालन हुने जनाउ दिंदै अपवाहको पछि नलाग्न अनुरोध गरेको छ।

यसैबीच कृष्ण प्रसाद आचार्य अध्यक्ष रहेको पेशागत बीमा अभिकर्ता संघ बीमक समितिले विधान विपरित र पेशागत बीमा अभिकर्ता महास‌ंघको प्रतिनिधि सहितको छानबिन समितिले दिएको निष्कर्ष विपरित विशेष अधिवेशन आह्वान गरिएको दाबी गरेको छ। पेशागत बीमा अभिकर्ता संघ बीमक समितिलाई विभाजनको संघारमा पुर्याउने उद्देश्यले विशेष अधिवेशन आयोजना गरिएको भन्दै आचार्य पक्षले विशेष अधिवेशनमा सहभागि नहुन सदस्यहरुलाई अनुरोध गरेको छ।

विशेष अधिवेशन आयोजक समितिले देशैभरका १४४ शाखा समितिमध्ये १३१ वटा शाखा समितिबाट ७२५ प्रतिनिधि सहभागि हुने बताएको छ । अधिवेशन स्थगनको आदेश जारी नभएपछि आचार्य नेतृत्वको समितिले विशेष अधिवेशन विफल बनाउनका लागि अभिकर्ताहरुमा  भ्रम फैलाउने प्रयास गरिरहेको भन्दै विचलित नहुन विशेष अधिवेशन आयोजक समितिले प्रतिनिधि अभिकर्ताहरुलाई अनुरोध गरेको छ।

२०७९ असार १७ र १८ गते हेटौंडामा सम्पन्न भएको अधिवेशनका क्रममा प्रतिनिधि चयनमा धाँधली भएको भन्दै गणेश अधिकारी नेतृत्वको समूहले समानान्तर अधिवेशन गरेर बीमक समितिको नयाँ नेतृत्व चयन गरेयता नेपाल लाइफको अभिकर्ता स‌ंगठनभित्र समानान्तर समिति अस्तित्वमा रहँदै आएको छ। विशेष अधिवेशन आयोजक समितिका अनुसार हाल बीमक समिति अन्तर्गत आफूहरुसँग ३ हजार ७१० जना अभिकर्ता सदस्य रहेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS