IME Life

सिटिजन लाइफमा अभिकर्ता बनेका भूपु भारतीय सैनिक बिएन श्रेष्ठ भन्छन्, बीमामा रिटायर्ड हुनु पर्दैन

SPIL
NIC ASIA

काठमाडौं ।  सैनिक पेशाबाट अवकाश हुँदै गर्दा ४२ वर्षिय बाल नारायण उर्फ बिएन श्रेष्ठले ठानि सकेका थिए, फौजी मान्छे हुँ,बाँकी जिन्दगी पनि रिटायर्ड भएर बस्दिन । उनलाई आफू सैन्य जागिरबाट भूपू भएपनि समाज सेवामा सकृयतापूर्वक जागिरे भइरहनुपर्छ भन्ने हुटहुटी शुरु देखि नै थियो । त्यही भएर उनले समाजमा अवसरहरु छामे,बुझे, आफ्नै चित्त बुझाउने कोशिस गरेर र अन्ततः बीमा अभिकर्ताको पेशाले उनलाई नजिक बोलायो । र बुझ्दै जाँदा सामाजिक प्रतिष्ठा, समाज सेवा र धन आर्जन सबै दृष्टीकोणमा जीवन बीमा अभिकर्ताको पेशालाई फिट भेट्टाए र यसैमा मन लगाए ।

चार वर्ष अघि साधारण अभिकर्ताको हैसियतमा सिटिजन लाइफ इन्स्योरेन्स परिवारमा जोडिएका उनी अचेल एजेन्सि म्यानेजर बिएन श्रेष्ठको नामले चिनिन्छन् । फौजी पृष्ठभूमीले उनलाई कुनै पनि काम पूर्ण लगनका साथ गर्नुपर्छ भन्ने सिकाएकाले उनले कहिल्यै हार मानेनन् र संघर्ष जारी राख्दै पहिलो वर्षमै १८ लाख रुपैयाँ प्रथम् बीमाशुल्क संकलन गर्न भ्याए । उनी बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको मिलियन डलर राउण्ड टेबल अन्तर्गत एमडिआरटी समेत भइसकेका छन्। सिटिजन लाईफको अभिकर्ता परिवारमा गोल्ड क्लब मा सदस्यता समेत पाए । शुरु शुरुमा आफूलाई पनि थोरै जानकारी हुने,उनी भन्छन्, बीमाका लागि अरुलाई सम्झाई बुझाई गर्न पनि निक्कै हम्मे पथ्र्यो, बिस्तारै अनुभव बटुल्दै गएपछि सजिलो भएको छ ।

Prabhu
Crest

तनहुँको म्याग्देमा जन्मिए हुर्किएका श्रेष्ठले आफ्नो यौवनकालको १८ वर्ष भारतीय सैनिकमा सेवामा कडा अनुशासनका बीच बिताए। त्यहाँ सिकेको पेशाप्रतिको अनुशासन र लगाव नै अहिले उनका लागि जीवन बीमा अभिकर्ता पेशामा पनि उर्जा बनेको छ।

सेनामा सलामी दिनुपर्ने,अभिकर्ता पेशामा आफैंले सलामी(सम्मान) पाइने
उनले फौजीको पेशा र बीमा अभिकर्ताको पेशाबीच तुलना गर्दै भने त्यहाँ हामीले अरुलाई सलामी दिनुपथ्र्यो तर बीमा त गज्जब रहेछ, यहाँ अरुलाई सहयोग गरिदिएकै भरमा भरपुर सम्मान् पाइने ।

उनले अभिकर्ता पेशामा लागेपछि प्राप्त उपलब्धीलाई लिएर उनी सन्तुष्ट देखिन्छन्। उनी भन्छन्,मलाई यो पेशा रमाइलो लागेको छ, फरक फरक भूगोल र पृष्ठभूमीका मान्छेसँग चिनजान गर्न पाइने व्यवसायीक सम्बन्ध गाँस्न पाइने, मनमौजी हिसाबले समय सदुपयोग गर्न पाइने ।अभिकर्ता पेशामा लागेको छोटो अवधिमै उनले दुई पटक ‘गोल्ड क्लब’ र ‘एमडीआरटी’ उपाधी पाइसकेका छन् । काम गर्न सक्नेलाई यहाँ यति उति समय पर्खनुपर्छ भन्ने छैन,श्रेष्ठ अरुलाई पनि हौंस्याउँदै भन्छन्,यो पेशामा छोटो समयमै सफलताको शिखर चुम्न संभव छ।

एमडीआरटीका लागि योग्य भएपछि अमेरीकाको बोष्टन र अष्ट्रेलियाको सिडनी शहर घुमघाम गर्ने अवसर पनि पाएका थिए । उनले भने, विदेश भ्रमणको अवसर पाएपनि त्यति बेला मेरो प्राथमिकता अरु केही थियो । उनले आँगनमा ठडिएको चारपाङ्ग्रे तिर इशारा गर्दै सुनाए,त्यतिखेर मेरो जरुरत यही थियो। सैनिक पेशाामा १८ वर्षको योगदानबाट नपाएको आर्थिक समृद्धि उनले जीवन बीमाबाट ४ वर्षमै पाएका छन् । उनी खुशी हुँदै भन्छन्, बीमा पेशाले मेरो रिटायर्ड जीवनलाई पनि मनग्ये आम्दानी हुने जागिरे जीवनमा परिणत गरिदिएको छ ।

हालसम्म सिटिजन लाइफ एजेन्सी म्यानेजर श्रेष्ठले १ सय ५० जना बीमितको रक्षावरण गरेको इन्स्योरेन्स खबरलाई बताएका छन् । त्यसरी उनले बेचेका १ सय ५० बीमालेखमा अधिकांश बीमाहरु नेपालका फौजीले नै किनेको पनि उनले बताएका छन् ।

यूवा पुस्ताका लागि बीमा चम्किलो पेशा हो
एजेन्सी म्यानेजर श्रेष्ठले बीमा पेशा निकै चम्किलो पेशा रहेको बताएका छन् । श्रेष्ठका अनुसार बीमाको बजार नेपालमा बढ्दो क्रममा रहेकाले नै त्यसमा लाग्ने जो कोही यूवाको भविष्य पनि उज्वल रहनेमा कुनै दुईमत छैन । बीमा शब्द सुन्यो कि नाक खुम्च्याउनेहरुलाई घरदैलोमै पुगेर आफूले बीमाको सन्देश दिने गरेको श्रेष्ठ बताउँछन् ।

बीमामा जोडिन ढिला नगर्दा हुन्छ
बीमामा जोडिन ढिलाई गर्न नहुने उनको सन्देश छ । संघर्ष गर्न चाहने जो कोहीका लागि जति छिटो मिहिनेतका साथ काम ग¥यो उति नै छिटा बीमा पेशामा सफलता समेत हात पर्ने श्रेष्ठको अनुभव छ । जुनसुकै पेशामा सफल हुन मेहनत गरे जस्तै बीमा अभिकर्ताले पनि सकेसम्म धेरै कार्य क्षेत्रमा दौडिने र बादशाह नै बन्न प्रयास गर्नु पर्ने बताएका छन् ।

आफूले केही दिए मात्रै आफूलाई पनि केही पाइने मूल मन्त्रलाई बीमा क्षेत्रमा आबद्ध हुनेले सदैव मनन गर्न उनी सुझाउँछन् । त्यस्तै, सैनिक पेशामा हुँदा उनले सिकेको कुरा पनि त्यही नै थियो । देशले मलाई के दियो ? भन्दा पनि मैले देशलाई के दिए ? भन्ने कुराको ठूलो माने र महत्व हुने वाक्यांश उनलाई स्वीकार्य छ । त्यही शुत्र बीमा क्षेत्रमा पनि लागू हुने उनले देखेका छन् । बीमा क्षेत्रमा भनेको अथाह र असीमित भएकाले यसमा व्यक्तिले जति बढी लगाव देखाउन सक्छ उति नै धेरै प्रतिफल प्राप्त गर्न सक्छ ।

हरेक काममा अनुशासनको ठूलो महत्व हुने भन्दै उनले बीमा क्षेत्रमा अनुशासनको महत्व अझै बढी हुने अनुभव आफूले गर्न पाएको बताए । उनी भन्छन्,एकै पटक त हो, बीमितलाई ठगी हाल्छु नि भन्ने मानसिकता बोकेर अभिकर्ताको पेशामा लाग्नेले आफ्ना लागि आफैंले दुर्गतीको खाल्डो खन्दै गरेको हुन्छ।फौजी श्रेष्ठको दैनिकी झिस्मिसे उज्यालोसँगै बिहान साढे ५ बजेबाट शुरु हुन्छ । नित्य कर्म र शारीरिक व्यायाम सकेर खाना खाई सकेपछि उनी हिंड्छन्, बीमितको खोजीमा । पुराना बीमितसँग भलाकुसारी र नयाँ बीमित फेला पार्ने काममा उनको दैनिकी व्यस्त रहन्छ। यो बाहेक सिटिजन लाईफको दफ्तरमा पुगेर साथीभाईहरुसँग भलाकुसारी गर्दै उनी कामका कुरा गर्न भ्याउँछन् । यति मात्र नभएर बीमा पेशा रोज्न लालायितहरुलाई भेला पारेर तालिम पनि दिन भ्याएकै हुन्छन्।

बीमा पेशा नागरिकहरुको सेवा नै रहेछ
संसारमा सेवा गर्ने अनेक माध्यम भए पनि उचित वित्तीय सल्लाह दिएर बीमितलाई पैसाको खाँचो व्यवस्थापन गर्न सुझाव दिने जीवन बीमा अभिकर्ताको पेशा समाज सेवाको उपयुक्त माध्यम हो भन्ने उनको बुझाई छ। उनी भन्छन्, अवस्था सहज भएका बेला सबैले साथसहयोग दिई रहेजस्तो भान त हुन्छ तर दुःख परेका बेला जीवन बीमाले दिने भरथेगसँग अरु केहीको तुलना हुनसक्दैन। बीमितलाई संकटको घडीमा बीमाले दिने आर्थिक मलहमपट्टी वास्तवमै गज्जब छ ।

उनले मानव जीवनमा धेरैखाले अनिश्चितता र जोखिम हुने भएकाले आफूले जहिले बीमाबारे थाहा पायो, जान्यो तत् क्षण नै बीमा गरि हाल्नु नै उपयुक्त समय भएको बताए । । गिट्टी कुटेर जीविकोपार्जन गर्ने परिवारका सदस्यलाई पनि आफूले जीवन बीमा जोड्न पाएकोमा उनी खुशी छन् ।

बीमाको ज्ञान नभएका तर बीमाको आवश्यकता भएका व्यक्तीहरुको जमातमा अबको दिनमा बीमा पुग्नुपर्ने उनको जोड छ । उनी भन्छन्, विपत्तीहरुको पनि सामना गर्न आर्थिक सामथ्र्य दिने भएकाले विपन्न वर्गहरुका लागि बीमा झनै अपरिहार्य छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS