IME Life

अरुले नभनी बीमा गरिहाल्न समाज अझै तयार भइसकेको छैनः अभिकर्ता खगेन्द्र लुँईटेल

SPIL
NIC ASIA

खगेन्द्र लुइँटेल बीमा क्षेत्रमा परिचित नाम, जसले चार वर्ष भयो अभिकर्ता पेशाबाटै आफ्नो जीविकोपार्जन थालेको । यसबीचमा सामान्य अभिकर्ताको परिचयबाट उनले नाम चलेको जीवन बीमा कम्पनीमा सिनियर एजेन्सी म्यानेजर खगेन्द्र लुइँटेलका रुपमा परिचय स्थापित गरिसकेका छन् । अचेल प्रायः बिर्तामोडमा भेटिने उनको मूल घर भने पाँचथर हो ।

बीमा अभिकर्ता पेशामा आबद्ध भएपछिका उनको अनुभव निक्कै रमाइलो छ । वित्त सल्लाहकारहरुको अन्तर्राष्ट्रिय संगठन मिलियन डलर राउण्ड टेबल(MDRT)को सदस्यतासँगै विभिन्न देशहरुमा भ्रमणको अवसर उनले अभिकर्ता भएकै कारण पाए । खुशी हुँदै भन्छन्, सही पेशा रोजिएछ । उनले छातिमा अभिकर्ताकै तक्मा लगाएर मलेशिया, सिंगापुर र थाईल्याण्डको भ्रमण गरि भ्याएका छन् । यति मात्र नभएर विश्व शक्ति राष्ट्रमध्येको अमेरिका भ्रमणको अवसर उनले अस्वीकृत पनि गरेका थिए । अफर आयो तर त्यत्तिबेला अमेरिका जान मनले मानेन,उनले विगत सम्झदैं भने,कोरोना महामारी पनि थियो।

Prabhu
Crest

हालसम्म ९० जनाको जीवन बीमा गराएकोमा एकजना बीमितको असामयीक निधनपछि मृत्यु दाबी भुक्तानी दिलाएका छन् । मान्छेको जीवन अमूल्य हुन्छ, जीवन बीमाको माध्यमबाट अर्काको पीडामा राहतको मल्हम लगाउन पाउँदा खुशी लाग्ने बताउँदै उनी भन्छन्,एक्कासी आफ्नाले छोडेर हिंडेपछि त्यो घर परिवारको अवस्था कस्तो हुँदो हो, धन्न जीवन बीमा छ र केही भर दिन्छ।

बीमामा लागेपछि मात्रै बीमाले दाबी भुक्तानी दिन्छ भन्ने थाहा भयो
बीमा कम्पनीले पैसा लिन मात्र जानेको हुन्छ, दिन जान्दै जान्दैन, यस्तो अभिव्यक्ति बेला बेलामा बीमा अभिकर्ताको कानमा ठोक्किने गरेको छ । जसले बीमा गर्नुपर्छ, अप्ठेरो परेका बेला बीमाले साथ दिन्छ भन्दै जीवन बीमाको वकालत गर्दै हिंड्ने सिनियर एजेन्सी म्यानेजर लुइँटेलले पनि बीमा कम्पनीले बिना झण्झटै दाबी दिन्छन् भन्ने बारेमा अभिकर्ता पेशामा लागेपछि मात्रै देख्न पाएका, थाहा पाएका हुन् ।

आफू व्यापारी रहँदा बेला बेलामा काँधमा झोला भिर्दै पसलमा आइपुग्ने अभिकर्ताले जीवन बीमा गर्नुस् न भन्दै अनुरोध गर्दा उनी बीमाले पैसा त दिदैन भनेर मनमनै गम्दै नाक खुम्च्याउँथे । उनी भन्छन्, कसैले नभनी स्वतः स्फूर्त जीवन बीमा गरी हाल्ने प्रवृत्ति हाम्रो समाजमा अझै पनि छैन, शायद उति बेला म पनि त्यस्तै हुँदो हुँ।

अभिकर्ता पेशामा लागेर बीमा बारे बुझ्दै जाँदा बिस्तारै उनले जीवन बीमाले लिने होइन, दिने त झन् दोब्बर रहेछ भन्ने थाहा पाए, अनुभव गरे । उनी भन्छन्,सामान्य लाभको आधारमा नाफा घाटाको हिसाब गर्ने हो भने प्रतिफल दिने अरु पनि लगानी होलान्, तर अप्रत्याशित केही भई हाल्यो भने ५० हजारको एक किस्ता तिरेकै भरमा १० लाख रुपैयाँ अरु कुनैले दिन्छ त ? त्यसैले उनी बीमा पैसा कमाउने ठाउँ मात्र नभई सुरक्षाको दृष्टिकोणले व्यक्तिको जीवनमा बहन गर्ने जोखिमभार निकै ठूलो कुरा रहेको सुनाउँछन्।

भविष्यमा बालबच्चाको उच्च शिक्षाका लागि, ब्रतबन्ध विवाहका लागि, सामाजिक कर्मका लागि, बुढेशकालमा आफ्नै पेन्सनपट्टाका लागि साथ दिने भएकाले बीमाको महत्व कोक्रोदेखि चिहानसम्म रहेको उनी बताउँछन् ।

बीमा कम्पनीहरुले नयाँ योजनाको रुपमा संचालनमा ल्याएको पेन्सन प्लानको पनि समिक्षा गर्दै उनले जीवनमा बीमाले जहिले पनि सरलिकरण गर्ने बताएका छन् । बीमाले अभिकर्ताहरुलाई रोजगारीको पाटोबाट महत्वपूर्ण भूमिका खेल्छ भने बीमितहरुलाई रक्षावरण र बचतको पाटोमा सघाउँछ । उनले थप्छन्, बचत, रक्षावरण वा रोजगारी जे जसरी बीमा जोडिए पनि बीमाको एउटै सबल पक्ष भनेको यसले व्यक्तिको आर्थिक पक्ष बलियो बनाउन सघाउने तथ्यलाई नकार्न सकिन्न ।

जीवन बीमाका लागि घरदैलो अभियानका क्रममा आफूले भोगेको अनुभव सुनाउँदै सिटिजन लाइफका सिनियर एजेन्सि म्यानेजर लुइँटेलले इन्स्योरेन्स खबरसँग भने,‘सुरुमा बीमालाई जबरजस्ती भिडाइए जस्तो ठान्नु हुन्छ, जब परिवारमा भवितव्य पर्छ, त्यतिबेला बीमाले पैसा दिंदा ओहो धन्न बीमा गरेको रहेछु भन्छन् ।

बीमा बुझ्दा मात्रै पनि धेरै लाभ हुन्छ
काम गर्दै जाने क्रममा बीमा गरेकै र नगरेका समेत गरेर नब्बे प्रतिशत जतिले बीमाबारे सतही जानकारी मात्र राख्ने गरेको पाए । अ जीवन बीमाबारे राम्ररी थाहा छ भन्नेहरुलाई पनि एक दुईवटा जिज्ञासा राख्दा अवाक भइदिन्छन्,उनी जोड्दै भन्छन्, अनि उनीहरुको बुझाई कतिको गहिरो रहेछ भन्ने चाल पाइहालिन्छ।

व्यापारबाट बीमामा छिरेको अनुभव
हाम्रो समाजमा करियरको शुरुवातमै बीमा अभिकर्ता नै बन्नु यही पेशा रोजेर जीविकोपार्जन गर्छु भनेर लाग्ने बिरलै हुन्छन् । पहिले कुनै न कुनै अर्को पेशा वा व्यापारमा लागेकाहरु बिस्तारै यो पेशामा जोडिएका उदाहरण प्रशस्त छन् । सिनियर एजेन्सी म्यानेजर लुँइटेल पनि कुनै बेला किराना पसले थिए । भातिजले जीवन बीमाको बारेमा दिएका साकारात्मक जानकारीले उनलाई यो पेशामा आकर्षित गरेको हो।

उनले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन् । एक दिदी र दुई दाजुभाई रहेको परिवारमा उनी कान्छा सदस्य हुन् । तत्कालिन समयमा दाजुहरु भिन्दै भएका कारण पनि आफूले पढाईलाई अघि बढाउन केही असहज भएको उनलाई लाग्ने गरेको छ । आफूले जति पढे पनि जीवनमा सबै प्रगति पथमा लम्किनुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै सिनियर एजेन्सि म्यानेजर लुईटेलले मेहनत र धैर्यताले जीवनमा सफलता मिल्ने बताउँछन् ।

इमान्दारीता र धैर्यता निकै ठूलो अस्त्र रहेछ
उनले इमान्दारीताले अरुलाई प्रभाव पर्ने भए पनि व्यवसायीक जीवनमा आफूलाई धैर्यताले ठूलो प्रभाव पर्ने बताउँछन् । आफूले थालनि गरेको काम प्रतिको लगाव र निरन्तरता पनि निकै महत्वपूर्ण हुने उनलाई बेला बखतमा लाग्ने गर्छ । त्यति मात्र नभएर बीमा भनेको व्यक्ति व्यक्तिको विश्वास आर्जन गर्ने ठाउँ पनि हो भन्छन् । उनले जीवन व्यक्तिले पैसा कमाउन भन्दा ठूलो मिहिनेत विश्वास कमाउन गर्नुपर्ने सुझाए । त्यस्तो महत्वपूर्ण अस्त्र विश्वासलाई कायम राख्न ठूलो चुनौती हुने भए पनि बीमा व्यवसाय विश्वास नै विश्वासमा चल्ने व्यवसाय गरेको छ ।

बीमा पेशा रोज्नुको कारण अप्ठयारोमा साथ पाउँन
सिनियर एजेन्सि म्यानेजर लुँइटेलले आफूले समाजमा रहेका विभिन्न पेशा व्यवसायको तुलनामा बीमा पेशा निकै उत्कृष्ट लाग्नुको कारण भनेको यसले अप्ठयारो बेलामा साथ दिने भएको हो भन्ने बताएका छन् । उनी बीमामा आफूले तीन वर्ष मात्रै किस्ता जम्मा गर्दा पनि ऋण लिन सक्ने सुविधा पनि अप्ठेरोमा पाइने सहयोगकै उदाहरण हो भन्छन्।

बीमा क्षेत्र स्वतन्त्र पेशा भएको उनलाई यो पेशा मनपर्छ । अर्को आकर्षक पक्ष चाहिँ बीमा पेशाबाट दिने भुक्तानीको चेक भनेको गाउँ, समाजमा कसैलाई दुःख परेको बेलामा नै दिने भएकाले पनि उनलाई यो पेशा मात्र नभएर समाज सेवा पनि हो जस्तो लाग्छ । अहिले कुनै पनि व्यक्तिले बीमाको महत्व पहिलेको भन्दा धेरै बुझेकाले पनि बीमाको पहुँच बढ्दै गएको उनलाई लागेको छ ।

उनले सिटिजन लाइफले अभिकर्ताहरुलाई निकै राम्रो अवसर दिएको र फेरी अभिकर्ताहरुको मेहनतले पनि सिटिजन लाईफले बीमा क्षेत्रमा राम्रो ठाउँ पाएको बताएका छन् । यसरी उनले बीमा कम्पनी र अभिकर्ताहरुको नाता नङ र मासु जस्तो हुने पनि बताएका छन् ।
बीमाका काम गर्नाले पाएका उपलब्धि भनेको सन्तुष्टि हो

पहिलो कुरा भनेको बीमाले उनलाई विदेश भ्रमण जाने अवसर दिलायो । सिनियर एजेन्सि म्यानेजर जस्तो महत्वूर्ण पद हासिल गर्न सफल भए । एमडीआरटीको उपाधीमा पनि हात पारे । त्यसरी नै धेरै बीमितहरुको जोखिमलाई उनले बीमामा जोडने सौभाग्य पनि पाए ।

बीमामा जोडिन अबेला गर्नु हुन्न
उनी आफैंले अहिले व्यवसायीक बीमा अभिकर्ताहरुको नेतृत्व गरिरहेका छन् । एजेन्सी कार्यालय सञ्चालन गरेर पाँच सय जना अभिकर्तालाई हौंसला दिई रहेका छन् । उनले नेपाल बीमा प्राधिकरणको प्रकृया पूरा गरेर जोडिन चाहने कसैलाई पनि आफ्नो समूहमा स्वागत गर्न तयार रहेको बताए ।

पूर्व मेचीदेखि मध्यको काठमाडौंसम्म उनको समूह बिस्तार भएको छ । उनले भोलिका दिनमा आफ्नो एजेन्सिमा जोडिने साथीहरुको पनि उज्वल भविष्यका लागि आफूले हर संभव प्रयास जारी राखेका छन् । सिटिजन लाइफका सिनियर एजेन्सि म्यानेजर लुँइटेलले विगतका समयमा जस्तो अहिले बीमामा काम गर्न असहज अवस्था नरहेको र बीमा चेतना निकै हदसम्म बढेकाले पनि अबको बजार बीमाकै हो भन्दै हौंस्याउँछन् । उनले नेपालभन्दा बाहिर अन्य देशमा बीमा प्रतिको दृष्टिकोण, राज्यले बीमालाई गर्ने व्यवहार र जनमानसमा रहेको बीमाप्रतिको सकारात्मक धारणालाई नेपालले पनि आत्मसाथ गर्दै अघि बढ्नु पर्ने सुझाव दिएका छन् । बीमामा जोडिन अबेला गर्न नहुने उनको सुझाव रहेको छ ।

उनले आगामी दिनमा बीमा पेशामा कोही पनि जोडिन चाहान्छ भने यो पेशामा निकै राम्रो ठाउँ रहेको पनि बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

10%

उत्साहित

10%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS