IME Life

‘मान्छेको ठूलो जोखिमलाई बीमाले थेग्छ’, सिनियर एजेन्सी म्यानेजर भारती गुरुङ

SPIL
NIC ASIA

काठमाडौं । विद्यालयको कक्षा कोठामा बालबालिकालाई सम्झाई बुझाई पढाउने शिक्षिका भारती गुरुङको दिनचर्या अचेल फेरिएको छ । उनी सम्झाउने बुझाउने पढाउने काममा अझै पनि तल्लिन छिन, तर कक्षा कोठा बाहिर निक्कै फराकिलोका विद्यालय आफूसँगै लिएर पढ्ने पढाउने काममा हिंडेकी हुन्छिन् । औपचारिक शिक्षाको कखरा सिकाउने नभई उनले अचेल बीमाका बारेमा सिक्ने सिकाउने पेशा रोजेकी छिन्, शिक्षिका त शिक्षिका नै हुन् तर बीमाको शिक्षिका अर्थात् उनी अहिले जीवन बीमा अभिकर्ताका रुपमा चिनिएकी छिन् ।

तीन वर्ष अघि बीमा अभिकर्ता पेशामा संलग्न भएकी गुरुङ अहिले सिटिजन लाइफ इन्स्योरेन्सको सिनियर एजेन्सी म्यानेजरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भई सकेकी छिन् । उनको दिनचर्या अचेल वित्तीय सचेतना फैलाउनका लागि आफन्त साथीभाई र परिचितहरुको घरदैलो र कार्यालयमा धाएरै बित्छ । धादिङको गंगाजमुना गाउँपालिका ५ मा स्थायी ठेगाना भएकी उनी अचेल संघीय राजधानी काठमाडौंको महाराजगंजस्थित चक्रपथबाटै बीमाबारे सचेतना फैलाउने काममा खटिन्छिन् ।

Prabhu
Crest

बीमालाई हेर्ने दृष्टिकोण बदलियो
अरुलाई जस्तै शुरुवाती चरणमा बीमा पेशामा आबद्ध हुनु अघि आफूलाई जीवन बीमाको बहु आयामिक महत्वबारे जानकारी नै नभएको सुनाउँदै सिनियर एजेन्सी म्यानेजर गुरुङ भन्छिन्,बुझ्न त अलि अलि बुझिन्थ्यो, तर यति सार्है काम लाग्ने छ भन्ने ढिलो गरी थाहा पाए । उनले आफूले बीमा पेशामा पूर्ण संलग्न हुनु अघि नै जीवन बीमाको उपयोगिताबारे पुरै जानकारी पाउन पाएको भए अझै धेरैलाई बीमाको लाभ पुर्याउन सकिन्थ्यो जस्तो लागेको छ। उनी अगाडी थप्दै भन्छिन्, ढिलै भएपनि अब मैले जस्तो अरुले नबुझी बञ्चित हुनु नपरोस् भनेर लागि परेकी छु ।

हालसम्म उनले ६० जनाको जीवन बीमा गराई सकेकी  छिन् । एउटा पक्षमा उनी निक्कै सचेत छिन्, त्यो हो उपयुक्त बीमितको छनौट। जसरी बीमा गर्नु अघि कसैले पनि विश्वासिलो र भरपर्दो बीमा कम्पनी रोज्न चाहान्छ, त्यसैगरी आफूले पनि जीवन बीमालाई निरन्तरता दिन सक्ने वास्तविक हैसियत भएका र अण्डरराइटिङका लागि भरपर्दो व्यक्तिहरुलाई मात्र आफूले बीमालेख बिक्री गरिरहेकी छिन् । सायद त्यही भएर होला, आफूले बीमा गराएका कुनै पनि बीमितको दाबी परेको छैन ।

बीमामा जोडिनुको कारण
गुरुङले बीमा क्षेत्रमा लाग्नुभन्दा अघि अन्य धेरै पेशा व्यवसायमा आवद्ध भएको र सफलता खोज्दै निकै भौतारिनु परेको सुनाउँछिन् । उनले बीमा क्षेत्रमा आवद्ध हुनुभन्दा अघि शिक्षण पेशासँगै अन्य व्यवसाय समेत गरेको बताइन् । शुरुवातमा शिक्षण पेशा गर्दै गर्दा अतिरिक्त समयको जागिरका रुपमा अभिकर्ता पेशा अंगालेकोमा पछि शिक्षण पेशा छोडेर उनले पूर्णरुपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा पूर्णकालीन अभिकर्ताका रुपमा काम थालिन् ।

सिनियर एजेन्सी म्यानेजर गुरुङले आफूलाई बीमामा लागेर सबैभन्दा राम्रो पक्ष भनेको आफ्नो आर्थिक अवस्थामा सुधार आएको बताएकी छिन् । उनलाई कुनै पनि व्यक्तिको जीवनमा आर्थिक अवस्था सुधार हुनु र नहुनु बीचको भिन्नता पनि बीमा पेशाले महशुस गर्ने अवसर दिएको छ। गुरुङले बीमालाई यस्तो पेशाको रुपमा व्याख्या गर्न रुचाएकी छिन् जहाँ कसैले लाग्दादेखि नै लाभ पाउन सक्छ । उनको अनुभव अनुसार कोही व्यक्तीले आफ्नो जीवनको केही समय खटेर, मेहनत गरेर काम गर्यो भने उनको जीवन नै कायापलट हुनसक्छ । उनले जो कोहीले पनि बीमा क्षेत्रमा लाग्छ भने त्यो यसको जीवनको सुनौलो समय (गोल्डेन पिरीयड) हो भन्न पनि रुचाएकी छिन् ।

हाल बीमा पेशामा राम्रोसँग काम गर्ने जो कोहीले छोटो समयमा नै आर्थिक लाभ हाँसिल गर्ने, गाडी किन्ने तथा अलि कठोर मेहनत गर्न सकेमा छिट्टै घर, घडेरी गर्न सक्ने सम्भावना प्रशस्तै रहेको बताएकी छिन् । हाल उनका परिवारले पनि बीमाको बारेमा आफ्नो धारणा परिवर्तन गरेको बताएकी छिन् । उनले आगामी दिनमा पनि बीमा पेशामा नै आफू निरन्तर लाग्ने योजना बनाएको बताएकी छिन् ।

अझै पनि बीमाको पहुँच कम हुँदा र बीमा क्षेत्रलाई बुझ्ने जनशक्ती कम रहेकाले पनि उनले बीमाको दायरा निकै फराकिलो (ठूलो स्कोप) यस क्षेत्रमा विद्यमान रहेको चित्रण गरेकी छिन् । बीमाले आर्थिक लाभ मात्र नभई अन्य सफलता पनि दिने उनी बताउँछिन् । बीमाले समाजमा व्यक्तीको नाम र छवि परिवर्तन गर्ने भएकाले पनि अहिले बीमामा लाग्नेहरुको संख्या बढ्दै गएको उनको अनुभव छ । बीमा पेशा आफैमा समाज सेवा रहेका पनि यसले आफ्नो समाजमा रहेका नागरिकहरुको हित गर्ने भएको बीमा पेशामा लाग्ने व्यक्तिले जागिर खाने मात्र नभई अरुको सेवा गर्ने मौका समेत पाउने उनले बताएकी छिन् ।

बचत गर्न बीमाले सिकाउँछ
बीमाले अरुको बीमा गराउँदा गराउँदै यस पेशामा आबद्ध हुने व्यक्तीहरुलाई पनि आफ्नो र आफ्ना परिवारहरुको जोखिमको रक्षावरण गर्न सिकाउँछ । जीवन बीमाले जो कोहीलाई सिकाउने सबैभन्दा महत्वपूर्ण पाठ भनेको बचत नै हो भन्ने उनलाई लाग्छ । बचत भएमा व्यक्तिले आफूले नसोचेको भवितव्यबाट आइपर्ने पैसाको अभावबाट समेत जोगिने मौका पाउने बताएकी छिन् । उनले मानिसको जीवनमा धेरै किसिमको संकट पर्ने र हरेक संकटसँग कुनै न कुनै किसिमले आर्थिक संकट समेत जोडिने अनुभवका कारण बीमा अत्यावश्यक छ । उनले नागरिकहरु आर्थिक रुपमा सबल भएको अवस्थामा ठूला भवितव्यमा कम्तीमा पनि गाँस, बाँस, कपास र उपचार जस्ता आधारभूत पक्षहरुमा टेवा पुग्ने बताएकी छिन् ।

सिनियर एजेन्सी म्यानेजर गुरुङले नेपालमा काम छैन भन्ने एक किसिमको जमात तयार भइरहेको बेलामा त्यस्ता व्यक्तीले बेलैमा बीमामा लागेमा मनग्य कमाउने बताएकी छिन् । उनले हालसम्म २० प्रतिशत नागरिकहरुको मात्रै जीवन बीमा भएको अवस्थामा अभैm रोजगारीको लागि समेत ८० प्रतिशत ठाउँ रहेको बताएकी छिन् । उनले बीमाको बारेमा अध्ययन गरेर जो कोही आउँछन् भने त्यस्ता व्यक्तीले सम्भवत पछाडी फर्केर हेर्नु नपर्ने उनको भनाई छ ।

बीमामा जोडिएको प्रसंग
बीमा गराउन कहिलेकाहीँ सहज मात्र भन्दा पनि चुनौतीपूर्ण छ भन्ने पाठ पनि उनीबाट धेरै जनाले सिक्न सक्छन् । उनले कतिपय अवस्थामा बीमा गराउन जाँदा पाईला पाईलामा समस्या भोग्नु परेको पनि बताएकी छिन् । उनले बीमाको बारेमा शुरुवातमा अधिकांश नागरिकले नबुझ्ने र कतिपय परिवारमा बीमा बारेमा सकारात्मक बुझाई नुहँदा पनि त्यस्ता समस्याहरु उत्पन्न हुने गरेको पनि सुनाइन् । सिनियर एजेन्सी म्यानेजर गुरुङले बीमा गराउँदा बीमितहरु खुशी हुने वा आक्रोश व्यक्त गर्ने कुरा उनलाई सामान्य प्रकृया जस्तो लाग्न थालेको छ ।

उनकै नजरमा जीवन बीमा
सिनियर एजेन्सी म्यानेजर गुरुङले आफ्नै आँखाले बीमालाई हेर्दा यो एउटा बचत गर्ने प्रकृया रहेको बताउँछिन् । यस्तो बचत अन्य बचतको तुलनामा निकै भिन्न र सुरक्षित रहेको बचत हो भन्ने उनलाई लाग्छ । व्यक्तिको जीवन तथा धन, सम्पत्तीको बचत सुरक्षालाई बीमाले निकै ठूलो टेवा दिने उनलाई लाग्ने गरेको छ । कतिपय व्यक्तीहरुले बैंकमा बचत गर्ने गरेको सम्झाउँदै उनले त्यही पैसा बैंकमा राख्दा बचत मात्र हुने तर बीमामा लगायो भने त्यसको चौतर्फी फाईदा लिन सकिने तरिका पनि बताएकी छिन् । जीवनमा कुनै पनि समस्या आउँन सक्ने भएकाले बीमाले समस्याको बेलामा व्यक्तीले लिनुपर्ने ठूलो जोखिम भार र जिम्मेवारीलाई सरलिकरण गर्न मद्धत गर्ने उनले बताएकी छिन् ।

बीमाबाट ऋण लिएपछि धन्यवाद
कहिलेकाहीँ बीमाको महत्व बुझ्न बीमितहरुलाई लामो समय लाग्ने उनले बताएकी छिन् । बीमा गराउँदासम्म बीमाको सेवा सुविधाको बारे प्रष्ट नभएका केही बीमितहरुले आफूले बीमालेखको धितोमा सहजै ऋण पाएपछि निकै खुशी भएको उनले प्रत्यक्ष महशुस गर्न पाईन् । बीमितले बीमालेख धितो राखेर ऋण लिएपछि मात्रै उनलाई गहिरो धन्यवाद व्यक्त गरेका थिए । त्यसरी बीमितले धन्यवाद दिँदा उनले राज्यले विगतमा बीमा पेशलाई केही उपेक्षा गर्दै आएको र अहिले बीमा क्षेत्रले राम्रो गति समाउन थालेको मनन गरेको पनि सुनाएकी छिन् । उनी भन्छिन्, जीवन बीमा व्यक्तिको वित्तीय आवश्यक्ता व्यवस्थापन गर्ने एउटा औजार हो । यसले अनिवार्य बचत गराउँछ, वित्तीय दायीत्वको जोखिमलाई सम्बोधन गर्छ।

एजेन्टको लाइसेन्स भर्चुअल्ली दिँदा निकै सहज
नेपाल बीमा प्राधिकरणले अनलाईनबाटै परिक्षा लिने प्रणाली सुरु गर्दा बीमा क्षेत्रले चालेका नयाँ कदमहरु पनि प्रसंशा गर्न योग्य रहेको उनले सुनाएकी छिन् । कुनै दिन आफूले एजेन्टको लाइसेन्स लिन लामो लाईन बस्नु परेको सम्झदै उनले अहिले घरमै बसेर व्यक्तीले बीमा मध्यस्ताकर्ताको लाइसेन्स पाउँने कुरा निकै राम्रो थालनी भएको र यसको सबैभन्दा धेरै लाभ अभिकर्ता, मध्यस्थकर्ताले नै पाउँने बताईन । यसरी नयाँ नयाँ अभ्यास बीमा क्षेत्रमा थालनी गर्दा त्यसले यो पेशामा युवाहरुको आकर्षण बढ्दै गएको सिटिजन लाइफकी सिनियर एजेन्सी म्यानेजर गुरुङ बताउँछिन् । उनले बीमाको बारेमा राम्रो ज्ञान भएको व्यक्तीले लाईसेन्स पाउँदा त्यसको लाभ बीमितहरु र उनका आश्रित परिवारहरुलाई पुग्ने पनि बताएकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS