IME Life

जुनसुकै पेशामा सफलता हासिल गर्न अथक मेहनत र धैर्यता हुनैपर्छः एजेन्सी म्यानेजर राजेश थापा

SPIL
NIC ASIA

काठमाडौं । कुनै पनि पेशामा सफलता हासिल गर्न मान्छेले मेहनत र धैर्यताको पालना गर्नैैपर्छ । त्यस्तै धैर्यता र अथक मेहनतका उहारण हुन्,‘राजेश थापा’ । पाल्पाको रिद्धिकोट गाउँपालिका- २ का स्थायी बासिन्दा उनी सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । चार वर्ष अघि उनले बीमा मध्यस्तकर्ता (अभिकर्ता) पेशामा प्रवेश गरेका हुन् ।

यो पेशामा लागेको दोश्रो वर्षमा नै सिटिजन लाइफका अभिकर्ताहरुमध्ये उनी नेपाल टप स्टार बन्न सफल भए । उनले खुड्किलो पार गर्दै तेस्रो वर्षमा गोल्ड क्लब तथा चौथो वर्षमा डायमण्ड क्लबमा पुग्न समेत सफल भएका छन् । उनको औपचारिक शिक्षा रिडीमाध्यमीक विद्यालय रिडीबाट नै भएको थियो ।

Prabhu
Crest

उनले हालसम्म सय भन्दा बढीको जीवन बीमा गराएका छन् । छोटो समयमा नै धेरै जना बीमितको मन जित्न सक्दा उनी पनि खुशी छन् ।

सिटिजन लाइफ इस्योरेन्सका एजेन्सी म्यानेजर थापाले इन्स्योरेन्स खबरसँग भने,‘बीमामा लाग्नु अघि मेरो बुझाई पनि आम बुझाई भन्दा फरक थिएन,हाम्रा लागि भन्दा पनि अभिकर्ताको कमिशनका लागि मात्र बीमा बेचिन्छ भन्ने भ्रममा थिएँ। बिस्तारै बीमालाई बुझ्दै जाँदा र बीमाको अध्ययन गर्ने अवसर पाउँदै गएपछि मात्र मैले बीमा बुझ्न सके। यो पेशा प्रतिको लगाव अहिले यस्तो भएको छ कि म बीमा पेशालाई कहिल्यै पनि छोड्दिन ।’

बीमाले समयमा पैसा दिँदैन भन्ने भ्रम अब सक्किएको अवस्था छ विगतमा बीमा कम्पनीहरुले बीमा गराउन जबर्जस्ती गर्ने तर बीमा गरी सकेपछि दाबी भुक्तानीका बेला दुःख दिने बुझाई पछिल्लो समयमा मेटिंदै गएको उनको अनुभव छ । अहिले आफूले बीमितहरुको घर घरमा गएर नै बीमा सेवा प्रवाह गर्दै आएको प्रसंग पनि जोड्दै आफन्तजनहरुले दाबी भुक्तानी लिनका लागि निक्कै सास्ती भोग्नु परेको आफूले पनि विगतमा देखे सुनेको उनले बताए ।

अहिले प्रतिस्पर्धाको बजार छ, सूचना प्रविधिको प्रयोग पनि बढेको छ, नियामक पनि सकृय भएर बसेको छ,उनले भने, यस्तो अवस्थामा बीमा दाबी भुक्तानीमा झुलाउने, दुःख दिनेले बजारमा ठाउँ ओगटेर बस्न सक्दैन, बीमितले नै पन्छाई दिन्छन्।

साथीहरुको सल्लाहमा बीमामा प्रवेश
उनले आफ्ना साथीहरुको सल्लाह अनुसार बीमा क्षेत्रमा प्रवेश गरेका थिए । जीवन बीमाबारे बुझेका राम्ररी साथीहरुले यस बारेमा वर्णन गर्दा आफू प्रभावित भएको सुनाए । त्यस्तै कुनै पनि व्यक्तिको जीवनमा अपरिहार्य रहेको बीमाको महत्व अन्य विकसित देशमा समेत रहेको सन्दर्भ जोडदै उनले बीमा यता गरिबहरुको पनि साथी बन्न पुगेको बताए । बीमा पेशामा लागेको चार वर्ष अनुभव र भोगाईका आधारमा उनले निष्कर्ष निकालेका छन्, जस्को लागि यो अपरिहार्य छ, त्यस्ता व्यक्ति नै समेटिन सकेका छैनन् ।

 

बीमा अन्य पेशा भन्दा ठिक छ दौडन सक्नुपर्छ
मेहनत बिना कुनै पनि पेशामा सफता हाँसिल नहुने भन्दै त्यसको उदाहरण बीमा क्षेत्रलाई समेत दिन मिल्ने बताए । उनले बीमा पेशामा लागेर सक्रिय नभई बस्नेहरुले भन्दा यही पेशाका लागि दौडनेहरुले धेरै प्रगति गरेको अनुभव दर्शाएका छन् । आफू बिहान घरबाट निस्किएपछि काम सकेर घर फर्किंदो बेलुकाको नौ सम्म बज्छ । बीमामा गरेको मेहनतले प्रतिफल दोब्बर बनाएर फिर्ता गर्ने उनको अनुभव छ । जो कोहीले पनि बीमाको बारेमा आफूले राम्रोसँग जानकारी दिने र अरुलाई पनि यसको बारेमा जानकारी दिने काम गरेमा बीमा पेशा एउटा काम मात्र नभई साँच्चैको सेवा बन्ने उनको अनुभव छ ।

बीमाले छिट्टै भुक्तानी दिँदा छक्क परे बीमितका आफन्त
जीवन बीमा गरेपछि जीवित रहँदा बीमित आफैले लाभ पाउने भए पनि निधनपछि पनि निजको हकवाला वा इच्छ्याएको व्यक्तिले दाबी भुक्तानी प्राप्त गर्छन् । यसै प्रसंगमा एकजना बीमित महिलाको कोरोना महामारीमा निधन भएपछि दुई साता नपुग्दै सिटिजन लाइफमा एजेन्सी म्यानेजर थापाले उनको दाबी भुक्तानीको लागि पहल गरे। अकस्मात् श्रीमति गुमाएको शोकमा बीमाको रकम लिनु सान्दर्भिक नलागेर मृतकको श्रीमान्ले निकै ढिला गरेर मात्रै भुक्तानी स्वीकारेका थिए । उनले सोही घटनालाई जोडदै भने,‘पहिले पहिले बीमाले पैसा देला कि नदेला भन्ने दिनहरु पनि थिए । अहिले त यस्तो दिन पनि आइसक्यो कि बीमाले पैसा लिनु भन्दा कति छिटो दिएको होला भन्दै अचम्म मान्नुपर्ने अवस्था पनि छ ।’

विदेशभन्दा बीमालाई रोज्ने गरौं
अहिले धेरै जना बाहिरीएको सन्दर्भ जोड्दै उनले यूवाहरु पलायन हुनुमा राज्यको समेत दोष हुने भए पनि बीमाको महत्व बुझाउन नसक्नु पनि अर्को ठूलो कमजोरीको रुपमा रहेको उनको ठम्याई छ। बीमा पेशाबाट पूर्ण सन्तुष्टी प्राप्त भएको सुनाउँदै उनले भने, विकसित देशबाट अफर आएपनि यो पेशा छोडेर जानेबारे सोचेको छैन। यसरी बीमामा नै आबद्ध हुन चाहनुको कारण भनेको बीमालाई बुझेर र बीमाको वास्तविक जीवनमा पनि ठूलो महत्व हुने भएर हो भन्ने उनलाई लाग्ने गर्छ ।

अहिले धेरै यूवाहरु विमानस्थमा लाइन लागेको सम्झिदै उनले विदेशको सट्टामा बीमालाई रोज्नेहरुले पनि राम्रो बुद्धि पुर्याएको जस्तो लाग्ने बताए । यसको मतलब केही गर्न खोज्नेलाई जहीतही ठाउँ छ भन्दै उनले नेपालमा पनि राम्रो कमाई हुने र त्यसमा पनि बीमा भनेको बीमा लगानीमा राम्रो प्रतिफल पेशाा बन्न सफल भएको उनले बताएका छन् । त्यस्तै, बीमाले बीमितलाई, मध्यस्तकर्तालाई, बीमा कम्पनीदेखि यसका सरोकारवालालाई लाभ दिने भएको बीमाको क्षमता अदभूत रहेको पनि बताएका छन् । बीमाको पहुँच जम्मा २५ प्रतिशतमा सिमित रहेकाले अझै ७५ प्रतिशत बजार बाँकी रहेको उनले बताएका छन् ।

विदेश छोडेर बीमामा लागेका थिए वैदेशिक रोजगारीका सिलसिलामा सिंगापुरमा तीन वर्षभन्दा धेरै बसेका उनले नेपालमा आएर कृषि उद्यम गरे । परिश्रम र लगानीका आधारमा कृषी पेशामा अपेक्षित प्रतिफल प्राप्त नभएपछि उनले बीमा पेशा रोजे र अहिले उनका लागि यो पेशा फापेको छ ।

बीमा क्षेत्रको बारेमा वास्तविकता बुझाएर बीमितको भविष्य राम्रो हुने र आफूले पनि पारिश्रमिकवापत कमिशन पाइने भएपछि उनले बीमामा लागेको बताए । बीमामा लागेको जम्मा चार महिनामा नै आफूले धेरै व्यवसाय ल्याउँन सफल भएको र उल्लेख्य प्रगति गरेको पनि उनले सुनाएका छन् । आफूले बीमा क्षेत्रमा जोडिएकोमा आफू अति खुशी भएको र अन्य पेशा व्यवसाय छाडेर अहिले पूर्ण रुपमा बीमामा केन्द्रित भएको बताएका छन् ।

आफ्नो कमिशन देख्दा आफै दंग
अभिकर्ता पेशामा संलग्न भएपछि आफूले पाएको पहिलो वर्षको कमिशन रकमको अंक जान्न पाउँदा आफू दंग परेका थिए । उनले भने, मलाई लाग्यो अन्य पेशा व्यवसायमा एक पटक मात्र नाफा खाना पाइन्छ तर बीमामा त वर्षोसम्म कमिशन पनि पाइरहने रहेछ । बीमामा खटेर काम गर्नेहरुका लागि यो पनि त एउटा राम्रै हो नि ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS