IME Life
Beema Board

बीमा एउटा अभियान हो, विशुद्ध पेशा होइनः सिनियर एजेन्सी म्यानेजर भेषराज भट्टराई

SPIL
NIC ASIA

इलामको चुलाचुलीमा जन्मिएका भेषराज भट्टराई उच्च शिक्षाको लागी काठमाडौं आइपुगे । विद्यार्थी जीवनबाटै अभिकर्ता पेशा अगालेका उनी, अभिकर्ता पेशा, अध्ययनसँगै अध्यापन शुरु गर्दै गर्दा चावहिलको आदिन नेशनल कलजेमा विज्ञान विभागीय प्रमुखको जिम्मेवारी पनि, भेषराज आफु व्यस्त हुने दैनिकीभन्दा केही फरक दैनिकीको खोजीमा थिए । उनले पहिलो पटक २०७५ भदौबाट सिटिजन लाइफमै अभिकर्ता पेशा शुरु गरे । विगत देढ वर्षदेखि सबै अध्यापनको काम छोडेर यही अभिकर्ता पेशामा मात्रै आफ्नो भविष्य खोजिरहेका छन् भेषराज ।

उनले अध्ययनलाई पुरा गरेर अध्ययन सँगसँगै अभिकर्ता पेशालाई निरन्तरता दिइरहेका छन् । घरघरमा गएर होम ट्युशन समेत पढाउने भेषराजले बीमा पनि भेटे । त्यसपछि सँगसँगै बीमालाई पनि अगाडी बढाए ।

Prabhu
Crest

अभिकर्ता पेशाको तालिम लिनुभन्दा अगाडी इन्स्योरेन्स क्षेत्रको जागिर अली जोखिम होकी भन्ने लाग्थ्यो जनतालाई झुक्याउने, फटाह पेशा, सोझा जनतालाई ठगेर खाने पेशा लाग्थ्यो भट्टराईलाई तर, आफैले बीमाको आधारभूत तालिम लिएपछि बल्ल बुझे यो पेशा सामाजिक पेशा रहेछ ।

उनी भन्छन्, तालिम लिएपछि मेरो मनमा के चाहिँ गढियो भन्दा मैले कुन पेशा गरे भने मैले गरेको पेशाले मेरो समाजमा एउटा भएपनि सकारात्मक इँट्टा थप्न मद्दत गर्छ कि गर्दैन ? साँच्चै समाजमा विपद परेका बेला, विभत्स किसिमका घटना दुर्घटना, अप्ठ्यारो, गाह्रोसाह्रो भएको बेला मैले गएर मेरो समाजको अगाडी ओहो लहै यस्तो भएछ भन्ने भन्दा पनि सँगसँगै मैले गएर योगदान गर्न सक्छु कि ? अथवा केही खुशी मैले समाजमा बुझाए भने चाहिँ सानो बचत गर्ने बानीको विकास पनि हुन्छ र त्यसमा असाधारण किसिमका घटनाहरु समाजमा भइरहँदा अभिकर्ताको हैसियतमा कम्तीमा मैले चालेको कदमले, मैले लिएको पेशाले समाजमा एउटा भएपनि आर्थिक इँट्टा थप्न मद्दत गर्छ ।

यो पेशा गरेपछि उनलाई लाग्यो यो पेशाबाट पीडामा मलहम पट्टी गर्न मद्दत मिल्छ यसको मूल संवाहक इन्स्योरेन्स पनि रहेछ। जीवन सुरक्षाको कवच पनि रहेछ भन्ने महशुस भएर मैले आत्मैदेखि यो साँच्चै गज्जब छ,पवित्र छ, पुण्य छ भन्ने हिसाबले यो पेशा रोजेको हो ।

उनलाई बीमा अभिकर्ता पेशामा लाग्न  प्रेरित गर्ने दुई तीनवटा फ्याक्टर छन् । उनी सानै देखि बुझ्ने उमेर आएदेखि नै जीवनको जन्म र मृत्यु बीच अन्तराल छ त्यसमा जम्मा तीनवटा कुराको प्राप्तीको लागि मानिस दौडीराछ, एउटा आर्थिक सम्मुन्नतीका लागी दौडि राछ, अर्को सामाजिक समृद्धिका लागी दौडिराछ र तेश्रो मान्छे आफैंले आफैंलाई क्षमतावान् बनाउनका निमित्त भनेको चाहिँ व्यक्तित्व विकासका लागि दौडिराछ, यस्तो चीजको संगम स्थल कुनै हुन्छ की हुँदैन भन्ने उनको मनमा लागि रहन्थ्यो ।

उनले शिक्षण पेशा गर्दा पनि यी महशुस गर्थे, सामाजिक परिवर्तन आर्थिक परिवर्तन गर्न सके तरु, आर्थिक समृद्धि दिन सके त ? भन्ने आफैंले प्रश्न गर्दा केही हदसम्म प्राप्त हुने बोध भयो तर असामान्य किसिमको प्राप्ती कहाँबाट हुन्छ भन्ने सोच्दा,बृहद किसिमले यो तीनवटा उद्देश्यको मिलन बिन्दु कहाँ छ भन्दा जीवन बीमाले दिने आर्थिक समृद्धि बीमा गर्ने र गराउने दुबैको । गर्ने र गराउने बीचको भेट संभव बनाउनेको पनि आर्थिक समृद्धि, सँगसँगै सामािजक विकास पनि ।

अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म काम गर्न दौडिन भ्याइन्छ भट्टराई भन्छन् अहिले म झापामा दौडि रहेको छु, मेची देखि महाकालीसम्म आफ्नो क्षमतालाई, व्यक्तित्वलाई समाजमा उजागर गरेर समाजमा वित्तीय चेतना जागरुक गराएर व्यक्तित्व विकासमा पनि कुनै व्यक्तिले आफ्नो वाक शक्ति प्रयोग गरेर आफूले बुझाएको भरमा पछाडी व्यक्तित्वको पनि मूल्य हुँदो रहेछ भन्ने प्रष्ट हुन्छ ।

उनी भन्छन् बीमा गर्ने क्रममा पहिलो सर्कल खोज्दा म आफैंलाई खोजे र दोश्रो बीमितको रुपमा मैले मसँगै अध्यापन गर्ने गाउँबाटसँगै आएका भाईको पनि बीमा गराएँ। पहिलो चोटी मैले उहाँलाई विश्वासमा लिएर बीमा बेचे । प्रथम बीमा मैले म आफैंलाई बेचे । ठ्याक्कै भन्दा खेरी कहिलेकाहीँ जीवनमा गरेको सानो निर्णयले पनि मान्छे एउटा ठूलो मोडमा पुग्छ, मैले त्यतिखेर बीमा गर्दा मसँग साथमा पैसा थिएन,मसँग जम्मा दुई हजार रुपैयाँ मात्र थियो ।

विगतलाई सम्झदै उनले भने, त्यतिखेर हाम्रो शाखा प्रमुख लोकमाया अधिकारी म्याम हुनुहुन्थ्यो, अहिले क्षेत्रिय प्रमुख हुनुहुन्छ मैले उहाँ म्यामसँग तपाईले ३८ हजार रुपैयाँ मलाई दिनुपर्यो, दुई हजार रुपैयाँ मसँग छ, म चालीस हजार रुपैयाँ बीमा तिर्छु र तिरेर म बीमा गर्छु भन्ने मैले आँट साहस गरे, मैले पाँच लाखको बीमा गरेको थिएँ, शुरुमा १५ वर्षे त्यसमा ३८ हजार रुपैयाँ चाहिँ मैले हाम्रो त्यतिखेरको शाखा प्रमुखबाट ऋण नै लिएर ।

उहाँलाई मैले मागेपछि चाहिँ मलाई ल तपाई आँट साहस गर्नुभएको छ, उर्जाशील विद्यार्थी मान्छे म तपाईलाई यति सपोर्ट गर्छु भनेर सपोर्ट गर्नुभयो मेरो यो इण्डष्ट्रिको एउटा ऐतिहासिक टर्निङ प्वाइण्ट नै आजको यो क्षणसम्म, यो बिन्दुसम्म आइपुग्नका लागि सबैभन्दा ठूलो उर्जा मलाई प्रोत्साहन भनेकै त्यही मेरो पहिलो बीमा हो ।संघर्षशिशल भेषराज भन्छन् म यसमा निरन्तर लाग्नु चाहिँ कसैको ३८ हजार रुपैयाँ ऋण लिएको थिएँ, ऋण लिएको छु,तिर्नुछ भन्ने थियो । बुवाआमासँग माग्ने अवस्था पनि थिएन, र मैले बीमाको लागी ऋण लिएको छु भन्दाखेरी त्यतिखेर राम्रो सुनिने पनि थिएन । र मैले त्यो ३८ हजार ऋण तिर्नुपर्छ,तिरिन भने बेजमान हुन्छु भन्ने सकारात्मक दबाबले पनि मलाई दौडिनुपर्ने अवस्था सिर्जन गर्यो र त्यो तिरिसक्दा फेरी एउटा डाँडामा उभिएर छर्लङ आकाश भएका बेला उभिएर तल मैदान हेरे जस्तो देखियो, अनि त्यही उर्जा, त्यही साहसले गर्दा खेरी आज चिनेजानेका सबैले शुभेच्छा,शुभकामना र चासो राख्ने ठाउँसम्म आइपुगे ।

पेशामा केही वर्षको अनुभवले वास्तवमा अभिकर्ता पेशा सामान्य पेशा होइन रहेछ उनी बताउँछन् बजारमा यो पेशालाई हल्का गरी लिएर सामान्य हिसाबमा लिएर गराई रहेको, गरिरहेको अवस्था छ । मान्छेले यसको यथार्थ विज्ञान नबुझिकन अनर्गल, यसै हावाहुईमा लहलहैमा दुईचार पैसा कमाउने लोभ लालचमा मान्छेले बीमालाई बेचेको पाएँ । यो स्थितिले गर्दा अलिकति पढेलेखेका मान्छेहरु,शिक्षित वर्गका मान्छेहरु, परिचित क्षेत्रका मान्छेहरु सँगसँगै पढेर मात्र होइन, परेर विद्वान् भएका मान्छेहरु, आफ्नो व्यवहारले परिपक्व भएका मान्छेहरु चाहिँ यो पेशामा आबद्ध हुनुहुँदैन भन्ने धारणा बनेको रहेछ भन्ने मलाई महशुस भयो ।

यस्तो हुनुका पछाडी कैयौं अभिकर्ताहरु अध्ययन बहुत कमजोर, विषयवस्तुको ज्ञान बहुत कमजोर, ठूलो ठूलो कर्पोरेट हाउसमा गएर बीमा सस्तो तरिकाले डिल गर्ने यो प्रवृत्तिले गर्दा खेरी समाजमा बीमा भन्ने बित्तिक्कै कमाउ धन्दाको रुपमा मात्र लिने वा दुई चार पैसा कमाउने एजेण्ट दलालहरु भन्ने इमेज छोड्नु भएको रहेछ । यो सर्वसाधारणको दोष होइन, हामीजस्तै अभिकर्ताको अशिक्षितपन, छोटो समयमै समृद्धि कमाई हाल्ने, यहाँबाट एकदम ठूलो मुनाफा गर्ने साह्रै छोटो मानसिकताले स्थिति रहेको छ मलाई नकारात्मकता लागेको चाहिँ यो अजम्बरीको बुटी नै हो बीमा चाहिँ, अलिकति नेगेटिभिटी देखिन्छ, अहिले पनि सोसाइटीमा छ ।

जीवन बीमा व्यवसायका पछाडी केही चुनौतीहरु अवश्य रहेको उनी बताउँछन् । अहिलेको समाज बडो गतिशिल छ । नेपाली समाज अहिले पछिल्लो समय यहाँका धेरै दूरदराजबाट गाउँबाट,शहरबाट, बस्तीबाट यूरोप, अमेरिकाका जापान, अष्ट्रेलिया जस्ता विकसित देशहरुमा उहाँहरुको सहज पहुँछ देखिन्छ । अनि सहज पहुँचसँगै वहाँहरु विकसित देशको बीमासँग हाम्रो बीमाको तुलना गर्नुहुन्छ, त्यसरी तुलना गरिसक्दा खेरी छोरा अमेरिकामा छ भने अमेरिकाको जस्तै बीमा भई दिए, जापानको जस्तो बीमा भईदिए चाहिँ हुन्थ्यो भन्ने किसिमको तुलना छ। उहाँहरु त्यहाँको बीमासँग तुलना गर्ने ? हाम्रो पहुँच बाहिरसम्म भएको तर देशको स्टाटस त्यो लेभलमा नभएको हुँदा पछि परेको उनको भनाई छ ,।

दोश्रो चुनौती चाहिँ कम बुझेको अभिकर्ताले अज्ञानताको हिसाबले जस्तो सुकैमान्छेको पनि बीमा गरिदिएको, राम्रो हिसाबले अण्डरराइटिङलाई नजिकबाट नल्याई दिएको कारणले दुःखले आर्जन गरेको पैसाले बीमा गरेको मान्छे कुनै विपत्ति, घटना दुर्घटना वा गम्भीर किसिमको घातक रोगहरु लाग्दै गर्दा उसले क्लेम नपाउँदै गर्दा त्यसको असर चाहिँ आजको हामी दौडी रहेको बजारमा बढी परिरहेको देखिन्छ। त्यसले गर्दा बीमा गराउनुभन्दा अगाडी अभिकर्तामा हतारोपन, अलिकति चाँडो किसिमले लाभ प्राप्त गर्ने, रकम आइहालोस् भन्ने छोटो मानसिकताले पनि अहिले दाबी प्रकृयाहरुमा हामीलाई अप्ठ्यारो पारेको कारणले समाजमा बीमाको नकारात्मक छबि नै पो छ की भन्ने किसिमको पनि महशुस भएको छ समग्रमा ।

तेश्रो अप्ठेरो भनेको नेपाली समाज सर्टटर्म लाभको पछाडी दौडिन्छ । जस्तो शेयर बजार ३२०० बिन्दूमा पुग्दा ओहो प्रतिफल यसमा मात्र हो की भन्ने थियो । मान्छे बीमा गर्नै मान्दैन थियो । हाम्रो नेपाली समाजको सोंचको दायरा छोटो छ, हामी आर्थिक प्लानिङ एकदमै राम्रो गर्न सक्दैनौ, अर्को कुरा यो गर्न जान्दैनौं, अनि हतारिन्छौं । यी तीनवटा चुनौती छ। अझ कहिलेकाहीँ सरकारी नीतिहरु पनि हतारमा आउँछ, जसको असर हामीले पनि व्यहोर्नुपर्छ । जस्तो की कोरोना महामारीको बीमा गर्यो । आजसम्म भुक्तानी दिन सकेको छैन ।

उनी भन्छन् कहिले काहीँ हामी सबै जनाको कमाउने हतारो मानसिकताले गर्दा पनि कमाउने ठाउँ शेयर बजार पो रहेछ भन्दै पछि लाग्छौं । जब नेप्से ३२०० को बजार सकियो र बैंकको ब्याजदर १८ प्रतिशत भयो तब ओहो बैंकमा राखेर पो कमाइने रहेछ भनेर समृद्धि हुने रहेछ भन्ने ग्राहकको मानसिकता रहयो । बीमा गर्न छोटो किसिमको सोच होइन दीर्घकालीन सोच जरुरी हुन्छ ।

यस पेशामा क्षमतावान बीमा अभिकर्ता मात्रै सफल हुन सक्ने कुरामा जोड दिँदै भेषराज भन्छन् अभिकर्ता हुँदाका फाइदाहरु धेरै छन् । आफ्नो क्षेत्रको पहिलो सेतु हामी अभिकर्ता नै हौं । हामी बजारको आवश्यक्ता अनुसार दौडिन्छौं, म मेरो लागी दौडिन सक्छु,सोचे जति समय दिनसक्छु । कुनै पनि परिवारमा घटना हुँदा हामीले लाखौंको चेक लिएर घरमा दिन पाउँदा साह्रै खुशी लाग्छ । वहाँको परिवारको अगाडी सिंगो भगवानको रुपमा पाए भनेर हर्षको आँशु झारिरहँदा स्वर्गिय आनन्द प्राप्त हुन्छ । दुःखभित्र पनि सुख भेट्दा बडो आनन्दित गौरवान्तित क्षणहरु प्रशस्त रहेको उनले बताए ।

मलाई लाग्छ अभिकर्ता ज्यादै गम्भीर हुनुपर्ने पेशा हो । हामी बजारमा छौं, थरीथरीका मान्छे भेट्छौं । बुझेका मान्छे भेट्छौं,अल्पज्ञान भएका क्लाइन्टसँग भेट्छौं, बुझेर पनि नबुझेजस्तो गर्ने क्लाइन्ट पनि भेट्छौं। यो भेटघाटलाई हामीले राम्रो गरी मूल्यांकन गर्न सकेनौं, चाँडो हतार गर्यौं धैर्यतापूर्वक राम्रो कुरा सँग बुझेनौं,हामीमा धैर्यता रहेनौं भने ठूलो चुक हुन जान्छ उनी भन्छन् । अभिकर्ताको मनमा रहेको रिसाउने पूर्जा बिगार्नुपर्छ ,कुनै पनि क्लाइन्टसँग रिसाउनु हुँदैन। बीमा आफैंमा कम्प्लेक्स इस्यु छ। जस्तोसुकै परिस्थितिमा पनि संयमित एकदमै जरुरी छ । अभिकर्ताले विषयवस्तुको र बीमालेखको मात्र नभएर बीमासँग सम्बन्धित ऐन कानूनको नियमको ज्ञान लिएर हिंड्नुपर्छ ।

बीमाका लागि कसैलाई कन्भिन्स गर्नु सहज छैन तर असंभव पनि हैन । समय र परिस्थिति अनुसार मान्छेको आवश्यक्ता फरक फरक हुन्छ । मान्छेको आवश्यक्ता र परिवेश फरक हुन्छ । त्यो अनुसार हामीले कोही भर्खरै अभिभावक भएको, कोही विवाहित, कोही एकल ,कोही बालबच्चा हुर्काएर पारिवारिक जिम्मेवारी पुरा गरेको कोही समाज कल्याणमा केही गरौं भन्ने सोंच भएको मान्छेहरु भेट्छौं । कोही बुढेशकालको सुरक्षा खोज्छन् । मान्छे पिच्छेको डिजायर र निड फरक फरक हुन्छ ।

बीमा सबैको लागि अपरिहार्य रहेको बताउँदै हेमराजले भने, आज उमेर हुँदा बचत गर्नुहोस् । रिटायरमेन्टमा ट्राभल फण्डका रुपमा काम गर्छ । अप्रत्याशित केही भइहाले घरपरिवारलाई आड हुन्छ । कोही मान्छे समाजसेवी रहेछ भने भोली दिनमा अक्षय कोष बनाई दिन सक्नुहुन्छ, गरिब बच्चाले उच्च शिक्षाको अवसर पाउँछ भनेर हौंस्याउन सक्नुपर्छ । बुझाई, अनुभूती र सोच अनुसार मान्छेका फरक चाहनालाई हामीले पहिल्याउन सक्नुपर्छ, बीमासँग कनेक्ट गर्न सक्नुपर्छ।

बीमा क्षेत्रमा भूमिकाको हिसाबले ग्रासरुट लेभलमा अभिकर्ताकै भूमीका हुन्छ । उसले बुझाएको चीज, सम्झाएको चीजलाई आम मानिसले बीमा कम्पनीकै आवाजको रुपमा बुझ्छ । अभिकर्ताको भूमीका अहम् हुन्छ, तर अभिकर्ताले बोकेर जाने सन्देश कम्पनीको पोलिसीले गाइड गर्छ र कम्पनीले बनाउने पोलिसी बीमा प्राधिकरणको गाईडलाइनले निर्धारण गर्छ । बीमा संवाहकको रुपमा पहिलो फेजमा अभिकर्ता नै हो । तर त्यसको पूर्व बिन्दूमा पुग्ने हो भने इन्स्योरेन्सको पोलिसी गाइडलाइनको रुपमा रहेको हुन्छ । त्यसका लागी प्राधिकरण, कम्पनी र अभिकर्ता सबैले भूमीका निर्वाह गर्छ । तपाई जस्ता मिडिया र सोसल मिडियाले पनि एउटा ठूलो माससम्म वित्तीय साक्षरता पुर्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए ।

बीम एउटा अभियान हो । विशुद्ध पेशा होइन, सेवा र धर्म हो । बीमामा लाग्ने मूल संवाहकको हिसाबले ,आर्थिक हिसाबले समाजलाई सुदृढ हुने हिसाबले पनि बीमा सेवा रहेको उनले दाबी गरे ।

भट्टराई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । सिटिजन लाइफ इन्स्योरेन्समा लागेको छोटो समयमा नै सफल अभिकर्ताको रुपमा स्थापित हुन सफल भए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

10%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS