IME Life
Beema Board

सामाजिक सुरक्षा काेषमा आबद्ध हुन ६ वटा बीमा कम्पनीलाई धम्कीपूर्ण पत्र, नभए कारवाही गर्ने चेतावनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगार बीमालेख बिक्री गर्ने ६ वटा जीवन बीमा कम्पनीलाई  १५ दिन भित्र सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको छ । कोषले वैदेशिक रोजगार बीमालेख बिक्री गर्ने कम्पनीहरु मध्ये एशियन लाईफ, आइएमई लाईफ, नेपाल लाईफ, नेशनल लाईफ, प्रभु लाईफ र रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीलाई कोषमा आबद्ध नभएको भए आवद्ध हुन र आवद्ध भएको भए कर्मचारीहरुको योगदान रकम पेश गर्न पत्राचार सहित निर्देशन दिएको हो ।

कोषले वैदेशिक रोजगार विभागको गत चैत १५ गतेको सूचनालाई आधार मानेर यस्तो निर्देशन दिएको हो । सामाजिक सुरक्षा काेष र वैदेशिक राेजगार विभाग दुबैकाे तालुक मन्त्रालय श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हाे ।

Prabhu
Crest

वैदेशिक रोजगार विभागको २०७९ चैत ९ गते बसेको बैठकले वैदेशिक रोजगार चक्रमा संलग्न हुने संघ संस्थालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनै पर्ने निर्णय गरेको थियो । यसै निर्णय अनुरुप विभागले चैत १५ गते एउटा सूचना मार्फत ‘सामाजिक सुरक्षा कोषमा विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरु आवद्ध भइरहेको सन्दर्भमा वैदेशिक रोजगार चक्रमा संलग्न हुने इजाजतपत्रवाला संस्थाहरु, स्वास्थ्य परीक्षण संस्थाहरु, अभिमुखीकरण तालिम प्रदाय संस्थाहरु, बीमा कम्पनीहरु, सामाजिक सुरक्षा कोष एवं वैदेशिक रोजगार कोषको रकम परिचालन गरिएको बैंकहरुमा कार्यरत कर्मचारीहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्धताको प्रकृया शुरु गर्न निर्देशन दिएको थियो ।

यसका साथै नेपाल सरकारले २०७५ कार्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गरि श्रम ऐन लागु हुने सम्पुर्ण संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सूचित गरेको छ । कोषले माथिका दुबै सूचनालाई आधार मानेर हालसम्म पनि योगदान रकम जम्मा नभएको कारणले सामाजिक सुरक्षा कोषमा १५ दिन भित्र योगदान प्रारम्भ गर्नु भन्दै सूचना जारी गरेको छ । यदि कम्पनीहरुले १५ दिन भित्र कोषमा आवद्ध नभएमा कानुनी कारवाहीको प्रकृया अगाडी बढाउने कोषले जनाएको छ ।

यसरी कोषले विभिन्न कारण देखाएर आवद्ध हुने चेतावनी सहित दवाव दिए पछि बीमा कम्पनीहरुमा आतंक मच्चिएको छ । नयाँ आर्थिक वर्ष शुरु हुनु एक साता मात्र बाँकी छँदै काेषले आबद्धताका लागी चेतावनीयुक्त पत्र पठाएकाे हाे । बाेर्डमा आबद्ध नभएर कर्मचारी सञ्चय काेषमा  मात्रै आवद्ध भएका कम्पनीहरुलाई छानी छानी दवाव दिदै आएको छ ।

यस भन्दा अगाडी कोषमा आवद्ध भएका तथा निरन्तरता नदिएका कम्पनीहरुलाई अहिलेसम्मको रकम सहित विगो पेश गर्न निर्देशन दिएको थियो । यस्तो निर्देशन पछि साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी अदालत गएको थियो । अदातले कोषलाई तत्काल उक्त रकम असुल उपर नगर्नु भन्दै अन्तरिम आदेश दिएको थियो । त्यस पछि कोषले कम्पनीहरुलाई खासै दवाव दिएको थिएन । तर अहिले वैेदेशिक रोजगारको चैत १५ गतेको सूचनालाई आधार मानेर पुन कम्पनीहरुलाई तताएको छ ।

काेषले श्रम ऐन २०७४ काे दफा ५२ बमाेजिम सञ्चय कोष रकम सामाजिक सुरक्षा काेषमा जम्मा गर्नुपर्ने प्रावधान प्रति बीमककाे ध्यानाकर्षण गराएउदै आएको छ। याे दफाकाे उपदफा १ मा  रोजगारदाताले प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकबाट दश प्रतिशत रकम कट्टा गरी सो रकममा शतप्रतिशत रकम थप गरी सञ्चय कोष बापतको रकम जम्मा गर्नु पर्ने प्रावधान छ । यसैगरी उपदफा २ मा उपदफा (१) बमोजिमको रकम रोजगारदाताले सम्बन्धित श्रमिकले काम प्रारम्भ गरेको दिनदेखि नै लागू हुने गरी निजको नाममा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने प्रावधानकाे आधारमा धम्क्याएकाे हाे ।

कर्मचारी सञ्चय काेषमा राेजगारदाताले कर्मचारीकाे आधारभूत तलबकाे १० प्रतिशत रकममा राेजगारदाताकाे तर्फबाट थप १० प्रतिशत रकम सहित कूल २० प्रतिशत जम्मा गर्दै आएका छन् । सामाजिक सुरक्षा काेषमा कर्मचारीकाे तर्फबाट आधारभूत तलबकाे ११ प्रतिशत र राेजगारदाताकाे तर्फबाट २० प्रतिशत सहित जम्मा ३१ प्रतिशत रकम याेगदान काेषमा जम्मा गर्नुपर्ने प्रावधान छ। सञ्चय काेषमा जम्मा गर्ने राेजगारदाताले स्वास्थ्य बीमा, दुर्घटना बीमाकाे व्यवस्था आफै‌ंले गर्नुपर्ने प्रावधान छ भने सामाजिक सुरक्षा काेषमा काेषले नै यसकाे प्रबन्ध मिलाएकाे छ।

सामाजिक सुरक्षा काेषबाट उपदानवापतकाे रकम प्राप्त गर्न र याेगदानकर्ता कर्मचारी, मजदूरकाे आश्रित परिवारजनले रकम भुक्तानी प्राप्त गर्ने प्रावधान अव्यवहारिक र जटिल रहेकाे भन्दै कर्मचारीहरुले विरोध गर्ने गरेका छन् । याेगदानवापतकाे रकम फिर्ता पाउदा पनि पुरै नपाउने र राम्रो प्रतिफल नपाउने भएकाले कर्मचरीहरु राजी छैनन् ।

सामाजिक सुरक्षा काेषकाे स्थापना देखि नै निजामती कर्मचारी र निजी क्षेत्रका कर्मचारीबीच सरकारले ठूलाे विभेद गरेकाे भन्दै बीमा कम्पनीसँगै बैंक वित्तीय संस्थाकाे कर्मचारी यूनियनले विराेध जनाउँदै आएका छन् ।

सरकारले कर्मचारीकाे याेगदानवापतकाे सम्पूर्ण रकम कब्जामा लिने र कर्मचारीलाई फिर्ता दिनका लागी विभिन्न अवराेध सिर्जना गर्ने नीति सहित सामाजिक सुरक्षा काेष प्रचलनमा ल्याएपछि निजी क्षेत्रका कर्मचारीले असन्तुष्ट र असुरक्षित महशुस गर्दै आएका छन् । काेषले सार्वजनिकरुपमा धम्क्याउँदै आएपनि बै‌ंक तथा बीमा कम्पनीहरुले काेषकाे धम्कीकाे बेवास्ता गर्दै कर्मचारी सञ्चय काेषमा नै याेगदान वापतकाे रकम सञ्चय गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

71%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS