IME Life
Beema Board

स्वास्थ्य क्षेत्रलाई बिट मार्दै अभिकर्ता पेशामा जम्ने सोचमा छुः सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेय

SPIL
NIC ASIA

काठमाडौं । कुनै समय बीमा अभिकर्ता आफ्नो मेडिकलमा आउँदा समेत झन्झट मान्ने गर्थिन् रिता पाण्डेय। दलाली गरेर पैसा कमाउने सोच्थिन उनी अभिकर्ताहरुलाई । यसकारण पनि उनी खासै बीमा र अभिकर्ताको बारेमा गहिरिएर सोच्थिनन् । पाल्पामा राम्रो कमाइ गरिरहेको प्रमास मेडिकल छदै थियो । आफूले रोजेको स्वास्थ्य क्षेत्रमा काम गर्ने र बिरामीलाई सेवा दिने अवसर पाएकी थिइन् । अथवा, भनौ उनी आफ्नो पेशाप्रति पूर्ण सन्तुष्ट थिइन् । आफ्नै काममा व्यस्त रहने उनलाई एउटा घटनाले भने बीमा क्षेत्र प्यारो लाग्ने बनायो । जसकारण उनी भावि दिनमा यहि क्षेत्रमा थप सक्रिय रुपमा लाग्ने योजनामा छिन् । कुनै बेला अरुकै लागि बीमा पोलिसी खरिद गरेकी रिता हाल आफै बीमा पोलिसी बिक्रि गर्नमा ब्यस्त छिन् ।

रुचिको पेशा स्वास्थ्य क्षेत्रमा जम्न धेरै कष्ट
रितालाई सबैभन्दा मन पर्ने पेशामध्ये शिक्षक, डाक्टर र वकिल यी तिन पेशा हुन् । यदि शिक्षकले राम्रो ज्ञान दिन सके विद्यार्थीले राम्रो बाटोमा लाग्न सक्छन् । डाक्टरले राम्रो सेवा दिए रोग निको भई बिरामीले नयाँ जीवन पाउँछन् र वकिलले न्यायपूर्ण रुपमा वकालत गरिदिए निर्दाेषले सजाय भोग्नुपर्दैन भन्ने लागथ्यो उनलाई । यहि सोचले उनलाई स्वास्थ्य क्षेत्रमा लाग्न प्रेरित गरायो । न त घर परिवारले स्वास्थ्य क्षेत्र रोज्न सुझाएका थिए, न साथीभाइले नै । नितान्त उनको इच्छाले ल्याब टेक्निसियन अध्ययन गरेकी थिइन् उनले । अध्ययन पश्चात उनी सोहि क्षेत्रमा जागिर गर्दै आगामी अध्ययनलाई निरन्तरता दिने सोचमा थिइन् । तर जागिर पाउनै मुस्किल भएपछि पासपोर्ट बनाएर विदेश जाने सोचमा पुगिन् । तर उनको लागि विदेश यात्रा जुरेन बुबा राजनैतिक क्षेत्रमा भएकोले केहि समय राजनितिमै सक्रिय हुने सोच पनि आयो । तर द्धन्द्धकाल सुरु भएसँगै गाउँका राजनितिज्ञ, सरकारी जागिर खानेहरुलाई बेपत्त पार्ने, मार्ने कुट्ने जस्ता क्रियाकलाप बढ्न थालेपछि उनी यस क्षेत्रबाट टाढा बसिन् ।

Prabhu
Crest

देशमा द्धन्द्धकाल चर्किदै जानु र आफू के गर्ने भन्ने कुराको टुङ्गो लगाउन उनलाई मुस्किल परेको अवस्था थियो । सोचै सोचकाबीच उनी पुन अध्ययनका लागि भारत पुगिन् । केहि वर्षको अध्ययनसँगै त्यहाँबाट फर्केर मेडिकल संचालन गर्दै जागिर पनि खाने सोच बनाइन् । रिताले पहिलो पटक जागिर खाँदा उनको मासिक तलब थियो १२ सय रुपैयाँ । बुटवलमा ल्याब टेक्निसियन अध्ययन पश्चात जागिरको लागि भौतारिदा पाएको १२ सयको जागिरले उनी सन्तुष्टि भने थिइनन् । भारतबाट फर्केपछि उनले ल्याब टेक्निसियनकै जागिर पाइन् । पाल्पामा लुम्बिनी मेडिकल संचालनमा आएपछि उनलाई पनि जागिरको अफर आयो । बुटवलमा १२ हजारको जागिर छाडेर उनी पाल्पामा ४ हजार तलबमा जागिर खान पुगिन् । घरपरिवारसँगै हुने भएपछि उनी ४ हजारको जागिर खान पाल्पा पुगेकी थिइन् । उनीसँगै अध्ययन गरेका साथीहरु पनि सोहि मेडिकलमा आएका थिए ।

जागिरले मात्रै नपुग्ने अवस्था आएपछि उनले साथिभाईसँग मिलेर मेडिकल संचालन गर्ने सोच बनाइन् । योजना अनुरुप लगानी जुटाएर प्रभाव मेडिकल हल संचालनम ल्याए । ७ जना मध्ये ५ जना लुम्बिनी मेडिकलमा पूर्णकालिन रुपमा काम गर्दै आएका थिए । प्रत्येक दिन जागिर छोड्न दबाब दिन थालेपछि ५ जनाले पार्टनरसिप छाडेर लुम्बिनी मेडिकलमै जागिरलाई निरनतरता दिए । उनी र अर्की एक जनाले भने प्रभाव मेडिकललाई निरन्तरता दिने निधो गरे । साथीसँग डेढ लाख रुपैयाँ र आफूसँग भएको पैसाले बुटवलबाट औषधि ल्याएर मेडिकल संचालन गर्न थालिन् । तर केहि समयपश्चात साथिले आफ्नो लगानी फिर्ता मागिन् र पार्टनरसिप छाडिन् । छाडेर जाने साथीको नाममा दर्ता रहेको प्रभाव मेडिकल संचालन गर्न नपाउने भएपछि उनले प्रमास मेडिकलको नाम दर्ता गरेर मेडिकल संचालनलाई निरन्तरता दिइन् ।

अभिकर्तासँग गफिन खासै म रुचाउँदिन थिए
उनको मेडिकल बाहिर प्रत्येक दिन जसो बीमा अभिकर्ताहरु आएर गफ गर्थे । उनलाई अभिकर्ता बन्न धेरै सुझाव पनि दिन्थे । तर किन हो कुन्नि उनलाई अभिकर्ता पेशामा खासै चासो लागेन । दैनिक आएर प्रस्ताव राखेपछि कुरा काट्न नसक्दा उनले सूर्य लाइफ, मेट लाइफ र नेशनल लाइफबाट अभिकर्ता कोड लिइन् । अरुको मन राख्नकै लागि मात्रै उनले अभिकर्ता बनेकी थिइन् । तर बीमा के हो भन्ने बारे कहिल्यै बुझ्न मन भएन । कुरै कुरामा एकदिन उनले अभिकर्ता विनोद कुमार नेपालीसँग आफ्नो लागि १५ लाख रुपैयाँ बीमाङ्क रकमको बीमा पोलिसी खरिद गरिन् । उनले आफ्ना लागि मात्र नभई भाइको लागि पनि ३० लाख रुपैयाँ बीमाङ्क रकमको पोलिसी खरिद गरेकी थिइन् । जेठ १४ गते उनले पोलिसी खरिद गरेकी थिइन् । सोही वर्ष बिरामी भएर दिल्ली लगेको उनको भाईलाई क्यानसर भएको पत्ता लाग्यो ।

भाईको मृत्यु पश्चात बीमा अभिकर्ता पेशामा लाग्ने अठोट गरिन्
भाईको उपचारकै क्रममा रहदा उनले बीमा कम्पनीका भाईको अवस्था बारे जानकारी गराउँदै भूक्तानीको माग गरेकी थिइन् । केहि समयमै भाईको मृत्यु भएपछि उनले कम्पनीमा पटक पटक मृत्यु दाबीको माग गरेकी थिइन् । इच्छ्याएको व्यक्ति रिता आफै भएकोले पनि दाबी गर्न सहज पुगेको उनी बताउँछिन् । उनले दाबी गरेको करिब २३ महिनापछि मात्रै उनले मृत्युदाबी रकम बापत ३० लाख रुपैयाँ प्राप्त गरेकी थिइन् । यसरी कुनै समय बीमाको बारेमा सुन्नै नचाहने उनले भाईको मृत्यु पश्चात एकमुष्ठ दाबी रकम प्राप्त गरेपछि बीमाको महत्व बुझिन् । बीमा अपरझट र अकल्पनिय दुर्घटनाबाट जोगाउने एउटा यन्त्रको रुपमा रहेको उनले महसुस गरिन् । उनी स्वयमले बीमा गरेपछि दाबी समेत लिएको र भाईको परिवारलाई ठूलो राहत पुगेपछि यहि क्षेत्र उत्कृष्ट लाग्न थाल्यो ।

आफूमाथि घटेको घटना पश्चात रिताले सक्रिय बीमा एड्भाइजर बन्ने निधो गरिन् । सुरुवाती समयमा अरुको लागि अभिकर्ता बनेकी रिता यो पटक भने मनैदेखि आफू र आफ्नाका लागि सिटिजन लाइफ कम्पनीमा अभिकर्ता बनिन् । मानव जीवनमा बीमाको महत्व दर्शाउन उनी हरबखत लागि रहन्छिन् । कुनै समय आफ्नो मेडिकलबाहिर अभिकर्ताहरु गफ गरी बस्दा निको नमान्ने उनी अहिले आफै अभिकर्ता साथीभाईलाई बोलाएर गफगाफ गरी बस्छिन् । मेडिकलमा बिरामीको चाप कम भयो र केहि समय खालि हुने भयो भने बीमाबारे जानकारी दिने र लिने काम सुरु भइहाल्छ उनको ।

मेडिकल बिक्रि गरि पूर्ण रुपमा अभिकर्ता पेशामा लाग्ने सोच
उनलाई शिक्षक, डाक्टर र वकिल उच्च ओहोदाको पेशा लाग्थ्यो । जब बीमाको महत्व उनी स्वयमले भोगिन् त्यसदिनदेखि दलालीको रुपमा रहने अभिकर्ता पेशा अर्काे अदर्श पेशा बनेको छ । अभिकर्ता एउटा पेशा मात्र नभई समाज सेवा समेत भएको उनी बताउँछिन् । परिवारमा एक जनाको मृत्यु हुँदा सिंगो परिवारमा आर्थिक अभाव खट्किन्छ । तर सो व्यक्तिले बीमा गरे सिंगो परिवार आर्थिक संकटबाट गुज्रिनु नपर्ने भएकोले यो पेशालाई उनी सेवाको पेशा मान्छिन् । उनले ठूलो मेहनतका साथ स्थापना गरेको प्रमस मेडिकल हल समेत बिक्रि गरि उनी पूर्ण रुपमा अभिकर्ता बन्ने तयारीमा छिन् ।

छोटो समयमै उत्कृष्ट व्यवसाय गर्न सफल
रिताले सक्रिय रुपमा अभिकर्ता पेशा गर्न थालेको करिब ५ वर्ष वित्न लाग्यो यो अवधिका उनले निक्कै राम्रो व्यवसाय गर्न सफल भएकी छिन् । मेडिकलबाट मनग्य आम्दानी गर्दै आएकी उनले मेडिकलबाट बचेको समयमा मात्रै अभिकर्ताको भूमिका निभाउँदै आएकी थिइन् । थोरै मात्रै समय दिँदा समेत राम्रो नतिजा आएपछि उनी पूर्ण रुपमै यो पेशामा सक्रिय हुने सोचमा छिन् । उनले सन् २०२१/०२२ का लागि आफूलाई एमडीआरटी क्वालिफाइड बनाएकी छिन् । सोहि वर्ष उनी सिनियर एजेन्सी म्यानेजर बनिन् । वि.स.२०७७/०७८ डाइमण्ड र २०७८/०७९ मा गोल्ड क्लबमा पर्न सफल भएकी थिइन् । यसरी अभिकर्तामा राम्रो सफलता हाँसिल गर्दै आएकी उनले आर्थिक रुपमा समेत आफूलाई सवल बनाएकी छिन् । हालसम्म उनले ग्रुप र व्यक्तिगत गरि करिब एक हजार जना बीमितलाई बीमा सेवा प्रदान गर्दै आइरहेकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

29%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS