IME Life
Beema Board

अनन्त कोइराला जो संघर्षै संघर्षको बीचमा बने व्यवसायी, विदेशमा पढेर आएकालाई स्वेदशमै अवसर दिने सोच

SPIL
NIC ASIA

काठमाडौं । परिवारमा छोराको आगमनसँगै सरकारी जागिरको सपना सँगालेका थिए अनन्त कोइरालाका आमाबुबाले । छोरालाई राम्रो शिक्षा दिने सोचले बोर्डिङ पढाएका थिए । दुई छोरी र एक छोरा, मध्यमबर्गीय परिवार अनि साधारण खेतीपातिबाट गुज्रिएको जीवन । अनि छोरालाई सरकारी अधिकृत बनाउने ठूलो धोको । तर, समयसँगै बद्लिएको सोचले अनन्तलाई सरकारी जागिरे होइन व्यवसायी बनायो ।
नेपालको मुटु काठमाडौं, अधिकांश नेपालीको सपना फुल्ने सहर हो । रौतहट, विजयपुरका अनन्त कोइरालाको पनि यहि सहरमा सपनाका पोकाहरु फुल्न थाले । अनि यहि सहरमा सपनाका पोकाहरु अंकुराए र फुले पनि । देशमा रोजगारीको अवसर नदेखेर कयौं युवाहरु विदेशिदै गर्दा अनन्त भने देशमै केहि गर्छु भन्दै अवसरको खोजीमा हिडिरहे र अवसर पाएरै छाडे ।

रौतहटको  फतुवाविजयपुरमा जन्मिएका अनन्त
रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका  ११ हिमालिवासमा एक साधारण परिवारमा जन्मिएका थिए अनन्त । सानो परिवार अनि सानो परिवारलाई ओत लाउने दुई कोठे सानै घर । त्यही सानो घरमा वित्यो अनन्तको बाल्यकाल । विहान बेलुकीको छाक टार्न खासै समस्या थिएन । तर हाइफाइको जीन्दगी पनि थिएन । अवस्था जस्तो भएपनि छोरालाई राम्रो शिक्षा दिनुपर्छ भन्ने सोच थियो उनको बुबाको । उनले बारा जिल्लाको तुलसी मछिन्द्रनाथ इङलिस बोर्डिङ स्कुलमा कक्षा १ देखि ६ सम्म अध्ययन गरे । उनले एसएलसी र प्लस टुसम्मको अध्ययन भने श्री हायर सेकेन्डरी स्कुल दुधिहवा रौतहटबाट सकाए ।

Prabhu
Crest

२०६८ सालमा एसएलसी सकिएपछि प्लस टुमा उनले व्यवस्थापन संकाय विषय अध्ययन गर्ने सोचले सोहि विषय छनौट गरे । कक्षा ११ मा उनी विशुद्ध विद्यार्थी नै बनेर अध्ययनम लागे । कक्षा १२ सुरु भएपछि भने उनी विद्यार्थीसँगै शिक्षक पनि बने । करिब ७ महिना शिक्षणमा समेत रमाएका उनी उच्च शिक्षाको लागि भने जिल्ला बाहिर जाने योजनामा थिए । परिवारले सरकारी जागिरतिर लाग्न सुझाएपनि उनी भने आफूलाई भिन्नै क्षेत्रमा उभ्याउने सोचमा थिए ।

काठमाडौं भित्रिएपछिको संघर्षले लक्ष्य प्राप्तिमा सघायो

सपनाको सहर काठमाडौं भित्रिएपछि अवसरको थुप्रो लाग्छ होला भन्ने सोच्थे उनी । हाइफाइ जीन्दगीसँगै शिक्षा र रोजगारीको राम्रै पहुँच होला भन्नेमा ढुक्क भएका उनले काठमाडौं भित्रिएपछि बल्ल थाहा पाए काठमाडौं राजधानीको अवस्था ।

प्लस टुसम्मको अध्ययन गाउँमै सकिएकोले व्यवस्थापन संकायमा स्नातक गर्न काठमाडौंका विभिन्न क्याम्पस चाहारे । काठमाडौंको महंगीमा बाँच्न र अध्ययनका लागि खर्च जुटाउनु उनका लागि ठूलै कुरा थियो । जसले गर्दा विहानको क्याम्पस र दिउँसो जागिर खाने सोचले धोबिचौरमा रहेको पब्लिक युथ क्याम्पसमा भर्ना भए । विहान क्याम्पस पढ्न थालेका उनी जागीर खोज्दै हिँड्दा मोबाइल सम्बन्धि काम पाए । काम नै नगर्नुभन्दा काम पाउनु उनको लागि सुखद कुरा रह्यो । तर महिनाभरी काम गरेको पारिश्रमिकले भने उनको खर्च धान्न मुस्किल पथ्र्यो । मासिक ७/८ हजार रुपैयाँले कोठाभाडादेखि क्याम्पस खर्च, खाना, खाजा, पकेट खर्च सबै पुर्याउनुपर्ने उनको बाध्यता थियो ।
संघर्ष नगरी जीवनमा उपलब्धि गर्न सकिन्न भन्ने सोच बोकेका उनी कुनै बेला दिनमा एक छाक खाएर हिँडेको याद अझै ताजा छ उनलाई । संघर्ष र धैर्यताको फल मिठो बनाउन भोकै हिँड्न पनि पछि परेनन् उनी । यस्तै दिनचर्या चलिरह्यो उनको । यहि संघर्षको बीचमा उनले पब्लिक युथबाट स्नातकसम्मको अध्ययन पनि सकाए ।

आफूसँगै अरुलाई रोजगारी दिने सोचले सुरु भएको व्यवसायीक यात्रा

मासिक आम्दानीले खर्च टार्न धौ धौ भएपछि अनन्तले अन्य विकल्प रोजे । कि व्यवसाय कि गतिलो जागिर । तर सोचे जस्तो सजिलो भने थिएन । तत्काल व्यवसाय गर्न पूँजीको अभाव थियो, जुन अभावलाई परिवारले पनि पूर्ति गर्न सक्ने अवस्था थिएन । केहि उपाय नपाएसम्म उनले मोबाइलको काम र इन्स्योरेन्समा अभिकर्ताको काम पनि सुरु गरे । अभिकर्ता पेशामा सरिक भएपछि भने उनको आयआर्जनमा बलियो बन्दै गयो ।

परिवारमा कुनै पनि पुस्ता व्यवसायी छैनन् उनको । तर आफूले अध्ययन गरेअनुरुप र रुचि अनुरुप व्यवसायमा होमिने उनको हुटहुटी भने कहिल्यै शान्त हुन सकेन । फलस्वरुप उनले आफ्नो जस्तै सोच भएको साथीसँग मिलेर व्यवसाय गर्ने सोच बनाए । सबै योजना तयार भयो, तर कुरा लगानीमै आएर रोकियो । छोराले सरकारी जागिर खाएर अधिकृत बनेको हेर्ने सपना बोकेका बुबाआमासँग व्यवसाय गर्छु भनेर केहि रकमको माग राखे उनले । आफ्नो योजना र रुचिको बारेमा सम्झाई बुझाई गरेपछि उनले घरबाट ५० हजार रुपैयाँ पाए । सोहि रकमबाट सुरु भयो हाई स्पिड नेपाल । जुन अनन्त र उनको साथीको साझेदारीमा स्थापना भएको थियो । होर्डिङ बोर्ड, भिजिटिङ कार्ड लगाएत प्रिन्टिङ सम्बन्धि काम गरिने उक्त व्यवसाय स्थापना भएपछि उनले आफ्नो सपना पूरा भएको महसुस गरे ।

व्यवसाय सुरु भएपनि कयौं यस्ता दिनहरु छन् जुन खाली हात चाडपर्व मनाउन घर पुगेका थिए । अन्य साथीभाइले घर खर्च, चाडपर्व खर्च लिएर जाँदा आफू रित्तो हात पुग्थे उनी । तर पनि व्यवसायी जीवनबाट टाँढिने सोच कहिल्यै आएन । निरन्तर अघि बढिरहे ।

दक्ष जनशक्ति उत्पादन गरि सरकारलाई सघाउने सोचले सुरु भयो कन्सलट्यान्सी व्यवसाय

भरखरै कोरोना महामारलिे तंग्रीदै थियो देश र देशवासी । यसबीचमा थुप्रै विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन पाएनन् । कोरोनाअघि पनि नेपालको शैक्षिक क्षेत्रले विद्यार्थीको भविष्यमाथि गर्ने वेवास्ता र लापारवाहि कम भने थिएन । तीन वर्षे कोर्षलाई ४/५ वर्ष खर्चिनुपर्ने र उनी स्वयम पनि सोहि समस्याबाट गुज्रिएकोले यससँग सम्बन्धित रहि काम गर्ने सोच बनाए । अध्ययनका लागि विदेश जाने नेपाली युवाको बाक्लो संख्या देखेपछि उनी र उनको साथी मिलेर डिल्लीबजार चारखालस्थित भद्रकालि एब्रोड स्टडी नामक कन्सलट्यान्सी सुरु गरे ।

विदेशमा अध्ययन गरेपश्चात नेपाल फर्किने नेपाली युवाको संख्या धेरै छ । विभिन्न देशबाट आएका विदेशी विद्यार्थीसँग बसेर पढेको, सिकेको र आर्जन गरेको शिक्षालाई नेपाल फर्केर प्रयोग गर्न सके देशमा दक्ष जनशक्तिको संख्या बढ्दै जाने देखिन्छ । विदेशमा लिएको सिपलाई नेपाल आएर पोखाउनुपर्छ भन्ने कुरालाई जोड दिदै विदेश अध्ययनमा पठाउने गरेका छन् अनन्तले । साथै दक्ष जनशक्ति उत्पादनमा सरकारलाई सहयोग गर्नुपर्छ भन्ने सोचका साथ उनले यो कन्सलट्यान्सी सुरु गरेको उनी बताउँछन् । उनको योजना अनुरुप हाल कन्सलट्यान्सीले राम्रो सेवा प्रदान गर्दै आएको छ भने उनको सेवाप्रति थुप्रै विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मुख्यतया विदेशमा अध्ययन गरेर फर्केका नेपाली विद्यार्थीलाई सरकारले सिप र अध्ययन अनुरुपको धरातल निर्माण गर्न सके देशले शैक्षिक साथै प्राविधिक क्षेत्रको विकासमा फड्को मार्ने युवा व्यवसायी अनन्त बताउँछन् ।

उनले विदेशमा पढेर आउने युवाहरुलाई नेपालमा फर्केर आउन सुझाउने गरेका छन् । उनि आफैले कन्सलट्यान्सी सँगै विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । होटल, प्रेस लगायतका क्षेत्रमा उनको राम्रो लगानी रहेको छ । उनले विदेशबाट फर्किएर आउने नेपालीलाई स्वेदशमै कामको अवसर प्रदान गर्ने योजना बनाएका छन् । ताकी विदेशमा गरिएको अध्ययन र अनुभवलाई सदुपयोग गर्न सकियोस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%

खुसी

0%

दु :खी

0%

अचम्मित

23%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS