IME Life New

महालक्ष्मी लाइफका ११ बीमित पुगे बीमा प्राधिकरण, धनफिर्ता बीमा पोलिसीमा रकम फिर्ता नपाएको गुनासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका ११ जना बीमित बीमा पोलिसीमा भएको सर्त पालना नभएको भन्दै नेपाल बीमा प्राधिकरणमा पुगेका छन् । उनिहरुले महालक्ष्मी लाइफबाट वार्षिक धनफिर्ता बीमा योजना खरिद गरेका थिए । पोलिसीमा भएको सर्त अनुसार बीमाङ्क रकमको ५ प्रतिशत रकम फिर्ता नपाएको भन्दै उनिहरुले नेपाल बीमा प्राधिकरण मधेश प्रदेश वीरगञ्जमा दर्ता गराएका थिए ।

तर प्राधिकरणको प्रादेशिक कार्यालयले आफ्नो गुनासोलाई प्रकृयाँमा नलगेको भन्दै गुनासो गरेका छन् । प्रादेशिक कार्यालले उजुरी नै दर्ता नगरेको उनिहरुको आरोप छ । प्रादेशिक कार्यालयले आधिकारिक रुपमा उजुरी समेत बुझ्न नमाने पछि उनिहरुले केन्द्रिय कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

Esewa
Crest

एक उजुरीकर्ताले भने ‘हामीले छोडी आएका उजुरी जस्ताको तेस्तै केहि दिन पछी यसमा केहि गर्न नमिल्ने हामीले कम्पनी सँग कुरा गरी सक्यौ भनी फिर्ता पाईयो हामीले लिखित जवाफ माग्दा आवस्यक नपर्ने भनी जवाफ पाईयो ।’ यसरी प्राधिकरणले उपेक्षा गरे पछि बीमितहरुले आफ्नो गुनासो सञ्चार माध्यममा भन्न बाध्य भएको बताएका छन् ।

बीमितहरुका अनुसार उनिहरुले महालक्ष्मी लाइफबाट हरेक वर्ष बीमाङ्कको ५ प्रतिशत रकम फिर्ता पाउने भन्दै बीमा गरेका थिए । पोलिसीमा पनि प्रष्ट सँग बीमितले बीमालेखको प्रत्येक वार्षिकोत्सवको अवसरमा ५ प्रतिशत रकम फिर्ता पाउने उल्लेख छ ।

यस नियम अनुसार बीमितले पहिलो वर्ष नियम अनुसार प्रथम बीमा शुल्क भुक्तानी गरे । दोस्रो वर्षको बीमा शुल्क भुक्तानी गर्ने वेलामा कम्पनीले पहिला पुरै बीमा शुल्क भुक्तानी गर्न निर्देशन दियो । कम्पनीले बीमालेख नविकरण नभइ बीमालेख सक्रिय नहुने भन्दै पुरै बीमा शुल्क भुक्तानी गर्न भन्यो । कतिपय बीमितले दोस्रो किस्ता पनि बुझाए । दोस्रो किस्ता बुझाए पछि बीमितले नियम अनुसार ५ प्रतिशत रकम फिर्ता मागे । तर कम्पनीले उक्त रकम तेस्रो किस्तामा मिलान हुने भन्दै रकम फिर्ता दिन मानेन ।

बीमितहरुका अनुसार यसरी दोस्रो किस्तामा ५ प्रतिशत धनफिर्ता बापतको रकम पनि मिलान नहुने र पुरै रकम बुझाए पछि आफुले पाउनु पर्ने रकम लिन एक वर्ष कुर्नु पर्ने भए पछि अन्याय भएको उनिहरुले बताए । यसरी आफ्नै पैसा पाउन पनि एक वर्ष कुर्नु पर्ने भए पछि उनिहरुले पोलिसी नै सरेण्डर गर्न कम्पनीमा निवेदन दिएका थिए । तर कम्पनीले बीमा पोलिसी खरिद गरेको तीन वर्ष पुरा नभइ सरेण्डर गर्न नपाउने भने पछि उनिहरु प्राधिकरण समक्ष पुगेका हुन् ।

कम्पनीले नियम अनुसार फिर्ता दिनु पर्ने रकमलाई दोस्रो किस्तामा मिलान नगरिदिदा यस्तो समस्या आएको हो । आफुले पाउनु पर्ने रकम फिर्ता लिन एक वर्ष कुर्नु पर्ने त्यो पनि निर्व्याजी तर आफुले भुक्तानी गर्नु पर्ने बीमा शुल्कमा दुई महिना मात्रै ढिलाइ भयो भने हर्जना तथा व्याज तिर्नु पर्ने अवस्थाले अन्याय भएको उनिहरुको गुनासो छ ।

कम्पनीले धन फिर्ता पाउने विषयमा प्रष्ट नपारी समझदारी पत्रमा हस्ताक्षर गराएको बीमितको आरोप छ । एक बीमितले भने ‘अभिकर्ताको विश्वासमा उसले जहाँ जहाँ हस्ताक्षर गर्नु भन्यो हामीले त्याही हस्ताक्षर गर्यौ । तर हामीलाई के विषयमा हस्ताक्षर गराइयो र यसको प्रभाव के पर्छ भनेर सामान्य जानकारी समेत दिइएन ।’ बीमितहरुले अन्य कम्पनीहरुले धनफिर्ता बीमा पोलिसीमा राखेका सर्तलाई पनि मूल्याङ्कन गर्दै महालक्ष्मी लाइफको यस्तो अभ्यासलाई खारेज गर्नु पर्ने माग राखेका छन् ।

खुला पत्र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

22%
sad

दु :खी

11%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS