IME Life

जीवन बीमा व्यवसायमा संकटको घण्टी, बीमा शुल्क आर्जन भन्दा सरेण्डर धेरै : कसको हिस्सा कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा व्यवसायमा एक पछि अर्को संकटको घण्टी बज्न थालेको छ । समग्र जीवन बीमा व्यवसायमै मन्दि आउदा प्रथम बीमा शुल्क आर्जनको अनुपातमा सरेण्डरको हिस्सा समेत बढ्न थालेको छ । यसले जीवन बीमा व्यवसाय अझै संकटमा पर्ने संकेत गरेको छ ।

जीवन बीमा व्यवसायको बृद्धिदरका दुई पटा पक्ष प्रथम बीमा शुल्क आर्जन र सरेण्डर एकदमै महत्वपुर्ण हुन्छ । प्रथम बीमा शुल्क आर्जनको बृद्धिदरले कम्पनीहरुले कत्तीकै प्रगति गरिरहेका छन् र भोलिका दिनमा जीवन बीमा व्यवसायको आकारलाई मूल्याङ्कन गर्न सकिन्छ । अर्को तर्फ सरेण्डर जुन जीवन बीमा व्यवसायको सबैभन्दा नराम्रो सूचक हो । त्यहि व्यवसायका लागि कम्पनीहरुले ठुलो एजेन्सी च्यानलदेखि लिएर विभिन्न आकर्षक र खर्चिलो स्किम बनाएका हुन्छन् । यसका लागि करोडौ अर्बौ रुपैयाँ खर्च हुन्छ ।

Prabhu
Crest

यति ठुलो लगानी गरेर भित्र्याएको व्यवसाय सरेण्डर हुनु भनेको कम्पनीका लागि ठुलो घाटा हुनु हो । सामान्यतया प्रथम बीमा शुल्क आर्जनको अधिकाम्स रकम यस्तै कार्यका लागि खर्च हुन्छ । कुनै पनि कम्पनीले प्रथम बीमा शुल्क आर्जनलाई बचाउन सक्दैनन् । त्यस पछि दोस्रो र तेस्रो बीमा शुल्क आर्जनको पनि निश्चित प्रतिशत कमिशन नियमित रुपमा अभिकर्ताहरुले प्राप्त गर्छन् । त्यसैले जीवन बीमा कम्पनीहरु पोसाउने भनौ या बीमितले राम्रो प्रतिफल पाउनका लागि बीमा पोलिसीले निरन्तरता पाउनै पर्छ ।

यहि आधारमा मूल्याङ्कन गर्ने हो चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन भन्दा सरेण्डर रकम धेरै छ भने दुई वटामा सरेण्डरको हिस्सा ९० प्रतिशत भन्दा माथि छ ।

राष्ट्रिय बीमा संस्थानले तीन महिनामा १२ करोड ९७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्यो । जवकी यहि अवधिमा २१ करोड ५० लाख रुपैयाँको सरेण्डर भएको छ । यसरी सरेण्डर बढ्दै जाने हो भने आगामी वर्षमा कम्पनीको नविकरण बीमा शुल्क आर्जनमा ठुलो गिरावट आउने छ ।

अर्को लाइफ इन्स्योरेन्स कर्पोरेसनको पनि प्रथम बीमा शुल्क आर्जन भन्दा सरेण्डर रकम अत्याधिक धेरै छ । यस अवधिमा कम्पनीले ५२ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ७२ करोड ३९ लाख रुपैयाँको सरेण्डर भएको छ ।

नेपाल लाइफको भने प्रथम बीमा शुल्क आर्जन भन्दा केहि कम छ । तर सरेण्डरको हिस्सा भने ९८ प्रतिशत छ । जुन एकदमै नकारात्मक सूचक हो । नेपाल लाइफले समिक्षा अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा एक अर्ब ३३ करोडको सरेण्डर भएको छ । सरेण्डर रकमका आधारमा यो सर्वाधिक धेरै हो ।

जीवन बीमा कम्पनीको दाबी भुक्तानी नियमित रुपमा अर्थात बीमा पोलिसी परिपक्व भएर वा मृत्यु दाबी भुक्तानीलाई प्राकृतिक मान्न सकिन्छ । तर सरेण्डर हुँनु राम्रो संकेत होइन । यसको असर बीमितको बोनसदर देखि लिएर बीमा कम्पनीको मुनाफामा समेत हिट गर्ने छ । सरेण्डर भ्यालु बढ्दा भोलिका दिनमा पोलिसी डिजाइन गर्दा बीमा शुल्कदर पनि बढ्न जान्छ । जसलाई एक्चुअरीले हेरिरहेका हुन्छन् ।

पछिल्ला दिनमा जीवन बीमा व्यवसायमै सुस्ताएको गुराँस लाइफको पनि प्रथम बीमा शुल्कको अनुपातमा सरेण्डर अत्याधिक छ । गुराँसले ५ करोड ७१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ५ करोड ३८ लाख रुपैयाँको सरेण्डर भएको छ । खासमा गुराँसले प्रथम बीमा शुल्क आर्जनमा सामान्य पनि सुधार गर्न नसक्दा सरेण्डरको हिस्सा अधिक देखिएको हो ।

सरेण्डरको असर अगार्निक ग्रोथ भन्दा पनि देखावटी ग्रोथ गर्ने कम्पनीमा धेरै छ । त्यसैले नयाँ जीवन बीमा कम्पनीहरुले विगत दुई आर्थिक वर्षमा धेरै नै देखावटी व्यवसाय गरेका छन् । तर बीमा प्राधिकरणले सरेण्डर अवधि बढाइदिएका कारण उनिहरुमा सरेण्डरको असर कम देखिएको हो । अवको एक दुई वर्षमा नयाँ जीवन बीमा कम्पनीमा पनि यसको अत्याधिक असर पर्ने विश्लेषकहरु बताउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

50%

दु :खी

11%

अचम्मित

7%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS