IME Life

यसरी मनाउँदैछन् बीमा क्षेत्रमा कार्यरत महिलाहरुले तिज

SPIL
NIC ASIA

काठमाडौं । विभिन्न संघ संस्थाहरुले हरितालिका तिज नजिकिदै गर्दा आफ्ना कर्मचारीहरुलाई दर खुवाउने कार्यक्रम राखेको देखिन्छ । तिज महिला विशेष भएतापनि पछिल्लो समय भने महिला पुरुष दुवैको जमघट र रमाइलो गर्ने माध्यम बनेको छ । यस क्रममा इन्स्योरेन्स खबरले बीमा क्षेत्रका एक मात्र महिला सिइओ तथा अभिकर्ताहरुसँग तिजबारे गरिएको कुराकानीलाई समेट्ने जमर्काे गरेको छ ।

तिज जमघटको एक रुप हो : उपासना पौडेल, सिइओ, युनाइटेड इन्स्योरेन्स

Prabhu
Crest

तिज जमघटको एक रुप हो । घरपरिवार नाता आफन्तसँग जमघट गर्ने उपयुक्त अवसर पनि हो । पछिल्लो समय व्यस्तताका कारण मानिसहरु घरभन्दा बढी पाटी प्यालेसमा तिज मनाउन थालेका छन् । कोभिड १९ का कारण राम्रोसँग भेटघाट गर्न नसकेको अवस्थामा तिजले भेटघाट गर्ने अवसर ल्याएको छ । यसकारण पनि मानिसहरु तिजमा रमाउन थालेका छन् । घरभित्र तिज मनाउँदै गर्दा साथीभाई र आफन्तको संख्या ठूलो हुने र व्यवस्था गर्न नसक्ने भएकोले पनि पाटी प्यालेसमा तिज मनाउने प्रचलन बढेको हो । यसलाई सकारात्मक रुपले मात्र हेर्न हुँदैन र नकारात्मक रुपमा मात्रै पनि लिन हुन्न । पाटी प्यालेसमा तिज मनाउँदा सकारात्मक पाटो यो छ कि ठूलो संख्यामा साथीभाई र आफन्तसँग एकै पटक भेटघाट रमाइलो गर्न सकिन्छ । साथै घरमा हरेक कुरा जुटाएर पकाइ तुलाई गर्न केहि झन्झट हुन्छ, व्यवस्थित गर्न गाह्रो हुन्छ । तर पाटी प्यालेसमा आफ्नो बजेट अनुसारको रेसिपि अडर गर्न सकिन्छ । त्यसैले पाटी प्यालेसमा तिज मनाउँदा नकारात्मक रुपमा लिनु उचित लाग्दैन ।

तिजलाई तिज जसरी मनाउँ, तडकभडक नगरौं : नानु खड्का, अभिकर्ता,एलआइसी नेपाल

तिज मनाउँदै गर्दा परम्परागत रुपले मनाउनु नै उचित हुन्छ । साथीभाई आफन्तसँग बसेर साधारण रुपमा मनाउनु राम्रो लाग्छ । अझ भन्नुपर्दा मलाई गाउँघरमा तिज मनानु रमाइलो लाग्छ । गाउँभरीका मान्छे भेला भएर दर खाने, नाचगान गर्ने, एक आपसमा सहिष्णुता बाँड्ने यहि नै तिजको विशेषता हो । तर शहर बजारमा तडकभडक, अव्यवस्थित र अनियन्त्रित रुपमा मनाएको तिज राम्रो लाग्दैन । हरेक प्रकारका मानिसहरु बसेको हुन्छ छरछिमेकमा उनीहरुलाई सहज हुने तरिकाले मनाएको राम्रो हो । हुने खानेले तडकभडकसँग मनाउँदै गर्दा छेउ छाउमा भएका निम्न वर्गीय समुदायलाई अप्ठेरो हुने अवस्था आयो भने त्यो राम्रो लाग्दैन । हुन त आफ्नो हैसियत अनुरुप तिज मनाउँछौं भन्नुहोला । तर समाजमा बसेपछि सबैलाई सराहनिय हुने वातावरण निर्माण गरेको राम्रो हो ।

यो वर्ष हामीले पनि कम्पनीमै तिज मनायौं । हामी अभिकर्ताहरु मिलेर हाम्रो वरिपरि भएका सम्पूर्ण दिदीबहिनीहरुलाई बोलाएर रमाइलो गर्ने योजनामा थियौं । तर, केहि कारणवस पूरा हुन सकेन ।

साधारण रुपमा आफन्तसँग मनाउनु राम्रो लाग्छ : निर्मला थापा बराल अभिकर्ता, सूर्य लाइफ

तिज हाम्रो संस्कृति हो परम्परा हो । यसलाई साधारण रुपमा जे छ त्यसैमा खुशी भएर मनाउनु राम्रो लाग्छ । साथीभाई आफन्त, घरपरिवारसँग बसेर कुराकानी गर्ने जस्तो छ त्यही खाएर मनाउनुपर्छ जस्तो लाग्छ । देखावटी र बनावटी रुपले मनाउनु भनेको संस्कृतिलाई नै असभ्य बनाउनु हो । त्यसैले म चाँही साधारण रुपमै मनाउँछु तिज । तिजको अघिल्लो दिन माइत गएर मनाउने गरेकी छु । यो वर्ष पनि यसरी नै मनाउँदै छु ।

सबैले भड्किलो तिज मनाउन सक्दैनन् : अम्बिका गौतम, अभिकर्ता, युनियन लाइफ

हामीले बच्चा बेलामा देखेको तीज र अहिलेको तिजमा धेरै फरक छ । पहिले घरपरिवारसँग आफ्नो परम्परा अनुसार मनाइन्थ्यो । तर अहिले संस्कृतिलाई विकृति बनाएको छ । कुनै कुनैले तिजलाई व्यवसाय नै बनाएको छ । हामीले चलिआएको परम्परा अनुसार संस्कारलाई अनुसरण गर्ने हो । आफ्नो संस्कार संस्कृति छोराछोरी सिकाउनुपर्छ । अहिलेको जस्तो तडक भडक रुपमा मनाउने हो भने हाम्रो सनतानले पनि यसरी नै अपनाउनेछन् । जुन सबैले यसरी भड्किलो रुपमा तिज मनाउन सक्दैनन् । त्यसैले आफ्नो संस्कारलाई विर्सनु हुँदैन । विश्वको थुप्रै देशको प्रतिनिधि भेला भएको एमडीआरटी ग्लोबल कन्फ्रेसनमा समेत हामीले नेपाली गीतमा नाचेका छौं । तिजको दिनमा पनि तिजको गीतमा नाच्ने योजना छ हाम्रो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS