IME Life

जोखिमलाई आकंलन गरेर मात्रै ननट्यारिफ बीमा निर्देशिका परिमार्जन गर्नु पर्छ, हाङमा सुब्बाको लेख

SPIL
NIC ASIA

हाङमा  सुब्बा । निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादक संघको लगातारको विरोध र आन्दोलनले गर्दा बीमा समितिले ननट्यारिफ बीमा निर्देशिका एक साताका लागि स्थगन गरेको कुराले सरोकारवाला सबैको ध्यानाकर्षण गरेको छ ।

बीमा समितिले ननट्यारिफ बीमा निर्देशिका प्रचालनमा ल्याएर महत्वपूर्ण कार्य गरेको छ । यस्को उद्देश्य बीमा क्षेत्रमा व्याप्त अस्वस्थ प्रतिस्पर्धालाई राक्ने तथा उल्लेखित जोखिमलाई राम्रो ग्रेड भएको पुर्नबीमा कम्पनीसँग बीमा गराउने हो । बीमा मौलिक सिद्धान्त अनुसार यसको तात्पर्य कम्पनीहरुले सहज तथा समयमै दाबी भुक्तानी गर्न सकुन् भन्ने हो । यहि उद्देश्य र पृष्ठभुमिलाई हेर्दा बीमा समितिको कदम सर्हानिय छ ।

Prabhu
Crest

विश्वमा नाम चलेका र राम्रा पुनर्बीमा कम्पनीको संरक्षण पाइयो भने मात्रै बीमा क्षेत्रको विकास हुन्छ । यो तथ्यलाई हामी सबैले नकार्न सक्दैनौ । यसका लागि नेपालमा राम्रा राम्रा पुनर्बीमा कम्पनी आउनु पर्छ । वास्तवमा बीमा भनेको नै जोखिम हस्तान्तरण हो । यो हस्तानरणको प्रकृया एक अर्को गर्दै संसार भरि नै फैलिन्छ ।

ननट्यारिफ बीमा निर्देशिकामा समेटिएका जति पनि जोखिम तथा बीमादरहरु छन् । यसको जोखिमलाई केलाउने हो भने क्षतिको सम्भावना बढी देखिन्छ । जस्तै हाइड्रोपावर, पुल, बाटो एवम् प्रकारका निमार्ण सम्बन्धी आयोजनाहरु । हामीले यो कुरालाई पनि मनन गर्नु पर्दछ कि हाम्रो देश भौगोलिक हिसाबले जटिल छ । विनाशकारी प्राकृतिक प्रकोपहरुहरुको उच्च जोखिममा पर्ने गरेको छ । विश्व जलवायु परिवर्तनका कुराहरुलाई त हामीले अझै पनि ध्यान दिन सकेका छैनौ ।

जस्को फलस्वरुप यस्ता प्राकितिक आपद विपदहरु झन् आइ रहने तथ्यलाई बैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । निष्कर्षमा भन्ने हो भने जहाँ बढी जोखिम हुन्छ, त्यसको बीमादर बढी हुने गर्दछ । यो विश्वभरि नै व्यापक रुपमा चलेको प्रचलन यहि हो । यस तथ्यलाई नकार्न मिल्दैन ।

अहिलेको आधुनिक युगमा बीमा क्षेत्रमा धेरै चुनौतीहरु थपिएका छन् । बीमा कम्पनीहरुद्धारा जारी गरिएका प्रोडक्टहरुलाई स्पष्ट, सरल भाषामा परिमार्जित गर्नु पर्ने देखिन्छ । बीमितलाई आफना प्रोडक्टहरु बारेमा जानकारी दिने तथा बीमितको आवश्यकता अनसार समाधान पनि दिन सक्नु पर्दछ यस लगाएत दावीको समयमा के के गर्नु पर्दछ भन्ने कुराको जानकारी दिनु  आवश्यक छ । यी कुराहरुमा बीमा कम्पनी आफैले पनि विश्लेषण गरि अगाडी बढेमा बीमा लागयत सम्पुर्ण क्षेत्रको विकास हुनेछ ।

बीमाशुल्क भन्नाले बीमितले जोखिम वापत बीमा कम्पनीलाई तिर्ने शुल्क हो । जुन वापत भविष्यमा बीमा गरिएको बस्तुको क्षति भएमा बीमा कम्पनीले दावी स्वरुप दावी रकम भुक्तान गर्दछन् । यस सन्दर्भलाई राम्ररी मूल्याकंन गर्ने हो भने बीमादर जोखिमलाई आकलन गरि समय समयमा परिमार्जित गर्दै ल्याजानु पर्ने देखिन्छ । वास्तवमा बीमाशुल्क र बीमाकं रकमलाई तुलना पनि गर्न नसकिने विषयहरु हुन् ।

बीमा कम्पनीले प्रयाप्त बीमाशुल्क आर्जन नगर्ने हो भने भोलिका दिनमा समस्यामा पर्न सक्छ । जोखिमको तुलनामा कम बीमाशुल्क प्राप्त गर्नु पनि एक प्रकारको क्षति नै हो । फलस्वरुप बीमा कम्पनीहरु समस्यामा पर्न सक्दछ । यस कारणले सबै योजना तथा निर्देशिकाहरुमा भएका बीमादरहरुलाई बीमा कम्पनी तथा  नियमनकारी निकायद्धारा समय समयमा जोखिमको अनुपातका आधारमा मूल्यलाई अद्यावधिक गर्दै लैजानु पर्ने आवश्यकता देखिन्छ । नत्र समय सँगै यसको उचित विश्लेषण नहुदा बीमा कम्पनीको वित्तीय सूचकहरुमा समेत असर हुन्छ ।

तसर्थ बीमा शुल्क ‘मूल्य’ सम्बन्धीको ब्यवस्थालाई नजर अन्दाज नगरि अगाडी बढ्न हुँदैन । बैज्ञानिक ढंगबाट विस्तृत अध्ययन गरेर मात्र निष्कर्षमा जानु उपयुक्त हुन्छ । प्रयाप्त जानकारी नभई तथा राम्ररी विष्लेषण नगरी निर्णय गर्नु भनेको जुवा खेल्नु सरह हुन्छ । अन्त्यमा हामीलाई विश्वास छ उल्लेखित गठित उपसमितिद्धारा उपयुक्त समाधान आउने छ ।

(सुब्बा सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बरिष्ठ प्रवन्धक हुन् । उनि रिष्क म्यानेजमेन्ट विभाग प्रमुखको रुपमा कार्यरत छिन्)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS