IME Life

पुनर्बीमाको निर्णय पछि बीमा समितिमा सञ्चालक समितिको बैठक बस्न सकेन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एकलौटी रुपमा पुनर्बीमा सम्बन्धी निर्णय गरेको भन्दै अन्य सञ्चालकहरु बैंठकमा आउन छाडेका छन् । सञ्चालकहरु नै आउन छाडेपछि बीमा समितिको नियमित बैठक पनि बस्न सकेको छैन ।

सञ्चालक समितिको बैंठक जहिले पनि केहि समय बसेर टुङ्गिने गरेको छ । लघु बीमा कम्पनी स्थापनाका विषयमा लामो समयदेखि अर्थमन्त्रालय सँग मतभेत रहदै आएको थियो । यसै क्रममा अध्यक्ष सूर्य प्रसाद सिलवालले एकलौटी रुपमा पुनर्बीमा सम्बन्धी निर्णय गरेको चर्चा चलिरहेको छ । बीमा समिति स्रोतका अनुसार अध्यक्षले सञ्चालक समितिका अन्य सदश्यको हस्ताक्षर समेत आफैले गरेको हल्ला चलिरहेको छ । तर यस विषयमा इन्स्योरेन्स खवर सँग कुनै पनि प्रमाण छैन । यदि बीमा समिति स्रोतले भने अनुसार अध्यक्षले अन्य सञ्चालकको पनि आफैले हस्ताक्षर गरेको भए राम्रो अभ्यास होइन ।

Prabhu
Crest

बीमा समितिको सञ्चालकहरुमा कानुन मन्त्रालयका शुशिल कोइराला, अर्थमन्त्रालयका नारायण प्रसाद सापकोटा र बीमा विज्ञको रुपमा कपिलदेव ओली रहेका छन् । सञ्चालक समितिको बैठकमा सापकोटाको कमै उपस्थिति रहने गरेको पाइन्छ ।

बीमा समितिले पुनर्बीमा सँग सम्बन्धित जुन किसिमको निर्देशन जारी गरेको छ यो आफैमा अव्यवहारिक र अवस्यवसायिक हो । पुनर्बीमाका विज्ञहरुका अनुसार पुनर्बीमाको आधारभुत ज्ञान नएकाले मात्रै यस्तो निर्देशन बनाउने बताउछन् ।

यस सँग सम्बन्धित समाचारहरु

बाध्यकारी पूनर्बीमा सम्बन्धमा भारत र बंगलादेशमा के छ प्रावधान?

विदेशी पुनर्बीमाले व्यवसाय लिन अस्वीकार गर्न थाले, भुक्तानी गर्न बाँकी २१ अर्ब धरापमा !

बीमा समितिको निर्देशन विरुद्ध बीमकहरु संस्थागतरुपमै विरोधमा उत्रिने

हिमालयन रि पाल्न आफैले जारी गरेको पूनर्बीमा निर्देशिका लत्याउँदै समिति

पुनर्बीमा सम्बन्धी निर्देशनमा समितिको आधारहिन हठ : चरम विरोध पछि ध्यानाकर्षण

बीमा समितिको नीतिगत भ्रष्टाचार, हिमालयन रिलाई व्यवसाय दिन ठाडो निर्देशन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS