IME Life

हिमालयन रि पाल्न आफैले जारी गरेको पूनर्बीमा निर्देशिका लत्याउँदै समिति

SPIL
NIC ASIA

काठमाण्डौं । बीमा समितिले गत भदौमा जारी गरेको पूनर्बीमा निर्देशिका २०७८ को मूल भावना विपरित अनिवार्य पूनर्बीमाको सम्बन्धमा निर्देशन जारी गरेको छ । बीमा समितिले बिहीबार जारी गरेको पूनर्बीमा सम्बन्धी निर्देशनमा जीवन र निर्जीवन दुबैखाले बीमा कम्पनीले शत प्रतिशत पूनर्बीमा स्वदेशी कम्पनीसँगै गर्नुपर्ने बाध्यकारी निर्देशन जारी गरेको छ । यो निर्देशन पूनर्बीमा निर्देशिका २०७८ को दफा ९ को बर्खिलाप रहेको छ ।

पूनर्बीमा निर्देशिकाको दफा ९ को उपदफा १ मा बीमकले पूनर्बीमा गर्दा पर्याप्त जोखिम विविधिकरण हुने गरी पूनर्बीमा विविधिकरणको व्यवस्था गर्नुपर्ने प्रावधान छ । त्यसैगरी उपदफा २ मा मुख्य पूनर्बीमकलाई बढीमा ४० प्रतिशतसम्म र अन्य सहभागी पूनर्बीमकलाई बढीमा २० प्रतिशतसम्म मात्र जोखिम पूनर्बीमा दिर्नुपर्ने व्यवस्था छ ।

Prabhu
Crest

बीमा समितिको निर्देशनमा जीवन वा निर्जीवन दुबै बीमा कम्पनीले शत प्रतिशत स्वदेशमै पूनर्बीमा गर्नुपर्ने उल्लेख छ । अर्थात् पूर्ववत् २० प्रतिशत अनिवार्य पूनर्बीमा नेपाल पूनर्बीमा कम्पनी (नेपाल रि) सँगै कायम राखेर बाँकी रहने ८० प्रतिशत समेत स्वदेशी पूनर्बीमकसँगै गर्नुपर्ने निर्देशन दिइएको छ । यसको अर्थ ८० प्रतिशतवापतको जोखिमको आधा–आधा दुई पूनर्बीमक नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सबीच बाँडफाँड गर्नैपर्छ भन्ने हो किनभने पूनर्बीमा निर्देशिका २०७८ को दफा ३ मा निर्जीवन बीमकको हकमा पूनर्बीमामा विविधिकरण गर्दा विभिन्न पोर्टफोलियोको अधिकतम ६० प्रतिशतभन्दा बढी हुने गरी एकै पूनर्बीमकसँग पूनर्बीमा गर्न नहुने प्रावधान छ ।

स्मरण रहोस् निजी क्षेत्रको पूनर्बीमा कम्पनी हिमालय रिइन्स्योरेन्सलाई व्यवसाय संचालन इजाजत पत्र जारी गरेको करिब दुई महिनापछि बीमा समितिले पूनर्बीमा निर्देशिका २०७८ जारी गरेको थियो । निर्देशिका जारी गर्ने समयमै पनि स्वदेशी पूनर्बीमकको बहानामा निजी क्षेत्रको पूनर्बीमकलाई पृष्ठपोषण गर्ने गरी नीतिगतरुपमै भ्रष्टाचार गर्न सक्ने गरी केही प्रावधानहरु राखिएका थिए ।

प्रत्येक बीमकले आफूले बहन गर्न सक्ने क्षमता भन्दा अधिक हुने जोखिमलाई पूनर्बीमा सम्झौतामार्फत् पूनर्बीमा कम्पनीमा हस्तान्तरण गर्दै आएका छन् । यसरी जोखिम हस्तान्तरण गर्दा भविष्यमा आइपर्न सक्ने ठूलो संकट(आर्थिक, प्राकृतिक,मानवीय) लाई मध्यनजर गर्दै वित्तीय रुपमा सबल भएको, जस्तोसुकै ठूलो आर्थिक जोखिमलाई थेग्न सक्ने क्षमता भएको पूनर्बीमा कम्पनीसँग पूनर्बीमा गर्नुपर्छ ।

फरक फरक प्रकृतिको जोखिमको लागी फरक फरक पूनर्बीमकलाई जोखिम हस्तान्तरण गरेर विविधिकरण गरेको अवस्थामा महाभूकम्प, बाढी,पहिरो,भीषण आगलागीलगायतको कुनै ठूलो संकट आइपरेको अवस्थामा सहजै क्षतिपूर्ती प्राप्त गर्न सकिन्छ । पूनर्बीमकमा जोखिम हस्तान्तरण गर्दा भौगोलिकरुपमा समेत विविधता अपाउनु बुद्धिमानी हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS