IME Life
Beema Board

किन महामारीमा जीवन बीमा झनै आबश्यक छ ?

SPIL
NIC ASIA

काठमाडौं। सन् २०१९ को करिब करिब अन्त्यतिरबाट शुरु भएको कोरोना महामारीको कारण पुरै विश्व नराम्ररी प्रभावित बनेको छ। लगातार करिब दुई वर्षदेखि पृथ्वीमा आफ्नो व्यापक उपस्थिति जनाएको कोरोना भाइरसको संक्रमणले थुप्रैले ज्यान गुमाउनु परेको छ। अझैपनि यो भाइरसको संक्रमणमा पर्नेको संख्या थपिँदै छ।

यस दुई वर्षको अवधिमा आफ्नो प्रियजन गुमाउनुको पीडा शायदै कम होला । अझ घरमूली नै गुमाएका परिवारको कन्तबिजोग हामीले अनुमान मात्र गर्न सक्छौं । आमाबाबु दुबै गुमाउने बालबालिकाको संख्या झनै बढेको छ। युनिसेफले देशभरका पालिकाहरुमा गरेको सर्वेक्षण अनुसार करिब १४ प्रतिशत बालबालिका विभिन्न कारणले अभिभावकको संरक्षणबाट बञ्चित हुनु परेको छ। यो मध्ये महामारीको कारण अभिभावकको मृत्यु पनि एक प्रमुख कारण औंल्याइएको छ।

Prabhu
Crest

यस्तो पृष्ठभूमिमा कुनै पनि घर परिवारको अभिभावकको अनुपस्थितिमा समेत परिवारका बाँकी सदस्यहरुको जीवनयापन सहज ढंगबाट चल्न सक्ने गरी वित्तीय व्यवस्थापन अत्यावश्यक छ। वित्तीय व्यवस्थापनको विभिन्न माध्यममध्ये जोखिम बहनको आधारमा जीवन बीमा सबैभन्दा मितव्ययी र प्रभावकारी विकल्प हो।

वित्तीय सुरक्षाको लागि:

परिवारको अभिभावक वा महत्वपूर्ण सदस्यको हैसियतमा परिवारप्रतिको विभिन्न जिम्मेवारीमध्ये वित्तीय सुरक्षाको जिम्मेवारी पनि एउटा प्रमुख जिम्मेवारी हो। परिवारका सदस्यको लालनपालन, शिक्षादीक्षाको निरन्तरता, ओत लाग्ने छानोको स्थायीत्वबारे अभिभावकले पूर्व तयारी गर्नुपर्छ। फ्याट्ट महामारीकै कारण आफू संसारबाट बिदा भएको अवस्थामा घर खर्च, शिक्षा, स्वास्थ्य उपचारको खर्चको ‌जोहो गर्ने माध्यम ‌सुनिश्चित गर्नु जरुरी छ।‌ यी सबै खर्च व्यहोर्ने सुविधा भएको जीवन बीमा योजना रोजेर ढुक्क हुनुहोस्।

कर्जा चुक्ता गर्न:

नियमित आम्दानीको आधारमा बैंक, वित्तीय संस्थाबाट कर्जा लिएर कतै लगानी गरिएको हुनसक्छ। यस्तो कर्जा लिने समयमा सम्पत्ति धितो राख्नुपर्छ। कर्जाको साँवा ब्याज चुक्ता ह नहुँदै महामारीले ज्यान गुमाउनु परेमा कसले बेहोर्नेछ आर्थिक भार? जीवन बीमा वा म्यादी जीवन बीमा गरेको अवस्थामा बैंक ब्याज र साँवा बीमा कम्पनीले व्यहोरिदिन्छ र धितो राखेको सम्पत्ति लिलाम हुँदैन।

बेरोजगार भएमा:

रोजगारी गुमेमा वा कुनै कारणले आयश्रोत बन्द भएको अवस्थामा पहिलेको आम्दानीको आधारमा निश्चित अवधिसम्म बीमा कम्पनीले बेरोजगार भत्ता वा क्षतिपूर्ति उपलब्ध गराउँछ। यस्तो सुविधा नेपालमा अझैपनि शुरु भइसकेको छैन। तर जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले दुर्घटनामा परेर अस्पताल वा घरमै बसेर उपचार गराएको अवधि(बढीमा १५ दिन) को आय नोक्सानवापत क्षतिपूर्ति रकम उपलब्ध गराउँछन्। त्यसैगरी दुर्घटनामा परेर पूर्ण वा आंशिक अपाङ्गता भएको अवस्थामा समेत क्षतिपूर्ति उपलब्ध हुन्छ।

तनावरहित भएर बाँच्न:

अप्रत्याशित कारणले आइपर्ने वित्तीय भारको जोखिमलाई बीमाको माध्यमबाट व्यवस्था गरेको अवस्थामा मानसिक ‌तनाव हुँदैन। भविष्यमा केहओ भइहाले भरथेग गर्नको लागि ‌बिमा छँदैछ भन्ने सोचले ढुक्क बनाउँछ र आत्मबल बलियो बनाउन बल पुग्छ। महामारीमा स्वास्थ्य लाभको लागि औषधि उपचारसँगै सकारात्मक सोच र बलियो आत्मविश्वास पनि महत्वपूर्ण हुने भएकोले वित्तीय व्यवस्थापन मिलाएर तनावरहित हुनु जरुरी छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS