IME Life

संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी, भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्र बैंकको अनुमति लिनुपर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले संस्थागत अभिकर्तालाई लाइसेन्स दिने व्यवस्था सहित ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको छ । संस्थागत अभिकर्ता हुन चाहने संस्था कुनै खास प्रकारको व्यवसाय गर्ने रहेछ र त्यसको लागि कुनै निकायको इजाजतपत्र आवश्यक पर्ने रहेछ भने त्यस्तो इजाजतपत्र समेत प्राप्त गरेको हुनुपर्नेछ ।

यदि भुक्तानी सेवा प्रदायकहरुले अभिकर्ताको लाइसेन्स लिन चाहेमा उनिहरुले नेपाल राष्ट्र बैंकबाट अनुमति लिनु पर्ने बीमा समितिले जनाएको छ । बीमा समितले यो निर्देशन खास गरी अनलाइन सुविधा प्रदान गर्ने भुक्तानी सेवा प्रदायकहरुलाई लक्षित गरेर जारी गरेको हो ।

Prabhu
Crest

संस्थागत अभिकर्ताको लाइसेन्स लिँदा मूल्य वा प्रमुख व्यवस्थापकहरुमध्ये कम्तिमा एक जनाले समिति वा बीमा कम्पनीहरुबाट सञ्चालन गरेको अभिकर्ता तालिमममा सहभागरी भई प्रमाणपत्र लिएको हुनु पर्नेछ ।

अभिकर्ताको सञ्चालक र मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एस.ई .ई वा सो सरहको परिक्षा उत्तिर्ण गरेको हुनु पर्नेछ । संस्थागत अभिकर्ताको प्रवन्धपत्र नियमावली वा विधानमा कुन किसिमको बीमा अभिकर्ता भई कार्य गर्ने हो, सो बारेमा उल्लेख गरेको हुनुपर्नेछ ।

संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, लेखापरिक्षण प्रतिवेदन गरेको हुनुपर्छ । यदि संस्थागत अभिकर्ताको विधानमा अभिकर्ताको काम गर्ने प्रावधान छैन भने उसले लाइसेन्स नपाउने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकामा संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहनेले बीमा समितिमा निवेदन दिनु पर्ने व्यवस्था गरिएको छ ।

यस्ता अभिकर्ताले विद्युतीय प्रणालीबाट बीमा शुल्क संकलन गरि बीमा कम्पनीलाई भुक्तानी गर्न पाउने छन् । बिद्युतिय माध्यमबाटै बीमा प्रस्ताव फारम भर्न सहयोग गर्न सक्ने छन् । त्यस्तै बीमा शुल्क भुक्तानी हुने समयको जानकारी दिने  पुनः बीमा गर्नु परेमा सहयोग गर्न सक्ने छन् । संस्थागत अभिकर्ताले विद्युतिय प्रणाली मार्फत बीमकको तर्फबाट बीमितलाई विवरण, जानकारी तथा सूचनाहरु उपलब्ध गराउन सक्ने छन् । त्यस्ता अभिकर्ताले विद्युतिय प्रणाली मार्फत कारोबार गर्नका लागि सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गरेको हुनु पर्नेछ । तर यस्ता प्रणाली प्रयोग गरेर बीमितलाई बीमा गर्न बाध्य पार्न भने पाउने छैनन् ।

अभिकर्ताले बीमितबाट बीमा शुल्क संकलन गरी बीमकलाई भुक्तानी गर्दा बीमितको सहमति विना कुनै पनि अतिरिक्त रकम आफु सँग भने राख्ने पाउने छैनन् । बीमितले अभिकर्तालाई बीमा शुल्क बुझाएकै समयमा बीमकलाई बीमा शुल्क बुझाएको मानिने व्यवस्था रहेको छ ।

बीमितले संस्थागत अभिकर्तालाई बीमा शुल्क बुझाइसके पछि बीमालेख जारी गर्ने, बीमालेख नविकरण गर्ने वा सर्त बमोजिम बीमा शुल्क बुझेपछि गर्नु पर्ने काम गर्नबाट पन्छिन भने पाउने छैनन् ।

बीमा समितिले नियम विपरित भुक्तानी सेवा प्रदायकलाई अभिकर्ताको लाइसेन्स दिदै

यस्ता अभिकर्ताले बीमितलाई बीमालेखमा उल्लेखित सम्पुर्ण शर्त एवं सुविधा बारे पुर्ण रुपमा जानकारी गराउनु पर्नेछ । बीमितले अनुरोध गरेमा निर्दिष्ट समयमा बीमा शुल्क बुझाउने र बीमा अवधि समाप्त भएमा पुनः बीम गर्न सहयोग गर्नु पर्नेछ । बीमामा दाबी परेमा दाबी भुक्तानी सम्बन्धमा बीमितलाई सहयोग गरी सम्न्वयकारी भुमिका निर्वाह गर्नु पर्नेछ ।

निर्देशिकामा स्पष्टसँग संस्थागत अभिकर्ताले  अनावश्यक करकाप गर्न नपाउने व्यवस्था गरिएको छ । यस्ता अभिकर्ताले अण्डराइटिङको काम गर्न नपाउने निर्देशिकामा प्रस्टसँग खुलाइएको छ ।

संस्थागत-बीमा-अभिकर्ता-सम्बन्धी-निर्देशिका-२०७८

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS