IME Life New

बीमा प्राधिकरणको अध्यक्षमा दरखास्त दिने आज अन्तिम दिन, हालसम्म १८ जनाले दिए आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा दरखास्त पेस गर्ने आज जेठ १९ गते अन्तिम दिन रहेको छ।

सरकारले गठन गरेको सिफारिस समितिले जेठ १३ सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणको अध्यक्ष पदमा दरखास्त आह्वान गरेको थियो। समितिले इच्छुक तथा योग्य व्यक्तिलाई आज जेठ १९ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेस गर्न समय दिएको छ।

Esewa
Crest

अर्थ मन्त्रालय स्रोतका अनुसार हिजो जेठ १८ गते साँझसम्म समितिको सचिवालयमा १८ जनाले व्यक्तिगत विवरण बुझाएका छन्। यद्यपि क–कसले विवरण बुझाए भन्ने खुलिसकेको छैन।

अध्यक्षका लागि व्यक्तिगत विवरण बुझाउने उम्मेदवारले बीमा ऐनबमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको हुनुपर्नेछ।

यसका साथै उच्च नैतिक चरित्र भएको, बीमा ऐनबमोजिम अयोग्य नभएको, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, भ्रष्टाचार सम्पत्ति शुद्धीकरणजस्ता नैतिक पतन नदेखिने वा फौजदारी कसुरमा सजाय नपाएको, प्रचलित कानुनबमोजिम कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि ३ वर्ष पूरा भएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त नगरेको, सार्वजनिक निकायको कुनै ठेक्कापट्टा सम्झौता गरी काम नगरेको तथा मानसिक सन्तुलन ठीक भएकाले आफ्नो व्यक्तिगत विवरण पेस गर्न सक्नेछन्।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। समितिका सदस्यमा घनश्याम उपाध्याय र विज्ञ सदस्यका रुपमा फत्तबहादुर केसी छन्।

अब यो समितिले तोकिएको अवधिभित्र परेका दरखास्तमध्ये कम्तीमा ५ जनाको नाम सर्टलिस्ट गर्नेछ। त्यसपछि ती उम्मेदवारसँग छलफल गरी समितिले ३ जना उम्मेदवारको नाम अर्थ मन्त्रालयसमक्ष सिफारिस गर्नेछ। अर्थ मन्त्रालयले पनि अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदसमक्ष नाम सिफारिस गर्नेछ।

त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बैठकले बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS