IME Life
Beema Board

चार बीमा कम्पनीको १ करोड ८३ लाख कित्ता आइपीओ आउँदै, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय नेपालको शेयर बजारमा विभिन्न सेक्टरका कम्पनीहरुले प्रथामिक शेयर (आइपीओ) निष्काशन तथा विक्री गरिरहेका छन् । हाल आइपीओ निष्काशन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्डमा १९ वटा कम्पनीहरुले निवेदन दिएका छन् । लकडाउनपछि मात्रै ३ वटा कम्पनीले आईपीओ निष्काशन गरिसकेका छन् । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड समेत भइसकेको छ, साधना लघुवित्त वित्तीय संस्थाको आइपीओ निष्काशन भएर बन्द भएको छ भने अजोड इन्स्योरेन्सको आइपीओ धमाधम बिक्री भइरहेको छ ।

साधरण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका विभिन्न १९ कम्पनीहरुमध्ये चार वटा बीमा कम्पनीहरु रहेका छन् । चार वटा बीमा कम्पनीहरुमध्ये दुई जीवन बीमा कम्पनी रहेका छन् भने दुई निर्जीवन बीमा कम्पनी रहेका छन् । आइपीओ निष्काशनका लागि बोर्डको अनुमतिको पखाईमा रहेका बीमा कम्पनीहरुमा जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी हुन् । यी चार कम्पनीहरुले कूल १ करोड ८३ लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेका हुन् ।

Prabhu
Crest

यी हुन् आइपीओ निष्काशन गर्न लागेका चार बीमा कम्पनी

जनरल इन्स्योरेन्स कम्पनी
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो।

कम्पनीको जारी पूँजी १ अर्बमध्ये संस्थापक तर्फको लगानी ७० प्रतिशत चुक्ता भैसकेको छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणको निष्काशनका लागि अनुमति दिएको हो।आईपीओ जारी तथा बाँडफाँड पश्चात कम्पनीके चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनी
सानिमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो। विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल रहेको छ ।

केयर रेटिङ नेपालले कम्पनीको यस आइपिओलाई मध्यम अवस्था जनाउने ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाएपछि आइपीओ खुला हुने कम्पनीले जनाइएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी
रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले हाल कायम रहेको पूँजीको ३० प्रतिशत अर्थात सय रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्काशनको प्रकृया अघि बढाएको हो । आइपीओ निष्काशत तथा विक्री प्रबन्धकमा सानिमा क्यापीटल रहेको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई ईक्रा नेपालले ग्रेड ४ रेट दिएको छ ।

कम्पनीको हालको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । एक अर्ब ४७ करोड रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको कम्पनीले ६३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी

आइएमई लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको ६० लाख कित्ता आइपीओ बिक्रि गर्न बोर्डमा आवेदन दिएको हो । इन्स्योरेन्सको आईपीओको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । इन्स्योरेन्सको हालको चुक्ता पुँजी एक अर्ब ४० करोड रहेको छ । आइपीओ निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ

के हो आइपीओ ?
सर्वसाधारण जनताबाट उठाइएको लगानी रकम नै आईपीओ (साधारण सेयर) हो । सामान्यतया १ कित्ता सेयरको मूल्य एक सय रुपैयाँ हुन्छ । अहिलेको व्यवस्था अनुसार न्युनतम् १० कित्ता अर्थात एक हजार रुपैयाँको आवेदन दिन सकिनेछ ।

आईपीओ जारी गर्नुभन्दा एक साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्कासन गर्छन् । यो आह्वानपत्रमा कम्पनीले कति सेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिन्छ । आह्वानपत्रले कम्पनीको सेयरमा कतिसम्म र कहाँबाट आवेदन सकिन्छ उल्लेख गरेको हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS