IME Life

के तपाईको जीवन बीमा छ ? यसरी लिनुहोस् बीमा पोलिसी धितोमा कर्जा

SPIL
NIC ASIA

काठमाडौँ । के तपाईको जीवन बीमा छ ? केही व्यवसाय गर्नका लागि पैसाको खाँचो छ ? कर्जा लिनका लागि धितोमा राख्ने घर, जग्गा छैन् भनेर निराश हुनुहुन्छ ? यदि यो अवस्था छ भने तपाईको यस्तो समस्यालाई समाधान गरिदिन्छ तपाईले जीवन बीमा गरेको कम्पनीले । त्यो पनि बिना कुनै सम्पत्ति धितो नराखी ऋण दिएर ।

यदि तपाईको जीवन बीमा छ भने तपाईले गरेको जीवन बीमा कम्पनीबाट बीमालेख धितोमा राखि कर्जा लिन सक्नु हुनेछ । कर्जा लिनका लागि घर, जग्गा जस्ता अचल सम्पती छैनन्, तर पनि यदि कुनै पनि जीवन बीमा कम्पनीमा जीवन बीमा छ भने सजिलै कर्जा लिन सक्नु हुनेछ । बीमालेख धितोमा राखेर बीमितले जीवन बीमा पोलिसीको आधारमानै सहजै रुपमा बीमा कम्पनीबाट ऋण पाउन सक्दछन् ।

Prabhu
Crest

जीवन बीमा छ भने बिना कुनै सम्पत्ति धितोमा नराखिकनै आवश्यक परेको बखत बीमालेख (पोलिसी) धितो राखेर बीमा कम्पनीबाट ऋण लिन सकिन्छ । बीमा कम्पनीले बीमितलाई बीमा गरेको प्रमाणपत्रको आधारमा आवश्यक मात्रामा ऋण प्रदान गर्ने व्यवस्था रहेको छ ।

कसरी लिन सकिन्छ बीमालेख धितोमा राखि कर्जा ? के छ प्रक्रिया ?

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले बीमालेख धितोवापत कर्जा प्रदान गर्ने गर्दछन् । यस्तो कर्जा बीमा योजनाको प्रकृति अनुसार भने फरक–फरक हुने गर्छ । साधारणतया बीमा कम्पनीहरुले कर्जा वितरण गर्दा बीमीतहरुले बीमा कम्पनीमा भुक्तानी गरेको बीमा शुल्कको आधारमा समर्पण मूल्य (सरेन्डर भ्यालु) निकालिन्छ र सोही मूल्याङ्कनको आधारमा ऋण दिइन्छ ।

बीमितले बीमालेख धितो राखेर ऋण लिनको लागि कम्तीमा पनि एक बर्षसम्म बीमा शुल्क (प्रिमियम) तिरेको हुनुपर्छ । एक बर्षसम्म बीमा शुल्क तिरेका बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पती धितो नराखीकनै ऋण प्राप्त गर्न सक्दछन् ।

बीमितले बीमा कम्पनीबाट लिएको ऋण चुक्ता नगरुञ्जेलसम्म भने बीमा पोलिसी त्याग गर्न पाउँने छैनन् । बीमा समितिले तोकेको प्रवाधान अनुसार बीमितलाई उसले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्रदान गर्न सकिन्छ ।

बीमालेख धितो राखेर लिईएको ऋण बीमा अवधिभर कुनै पनि समयमा भुक्तान गर्न सकिन्छ । बीमितले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बीमा कम्पनीले बीमा शुल्कबाट नै आफुले लिएको सो ऋण असुल गर्न पाउने व्यवस्था रहेको छ । बीमा कम्पनीले ऋण नतिरीकनै बीमितको मृत्यु भएमा वा अन्य कुनै जोखिम आईलागेमा ऋण कटाएर बाँकी रकम बीमित भए बीमितलाई र बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई उपलब्ध गराईन्छ । बीमालेख धितो राखेर लिईने ऋणको ब्याजदर भने बीमा कम्पनीहरुले नै आआफ्नै फरक खालका ब्याजदर तोकेका हुन्छन् । बीमालेख धितोमा एकै दिनमा ऋण पाइन्छ भने ब्याज भने प्रत्येक तीन तीन महिनामा भुक्तानी गर्नुपर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS