Prabhu Life Ad Final

रवि लामिछानेलाई पाँच लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

IME PAY
IME Life

काठमाडौं । आफ्नै सहकर्मीको आत्महत्याको घटनामा दुरुत्साहन गरेको आरोपमा प्रहरी हिराशतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत चितवन परिसरमा रहेका पत्रकार बिनोद त्रिपाठीले दिएको जानकारी अनुसार लामिछानेलाई अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधिश हेमन्त रावलको इजलासले यस्तो आदेश दिएको हो । धरौटी बुझाएपछि मात्रै उनीहरु हिराशत मुक्त हुनेछन् । त्यसैगरी अर्का पत्रकार युवराज कँडेलसँग तीन लाख रुपैयाँ धरौटीमा गरिएको छ । त्यस्तै शालिकराम पुडासैनीको सम्बन्ध भएको भनिएकी अस्मिका कार्की (रुकु) भने सधारण तारेखमा रिहा भएकी छिन् ।

मुद्दाको अन्तिम फैसला नहुँदासम्म लामिछानेलाई विदेश जान नपाउने गरी प्रतिबन्ध लगाइएको छ । साथै आदेशमा सञ्चारकर्मी लामिछानेलाई पत्रकार पुडासैनीको आत्महत्याको घटनामा सम्बन्धमा कार्यक्रम निर्माण तथा प्रशारण नगर्न समेत आदेश दिएको छ ।

अदालतको आदेशसँगै लामिछानेले पाँच लाख रुपैयाँ धरौटी राखेर रिहा हुने प्रक्रिया सुरु गरिसकेका छन् ।

अधिवक्ता स्वागत नेपालले दिएको जानकारी अनुसार जिल्ला अदालत चितवनको इजलासले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण आत्महत्या नै भएको ठहर गरेको छ । धरौटी मागसँगै लामिछानेमाथिको दुत्साहन मुद्दा केही बलियो बन्ने देखिएको छ ।

लामिछाने अहिलेलाई रिहा भएपनि पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगबाट सफाई पाउन भने बाँकी छ । आगामी दिनमा मुद्दा चल्दै गर्दा बाहिर नै बसेर उक्त मुद्दाको सामना गर्न पाउने छन् ।

न्यूज २४ बाट प्रशारण हुँदै आएको सिधा कुरामा काम गर्ने पत्रकार पुडासैनीले उक्त कार्यक्रम छोडेर माउन्टेन टिभीमा कार्यक्रम चलाउन थालेकै बेला २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

हेमन्त रावलको इजलासमा रविको बयान, थुनछेक बहस सुरु, सम्भवतः आजै रिहा हुने

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS