IME Life

हेमन्त रावलको इजलासमा रविको बयान, थुनछेक बहस सुरु, सम्भवतः आजै रिहा हुने

SPIL
NIC ASIA

अपडेट १३ः३३

काठमाडौं । जिल्ला अदालत चितवनका न्यायाधिश हेमन्त रावलको इजलासमा न्यूज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान केहीबेर अघि सकिएको छ, अब थुनछेकको बहस सुरु हुनेछ । सम्भवतः उनी आजै रिहा हुँदैछन् ।

Prabhu
Crest

त्महत्या दुरुत्साहनको अभियोग लागेका रवि लामिछानेलाई पुर्पक्षमा राखेर थुन्नेसम्मको बलियो प्रमाण अदालतमा पेश नभएको, आगामी दिनमा भागेर कतै जाने वा प्रमाण नष्ट गर्न आधार नदेखिएको सार्वजनिक व्यक्ति भएकोले पनि सधारण तारेख वा धरौटीमा रिहा गर्न सक्ने चितवनबाट पत्रकार बिनोद त्रिपाठीले जानकारी दिएका छन् ।

लामिछानेका विरुद्धमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले किटानी जाहेरी समेत दर्ता गरिसकेकाले तत्काल उक्त अभियोगबाट सञ्चारकर्मी लामिछानेले उन्मुक्ति भने नपाउने देखिएको छ । उक्त आत्महत्या दुरुत्साहन मुद्दाको अन्तिम फैसला नआउँदासम्म दोषी हो वा निर्दोष भन्ने एकिन गर्न सकिदैन । नेपालको प्रचलित कानुन अनुसार अभियुक्तले अपराध गरेको बलियो प्रमाण भएमा पुर्पक्षका लागि जेल चलान, प्रमाण कमजोर भए धरौटी र प्रमाण निकै कमजोर भए, तथ्य मात्रै जोडिएर आएको हकमा सधारण तारेखमा राखेर मुद्दा लड्न दिने प्रचलन छ ।

लामिछानेको हकमा पनि प्रहरीले भिडियो बाहेकका सो भिडियोमा गरिएको दावीलाई पुष्ट्याई गर्ने थप प्रमाण पेश गर्न नसकेकाले सधारण तारेख वा धरौटीमा रिहा हुन सक्ने सम्भावना रहेको अधिवक्ता धनञ्जय खनाल बताउँछन् ।

……………………………..

अदालतमा रविको बयान सुरु नहुदै हजारौंको प्रदर्शन, रविलाई अदालत लगिदै

काठमाडौं । प्रहरीले आफ्नै सहकर्मीको आत्महत्या घटनामा दुरुत्साहन मुद्दा लगाएको न्यूज २४ टिभीका सञ्चारकर्मी रवि लामिछानेसँग आज जिल्ला अदालत चितवनले बयान लिँदैछ । प्रहरीले अनुसन्धान टुंग्याएर आइतबार अदालतमा पेश गरेपछि हिजैबाट बयान सुरु भएको छ । हिजो घटनामा संलग्न भनिएकी अस्मिता कार्कीको बयान सकिएको छ भने आज सञ्चारकर्मी रवि लामिछानेले जिल्ला अदालत चितवनमा बयान दिनेछन् ।

चितवन प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ । अबको केही बेरमा जिल्ला अदालत पुर्याइने बताइएको छ । पक्राउ परेपछि लामिछानेले हिरासतभित्रै असुरक्षा भएको भन्दै अभिव्यक्ति दिएपछि आईजीपी सर्वेन्द्र खनाल आफै चितवन पुगेर हिराशतमा रहेका लामिछानेसँग भेटवार्ता गरेका थिए ।

उता, चितवनका गाउँ गाउँबाट भेला भएका हजारौं सर्वसधारण निषेधित क्षेत्र बाहिर प्रदर्शन सुरु गरेका छन् । हिजो विशाल जनलहर उर्लेको चितवनमा आज पनि व्यापक प्रदर्शनको तयारी गरिरहेको स्थानीय एक पत्रकारले जनाएका छन् । आज प्रहरीले पाँच जनाभन्दा बढि भेला हुन नदिने सूचना जारी गरेपनि विहानदेखि सडकमा उभिन समेत नदिई निर्मम दमन गर्ने शैली अपनाएको देखिएको छ । कुनै राजनीतिक दलको समर्थन बीना नै हजारौं मानिसहरु स्वःत स्फूर्त रुपमा चितवन पुगेर लामिछाने निर्दोष रहेकोले बिना शर्त रिहा गर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

जिल्लास्थित पत्रकारहरुले भने रवि लामिछानेलाई सरकारले ठूलो षडयन्त्र गरेर फसाउने नियत राखेको निष्कर्ष निकाल्न थालेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS