धेरैजसो नेपालीले बुझ्न बाँकी जीवन बीमा – निनाम कुलुङ ‘मंंगले’

662
निनाम कुलुङ ‘मंंगले’

हो, अझै पनि धेरै जसो नेपालीहरुमाझ जीवन बीमा के हो ? भनेर प्रस्ट भएको छैन । शिक्षा र चेतनाको स्तर बढेको भनिएको अहिलेको २१ औं अवस्थामा पनि नेपालीहरुमाझ जीवन बीमा गराउन जाने जीवन बीमा सम्बन्धी तालिम लिएका बीमा एजेन्टहरुले नै कतिपय अवस्थामा केही मान्छेहरुलाई बुझाउन कठीन भएको भनी नेपालकै निक्कै चल्तापूर्जा भनी चिनिएको एक जीवन बीमा कम्पनीका एजेन्ट आफ्नो अनुभव सुनाउँछन् । जबकि पढालेखा र चेतनशील भएपछि त मान्छेको बुझाईको स्तर र विश्लेषण गर्ने क्षमता पनि बढ्नुपर्ने हो । तर …

वास्तवमा जीवन बीमा के हो, किन गर्ने, जीवन बीमाका फाइदा बेफाइदाहरु केके हुन् ? भनी समग्र नेपालीहरुले बुझ्नका लागि अझै दशकौं लाग्ने बताउँछन्, चल्तापूर्जा भनिएको उक्त जीवन बीमा कम्पनीका अभिकर्ता (एजेन्ट) । उनका अनुसार धेरै जसो मान्छेहरु त बीमा भन्यो कि कुरै नसुनी र नबुझी त्यो मरेपछि पाइने बीमा किन चाहियो ? भनी बम्किन्छन् । यसरी हेर्दा अझै पनि नेपाली समाजको ठूलो जमातले जीवन बीमाबारे खासै सुन्न/ बुझ्न चाहँदैनन् । कसैकसैले सुनीहाले÷बुझीहाले पनि जीवन बीमा गर्न तयार देखिदैनन्, धेरैजसो नेपालहरु । बरु आजभोलि आफ्नो अमूल्य जीवनको भन्दा पनि निश्चित मूल्यको स्कूटर, मोटरसाइकल, कार, जीप आदि गाडी र, घरको बीमा गराउन भने चासो लिन थालेको बताउँछन्, माथि उल्लेखित अभिकर्ता । तापनि बिस्तारै आम नागरिकलाई बुझाउँदै गएमा वा आम सर्वसाधारण नागरिकले आफै बुझदै गएमा जीवन बीमा व्यवसाय चल्ने देखेरै होला, नेपालमा लगभग २० वटा जीवन बिमा कम्पनीहरु खुलेका छन् भने केही समयअघि आएको एक तथ्यांकअनुसार नेपालमा हाल लगभग १७ प्रतिशत नागरिकले जस्वन बीमा गरेका छन् । निश्चय नै यो राम्रो पक्ष हो ।

विश्वमा किन र कसरी जीवन बीमाको सुरुवात भयो ? मानिसले जीवन बीमा किन गर्ने ? जीवन बीमाका फाइदाहरु केके हुन् ? बेफाइदाहरु केके हुन् ? जीवन बीमाका समग्र सकारात्मक तथा नकारात्मक असर वा भनौं प्रभावहरु केके छन् ? भन्ने बारेमा यहाँ छोटोमा चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

हुन त आजको आधुनिक युगमा बीमा र बीमा कम्पनीहरुले आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्छ, ठूलो टेवा दिन सक्छ भन्ने कुरो समाजका धेरै कम मानिसलाई बाहेक सरकार, अर्थशास्त्रीहरु, बुद्घिजीवीहरु, आर्थिक क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरु, उद्योगीहरु, व्यवसायीहरु, व्यापारीहरु, बैंक तथा वित्तिय संस्थाका सञ्चालकहरु, बैंकरहरु, बीमा व्यवसायीहरुले बुझेका छन् । त्यसो त केही मानिसहरु नेपालमा ‘बैंकिङ टाइप’को (लाईफ र नन् लाईफ दुबै) बीमा मात्रै हुने गरेको, बीमाको मर्म अनुसार अझै पनि नेपाली बीमा कम्पनीहरुले योजना वा भनौं पोलिसी ल्याउन नसकेको भन्ने भनी आलोचना गर्छन् । त्यसैले यस विषयमा पनि आम मानिसहरुबीच बीमा कम्पनीका सञ्चालकहरु र बीमा विज्ञहरुले बहस र छलफल चलाउनुपर्ने देखिन्छ ।

जे होस्, हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ कि, जीवन बीमा भनेको अनिवार्य बचत पनि हो । किनभने, कोही पनि व्यक्तिले जीबन बीमा गरीसकेपछि उसलाई जीबन बीमा कम्पनीहरुले तोकेको सर्त र करारनामा अनुसार निश्चित अवधिभन्दा अघि भुक्तानी दिँदैन । त्यस्तै तोकिएको समयभित्र बीमितले प्रिमियम (पैसा) नतिरेमा उसले प्रिमियम नतिरेको समय–अवधिको जोखिम बहन पनि हुँदैन । त्यसैले जो कोही बीमितले बीमा गर्नुअघि कति रकमको गर्ने ? भन्ने आफुलेधेरै पटक सोचेर गर्दा राम्रो हुन्छ । किनभने, बीमा एजेन्ट वा कम्पनीले त आफ्नो फाइदा वा स्वार्थ हेरेर आफ्नो क्लाइन्टलाई जति सक्दो धेरै र ठूलो रकम ! को बीमा गराउन चाहन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको जीबन बाीमा गरी सकेपछि बीमितले कम्तिमा २–३ दिनअघि आफुले तिर्नुपर्ने प्रिमियम तिर्दा राम्रो हुन्छ ।

यसरी हेर्दा मानिसमा अनिवार्य बचत गर्ने बानी बस्छ भने क्षमताले भ्याएको वा भनौं जेजति सकेको अनिवार्य बचतले उसको जीवनको कुनै पनि मोडमा आई पर्ने आर्थिक समस्यालाई पनि सम्बोधन गर्न सक्छ । तर, कसरी ? भन्ने प्रश्न उठ्छ नै । बीमितले जीवन बीमा (बचत) गरेको लगभग ४ वा ५ वर्षपछि उसले बिना धितो आपूmले ४–५ वर्षसम्ममा तिरेको प्रिमियम (बचत) को आधारमा सरेन्डर भ्यालुको बढीमा ८५ देखि ९० प्रतिशतसम्म (कम्पनी हेरेर किनभने, मनग्य नाफा आर्जन गर्न नसकेका कम्पनीहरुले २०, २५, ३०, ३५, ४०, ४५, ५५, ६०, ६५, ७०, ७५, ८०, ८५) कम्पनीले तोकेको बोनस दर अनुसार) ९ देखि ११ प्रतिशत ब्याज दरमा ऋण लिन पाउँछ । निश्चय नै यो व्यवस्थाले जीवन बीमा गरेको बीमितलाई कुनै पनि बेला अकस्मात आइपर्ने आर्थिक समस्यालाई सानोतिनो गर्जो टार्ने माध्यम हुन सक्छ । निश्चित अवधि सकिएपछि तोकिएको बोनस दरसहित आफ्नो सम्पूर्ण रकम फिर्ता पाउने त बाँकी रकम त छँदैछ ।

विश्वको जीवन बीमा इतिहास हेर्दा धेरै लामो देखिए तापनि नेपालमा भने धेरैपछि मात्रै जीवन बीमा चालू भयो । तर, नेपाली जीवन बीमाको इतिहासमा सन् २०००–२००१ देखि सन् २००७/२००८ लाई कोशेढुंगा मान्नुपर्ने हुन्छ । किनभने सो अवधिमा नेपालमा जिनी क्षेत्रबाट ८ वटा जीवन बीमा कम्पनीहरु खुले । हाल सो संख्या १९ पुगेको छ । निश्चय नै यसले नेपालको जीवन बीमा कम्पनीहरु फस्टाउँदो क्रममा छ भन्ने नै देखाउँछ ! गत वर्षसम्म मुस्किलले १४ प्रतिशत मानिसले मात्रै जीबन बीमा गरेकोतथ्यांक थियो भने अहिले १७ प्रतिशत पुगेको छ (यो तथ्यांक लगभग ७ महिनाअघिको भएकोले तत्कालको जीवन बीमा गर्ने बीमितको संख्या १९ वा २० प्रतिशत पुग्यो होला भनी अनुमान गर्न सकिन्छ) । एक जीबन बिमा कम्पनीका प्रवन्धकका अनुसार यसरी जीबन बीमा गरेका मध्ये पनि धेरै कमले मात्रै आफ्नो क्षमता अनुसारको बीमा गरेका छन् । त्यो पनि जीवन बीमा एजेन्टहरुले आफन्त, नातागोता र साथीभाई र उनीहरुले चिनेजानेकाहरुलाई करबल गरेर (फोर्सफुल्ली इन्स्युरेन्स) गर्नेहरु धेरै छन् । उनका अनुसार ‘यस्ता क्षमता (आर्थिक स्थिति मजबुत भएका) भएर पनि पनि फलानोले भनी हाल्यो, सानो (एक वा दुई लाखको बीमा गर्दिऊँ न त ! भन्नेहरुलाई जीबन बीमाका बारेमा मजाले बुझाउन सके जीबन बीमा गर्ने व्यक्तिहरु तत्कालै नबढे तापनि बीमा रकम (प्रिमियम) भने बढ्ने देखिन्छ ।’

यसरी हेर्दा सबै नेपालीलाई जीवन बीमा गराउने जाने एउटा उपाय नीति भनेको जसरी निश्चित मूल्य भएको/ तोकिएको कुनै पनि गाडी वा मोटरसाइकल र स्कुटर किन्ने गाडी वा मोटरसाइकल र स्कुटर धनीले गाडी वा मोटरसाइकल र स्कुटरको बीमा नगरी उसको नाममा गाडी वा मोटरसाइकल र स्कुटर दर्ता हुँदैन, त्यसरी नै निश्चित मूल्य भएको/तिरेको गाडी वा मोटरसाइकल र स्कुटर चढ्नेहरुले आफ्नो अमूल्य जीवनको पनि निश्चित रकमको जीवन बीमा गर्नैपर्ने नियम बनाएर लागू गर्ने पो हो कि !?

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्