IME Life

एमडिआरटिमा प्रवेश पाउँन सफल पहिलो नेपाली महिला संजिता

SPIL
NIC ASIA

बीमा अभिकर्ताको क्षेत्रमा बिगत १५ बर्ष देखी निरन्तर लागिरहेकी संजिता भक्त राज मिलिनियम डलर राउण्ट टेबल (एमडिआरटि) मा रजिष्टर हुने पहिलो नेपाली महिला हुन् । आजसम्म उनी ७ पटक यो संस्थामा आवद्ध भएकी छिन् ।
संजिता इन्स्योरेन्सको एमडीआरडी मा रजिष्ट्रेशन गर्ने पहिलो महिला बनेकी छिन् । यो विरलै मानिसले पाउने अवसर हो, जुन संजिताले पाएकी छिन् ।

सानै देखि केही गर्छु भन्ने संकल्प लिएर अघि बढेकी संजिता भन्छिन्, “आज यो ठाउँमा आई पुग्दा गर्व महशुस गर्न मन लाग्छ ।” ईलामको नारायणस्थान २ मा जन्मिएकी संजिता भक्त राज अहिले ललितपुरमा बस्दै आएकी छिन् । २०५८ सालमा उच्च शिक्षा हासिल गर्नका लागि उनी काठमाडौमा आएकी थिईन ।

Prabhu
Crest

बसाँई काठमाडौको दैनिकी गुजारा चलाउन मुश्किल नै हुन्थ्यो, बिगत सम्झदै उनी भन्छिन्, “घर परिवारबाट पठाएको पैसाले कहिल्यै पुग्थेन, पैसाको अभाव खट्कि रहन्थ्यो,” । पैसाकै अभावको कारणले गर्दा संजिताले २०५९ सालमा हिमाल हस्पिटल र व्लुक्रस हस्पिटलमा रेडियोग्राफर टेक्निसियन भएर काम गर्न थालिन, संघर्ष र मेहनतमा आस्था राख्ने भएकै कारणले होला आज उनी यो अवस्थामा आईपुगेकी छिन् ।

संजिता र बीमा अभिकर्ता
जागिर गर्ने शिलशिलामा बीमा क्षेत्रमा काम गर्ने बिजय कुमार कर्णसंग संजिताको भेट भयो । उनैबाट संजिताले जीवन बीमा के हो भन्ने थाहा पाउने अवसर पाएकी थिईन । उनी भन्छिन्, “जीवन बीमाको बारेमा बुझ्ने अवसर मात्र हैन् यस बाट राम्रो कमाई गर्न सकिन्छ भन्ने ज्ञान समेत पाए ।”

यसै क्रममा संजिता बीमा अभिकर्ता पेशामा आवद्ध हुन पुगिन् । शुरुवाती दिनमा धेरै संघर्ष गर्नु पर्ने थियो उनले बताईन । संजिता अहिले एलआइसी नेपालमा सिनियर एजेन्सि म्यानेजरका रुपमा आवद्ध रहँदै आएकी छिन् । दुख पछि सुख आउँछ भन्ने लक्ष्यका साथमा अघि बढेकी संजितासँग बीमा गराउँदाका रमाइला, सम्झना लाएक पलहरु छन्, तीनै दुख, सुखका पलहरु लाई आत्म साथ गर्दै बीमा क्षेत्रमा नै अगाडि बढ्ने योजना रहेको छ ।

बीमामा नाम, दाम र काम सबै पाईन्छ तर निरन्तर संघर्ष भने गर्नु नै पर्छ । चुनौतीहरु सँग सामना गर्दै अगाडी बढे सफल भईन्छ भन्ने उदाहरणको पात्र बन्न सफल बनेकी छिन संजिता ।

साधारण सपना बोकेर काठमाडौँ आएकी संजिताले विगतका दिनमा आफू यस स्थानसम्म पुग्छु भन्ने सोच पनी बनाएकी थिईनन् । उनमा धैर्यता र लगनशीलता रहेको छ । र जुन सुकै अवस्थामा पनि काम गर्न सक्ने क्षमता रहेको छ ।
हरेक नेपालीको घरमा एक बीमा योजना पुग्न सकोस् भन्ने सोचका साथ अगाडि बढेकी संजिता भन्छिन् म सबै तह र तप्काका मानिसहरु लाई बीमाको पहुँचमा सरिक गराउने छु ।
लामो समय देखि बीमा अभिकर्ता पेशामा आवद्ध रहेकी संजिता आगामी दिनमा बीमा कै क्षेत्रमा केही योगदान पुरायाउने सोच लिएर अघि बढेको बताउँछिन् ।

के हो एमडिआरटि
सन् १९२७ मा रजिष्टर भएको एमडिआरटि एक विदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु यो संस्थामा भाग लिन पाउँछन् ।

को को सामेल हुन पाउने व्यवस्था रहेको छ
सदस्यता लिएको कम्पनीले टार्गेट पूरा गर्न सफल इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थाले तोकेको समयमा टार्गेट पूरा गरेका व्यक्तिहरुले र साथमा अमेरिकी ५५० डलर सहित दर्ता शु्ल्क पेश गर्नु पर्ने हुन्छ र एमडिआरटि नम्बर पाईन्छ ।
इन्स्योरेन्स तर्फ भने पहिलो वर्ष जनवरी १ देखि डिसेम्बर अन्तिम सम्म्मा ४० लाख २५ हजार रुपैयाँ प्रीमियम संकलन गर्न सफल अभिकर्तालाई कम्पनीले उक्त संस्थाको सेमिनारमा सहभागी हुन सक्नेछन् । साथै १२ लाख रुपैयाँ कमिसन आम्दानी गर्न सफल अभिकर्तालाई त्यहाँ जानका लागि कम्पनीले व्यवस्था मिलाएको हुन्छ ।

एलआइसि र एमडिआरटि
नेपालका बीमा कम्पनीहरु बाट पहिलो पटक एलआइसी नेपालले यो संस्थाको सदस्यता लिएको थियो । अहिले भने अन्य जीवन बीमा कम्पनीहरुले पनि सदस्यता लिन थालेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS