IME Life New

९२ वर्षकाे उमेरमा पाँचाैं पटक विवाह गर्दै अमेरिकी संचार उद्यमी रूपर्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । अमेरिकाकाे न्यूयाेर्क पाेष्टलगायतका स‌ंचार गृहका मालिक स‌ंचार उद्मयी रुपर्ट मर्डोकले आफ्नो पार्टनर एन लेस्ले स्मिथ, पूर्व प्रहरी महिलासँग आफ्नो जनैसुपारीकाे घोषणा गरेका छन्। ९२ वर्षिय मर्डाेक र ६६ वर्षिय स्मिथबीच सेप्टेम्बरमा एउटा कार्यक्रममा भेटघाट भएकाे थियाे ।

स‌ंचार उद्मयी मर्डोकलेले आफ्नो एउटा प्रकाशन न्यूयोर्क पोस्टलाई भनेका छन्: “मलाई प्रेममा पर्न डर लाग्थ्यो – तर मलाई थाहा थियो यो मेरो अन्तिम हुनेछ। यो उत्कृष्ट होस्। म खुसी छु।”

Esewa
Crest

गत वर्ष मात्र चौथाे श्रीमती जेरी हलसँग उनकाे सम्बन्धविच्छेद भएको थियो ।

मर्डोकले थपे कि उनले सेन्ट प्याट्रिक दिवसमा स्मिथलाई विवाहकाे प्रस्ताव राखेकाे थिएँ। स्मिथका स्वर्गीय पति चेस्टर स्मिथ, गायक र रेडियो र टिभी कार्यकारी थिए।

“हामी दुबैका लागि यो ईश्वरीय उपहार हाे। हामीले गत सेप्टेम्बरमा भेट्यौं,” उनले न्यूयोर्क पोस्टलाई प्रतिकृया दि‌ंदै भनेकी छिन्।

“म १४ वर्ष देखि एकल महिला हुँ। रुपर्ट जस्तै मेरो श्रीमान् पनि व्यापारी हुनुहुन्थ्यो… त्यसैले म रूपर्टले बुझ्ने भाषा बोल्छु। हाम्राे ध्येय एउटै छ।”

आफ्नो पहिलो तीन विवाहबाट छ जना छोराछोरी भएका मर्डोकले थपे: “हामी दुबै हाम्रो जीवनको उत्तरार्द्ध सँगै बिताउन उत्सुक छौं।”

विवाह गर्मीको अन्तमा हुनेछ र दम्पतीले क्यालिफोर्निया, मोन्टाना, न्यूयोर्क र बेलायतको बीचमा आफ्नो समय बिताउनेछन्।

मर्डोकले यसअघि अष्ट्रेलियाकी फ्लाइट अटेन्डेन्ट प्याट्रिसिया बुकर, स्कटिसमा जन्मेकी पत्रकार अन्ना मान र चिनियाँ मूलका उद्यमी वेन्डी डेङसँग विवाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS